पशुपंक्षीको दाना मा विश्लेषण गर्दा सबै लाई थाहा छ अन्न पशुपंक्षीको दाना मा प्रयोग हुुने महत्वपूर्ण माग हो । अन्न भन्नले अन्नवाली वाट उत्पादन हुने गेडा हो । तर सबै खाले अन्नहरुमा पाईने पोषक तत्व भने फरक हुन्छ । नबुझेको कुरा यति मात्र रहेछ । यस्ले पशुपंक्षी उत्पादन मा कति क्षति पु¥याउछ । भन्ने कुरा सोच्न फुर्सत कस्लाई पो छ । यो समस्या आज झन समसामयीक भएको छ । किन भने यिनको मूल्य निरंतर बढदो छ , प्रयोग गर्दा हुने नाफा को माग घटदो छ । त्यसैले आजको पशुपंक्षी पालकले यीन को विविध पक्ष वारे केही जानकारी तथा त्यसप्रति सजग हुन जरुरी हुन आउंछ ।

फरक कहां पर्छ ?

पशुपंक्षीको दाना मा प्रयोग गरीने सगलो अन्नमा मकै विश्वब्यापी रुपमा प्रचलनमा छ । अरु खाले अन्न प्रयोग गरिएमा पनि मुल अन्नको प्रसोधीत उप उत्पादनहरु हुने गर्दाछन जस्तै गहुं, जौं को चोकर, तेलबालीका तेल, तेल निकालिएको पिना, सोयामील, धनको तेल रहीत पारीएको दुटो, ब्रान आदि त्यसैले सग्लो मकै दाना वनाउने प्रयोजन का लागी आउदा यस्को पोषकिय अवस्था कस्तो छ भन्ने वारे सोच्नु पर्ने हुन्छ । अझ बढी बस्तुपरक हुने हो भने कस्तो जातको हो, कस्तो माटोमा, कस्तो मलजल गरी, कस्तो कृषि प्रणालीमा खेती गरीएको, वातावरणीय अवस्था कस्तो थियो, किरा फट्यांग्रा, रोग ब्याधी ग्रसीत वा मुक्त थियो कि थिएन यस्को आधारमा दाना प्रसोधनका लागी आएको अन्नमा पोषकीय गुणस्तर फरक पर्न सक्छ । अझ पटक पटक आउने खेपमा मात्र यो फरक पर्दैन एउटा खेपमा आएको मकैं मा पनि फरक हुन सक्छ । हामी यस्ता अन्न वाट पशुपंक्षीको दाना आहारा बनाउंदा एउटै कुरामा केन्द्धीत हुने हो भनेढुशीजन्य बिषाक्तिको दाना उत्पादन गरीने अन्नहरुमा यति जटिल प्रकृयाले प्रदुषण हुन्छ कि दानाबाट यो पूर्णरुपमा हटाउन हाल सम्म कुनै पनि प्रभावकारी उपाय एवं प्रविधि विकास भइ सकेको अवस्था छैन । यस उसले आजको व्यवसायिक पशुपंछी पालनको एउटै ध्येय यो बिषाक्तिको दानामा हुने प्रदुषणको मात्रा कसरी न्यूनिकरण गर्ने भन्ने मात्र छ । यसका लागि निम्न तरीका दाना बाट ढुशीजन्य प्रदुषण न्यूनिकरण गर्न अभ्यास गर्न सकिन्छ ।

(१) घाममा सुकाउने : सुर्यको घाममा खुला हावाको अन्न तथा अन्य जन्य उत्पादन वा तयारी दानालाई सुकाउदा केहि  मात्रा ढुशीजन्य विषाक्ति न्यूनिकरण भएर जान्छ

(२) पोषणजन्य फेर बदल : दाना आहारामा बढि बोसो बढि प्रोटिन (मेथियोनीन) भएको औषधी र कोलीन ल्कोराइड भएको भिटामिन बि कमप्लेक्स  दिदा ढुशीजन्य बिषाक्तिको कुप्रभाव कम गर्न उत्साहजनक परिणाम देखाएको पाइन्छ ।

(३) माइकोटोकसिन बाइन्डर : यी अवयवहरुले पशुपंछिहरुको पाचन प्रणालीमा चयापचय हुदाँ उत्पन्न ढुशीजन्य बिषाक्तिलाई आफैँ सँग बाधि अन्य पोषक तत्व सँगै रगतमा संचेतन हुन दिदैनन् तथा गोवर बडकुला बिष्टासँगै शरीर  बाहिर बिर्सजन गराउछन् जसले गर्दा पशुपंछिको शरीरमा यस बिषाक्तिको कुप्रभाव देखिन पाउदैन । हाइडे«टेड सोडियम कयालसियम अलमिनो सिलीकेट ०.५ देखि १ प्रतिशत दानामा मिसाएर प्रयोग गरिन्छ । यसले दानामा चिस्यान थपिएर बस्ने घटाउछ तथा दाना डल्ला पर्न बाट बचाउछ यसले १० प्रतिशत गोवरमा उत्पन्न हुने अमोनिया पनि आफुमा संग्रहित गर्दछ ।

(४) इस्टेरीफाइड ग्लुकोमान्स : यी जटिल ग्लुकोजयीस्टको तन्तुको पर्खालबाट संग्रहित गरिन्छ । यसले एकै पटक धेरै खाले ढुशीजन्य बिषाक्तिहरुलाई आफु सीत बाध्य छ । यिनीहरुमा कलेजोमा अत्याधिक बोसो जम्न गएको बोसो पगाली कलेजोलाई पहिलेकै अवस्थामा पु¥याउने क्षमता पनि हुन्छ भिटामिन खनिज तथा अन्य पोषण तत्वलाई कुनै नकारात्मक असर  न पु¥याइकनै ।

(५) जैबिक अम्लहरु : एसेटिक, प्रोपायोनिक, फयुमारीक, सोरबीक तथा बेन्ज्वाइक अम्ल तथा यीनको लबणहरु दानामा ढुशीजन्य जीवाणुको विकाश दानामा हुन नदिन प्रयोग गरिन्छ । दानामा यीनको प्रयोगले किरा फट्यांग्रा भन्किने पनि गर्दछ । यिनको प्रयोगले पाचन प्रणालीमा अम्लको मात्रा बढ्ने र पि.एच.कम हुने हुदा ढुशी तथा अन्य जीवाणु त्यस्तो बातावरणमा बाच्न हुर्कन सक्तैनन ।

(६) एन्टीअकसीडेन्टको प्रयोग : ढुशी जन्य विषाक्तिका कारण कलेजोका तन्तुहरुमा हुने ओकसीडेटिभ परिवर्तित अवस्थालाई सेलेनियम युक्त एन्टीअकसीडेन्टको प्रयोगले रोकथाम गर्न सकिन्छ ।

(७) जडिबुटिजन्य औषधिको प्रयोग : धेरै खाले जडिबुटी तथा मसाला जन्य बोटविरुवाका विभिन्न भाग बाट निकालिएका अवयवहरुको प्रयोगबाट कलेजो ढुशीजन्य विषाक्ति हुन पुगेमा पुर्नस्थापना गर्न सकिन्छ ।

(८) प्रोवायोटिकको प्रयोग : ल्याकटोव्यासीलस एसीडोफिलस, ल्याक्टोक्यासीलस ल्पान्टारफ युक्त प्रोबायोटिक प्रयोग बाट पनि ढुशीजन्य विषाक्तिको कुप्रभाव न्यूनीकरण गर्न सकिन्छ ।

ढुशी तथा ढुशीजन्य विषाक्तिको कुप्रभावको रोकथाम तथा नियन्त्रण :

ढुशीको सर्वव्यापी उपस्थिती तथा ढुशीजनित विषाक्ति हरुको रसायनिक संरचनाले गर्दा ढुशी तथा ढुशी जन्य विषाक्तिको प्रदुषण दानाको लागि प्रयोग गरिने अन्न तथा दानामा नियन्त्रण गर्न सजिलो देखिन्न। खेतको बालीनालीमा, बाली भित्रयाउने बेला, भण्डारण तथा दाना तयार गर्ने बेला बोट विरुवा तथा तीनबाट उत्पादित अन्नमा ढुशीको विकास हुन दिनु हुदैन र राम्रो सित हावाको दोहोरो निकाश भएको ठाउमा भण्डारण गरीएको किराले नखाएको कालो निलो कुनै दाग नभएको अन्न दानाको लागि छनौट गर्नु उचित हुन्छ साथै फयुमिगेशन गर्नुपर्छ । मानवश्रम, औजार तथा विद्युतिय औजार प्रयोग गरी प्रदुषित अन्नहरु दाना तयार गर्न अघि छुट्याउनु पर्छ । आफ्नो उत्पादन दिगो राख्न उचित खालको टोकसिन बाइन्डर उचित समय र मात्रामा प्रयोग गर्ने दाना बनाउदा भण्डारण गर्दा तथा दाना खान दिने बेला प्रयोग गर्नु पर्छ।

अन्तमा :   

कुनै पनि प्रकारको पशु तथा पंक्षि पालन व्यवसाय दिगो हुनको लागि गुणस्तरीय जसले पूर्ण पोषण उपलब्ध गराउन सक्ने हुनु आवश्यक छ । खाद्य सुरक्षाको कुनै चुनौती ढुशीजन्य बिषाक्ति को प्रदुषणले आर्थिक सवलता साधन पशुपंक्षि पालनमा प्रभाव पार्न सक्छ । बिषाक्ति गराउने भएको हुनाले माइकोटोकसिनको प्रभावमा पशुपंछिहरु विविध अन्य खाले रोगहरु प्रति अति ग्रहणशिल हुन पुग्दछन् । ढुशीजऩय बीषाकती पऱभावीत कुखूराको उपचार को कुनै मतलव हुदैन ढुशीजऩय बीषाकती भऎको दाना बदलनु बेस हुऩछ।