ललितपुर।  नर्सरी व्यवसायी संघको आयोजनामा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका छन् ।

मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा कम्तीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र एक करोड भन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।