न्युन जल, मल , जमिन र स्थानीय स्रोत साधनको प्रयोग गरि ५ देखि २० प्रतिशत सम्म धानको उत्पादकत्व बढाउने नयाँ, उत्कृष्ट ड्यापोग वा म्याट नर्सरी प्रबिधि अपनाई देशलाई आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्नु आजको आवश्यकता हो ।
परिचय
विना माटो बिउको वाक्लो स्ट्याड राखेर पानीको प्रयोग गरि छिटो समयमा धानको बेर्ना तयार गर्न सकिने बिल्कुलै नयाँ प्रबिधिलाई ड्यापोगा वा म्याट नर्सरी बिधि भनिन्छ । नेपालमा यस बिधि फिलिपिन्सबाट भित्रिएको हो । यस बिधिलाई नेपाली परम्परागत धानको बिउ राख्ने तरिका भन्दा फरक मानिन्छ । त्यसैले नेपालमा केहि रिसर्च स्टेसनहरुले मात्रै अपनाईएको देखिन्छ । बिरुवाहरु बिना माटो रोप्न असम्भव कुरा हो तर यस प्रबिधिमा धानको बिउमा रहेको एण्डोस्पार्ममा पर्याप्त खाना हुने भएकाले बिरुवालाई केहि दिनसम्म हुर्कनको लागि मद्दत पुराउछ । यस बिधिमा वायु ,पानी र सुर्यको प्रकाश बाहेक अन्य कुनै पौष्ठिक तत्व नराखी, स्थानीय स्रोतमा धानको नर्सरी तयार पारिन्छ । बिरुवाहरु १२ देखि १४ दिनमा रोप्नको लागि पूर्ण रुपमा उपयुक्त हुन्छन् ।
ड्यापोग वा म्याट नर्सरी राख्ने बिधि
नर्सरी व्यवस्थापन
राम्रो र गुणस्तरीय उत्पादकत्व विद्धि गर्नका लागि सर्वप्रथम नर्सरीको उचित व्यवस्थापन गर्न आवश्यक छ । नर्सरीको लागि बिउ छनोट गर्दा गुणस्तरीय र आफ्नो क्षेत्रका लागि सिफारिस गरिएको हाइब्रिड जात छान्नु पर्दछ । उचित सिचाई, पानीको राम्रो निकास र पारिलो घाम लाग्ने घर नजिकको जग्गा छनोट गर्नु पर्दछ। यस बिधिको लागि आवश्यक नर्सरीको क्षेत्रफल ४०देखि ४५ वर्ग मिटर प्रति हेक्टर रहेको छ ।
जमिनको तयारी
नर्सरीका लागि छनोट गरिएको जमिनलाई २ देखि ३ पटक सम्म खनजोत गरि माटो खुकुलो र बुर्बुराउदो बनाउनु पर्दछ । नर्सरी व्याड तयार पार्दा लम्बाइको १ मिटरको चौडा खाल्टो हुने गरि माटोको सतह ४ देखि ५ सेन्टिमिटर उचाईमा समतल हुने गरि निर्माण गर्नु पर्दछ । यसरी तयार भयको समतल व्याडमा प्लास्टिकको पाना, केराको पात अथवा जुटको बोराले भुईलाई राम्रो संग छोप्नु पर्दछ । यस्ता सामग्रीहरुले बिरुवाको जरालाई माटोमा छिर्न दिदैन र एकआपसमा जराहरु जेलिएर म्याट जस्तो आकार बन्नमा सहयोग पुराउछ । व्याडको चारैतिरको भागलाई केराको डांठ, कांठका टुक्रा वा इट्टाले घेर्नु पर्दछ, जसले पानी सिचाई गर्दा बिउ बगेर जाने सम्भावनालाई रोक्दछ ।
बिज पूर्ण अंकुरण छर्ने तरिका
धानको बिउलाई २४ घण्टाको लागि पानीमा भिजाएर राख्ने र २४ घण्टापछि बिउलाई पानीबाट निकालेर तर्काउनु पर्दछ । अध्यारो स्थानमा बिउको बोरालाई गुम्साएर सुकाउनु पर्दछ । गुम्साएर राखिएको बिउको रेडिकल (बिज जरा)२ मिलिमिटर लम्बाईमा बढ्न थाल्दछ भने त्यस बिउ छर्नको लागि उपयुक्त छ भन्ने बुझ्नु पर्दछ । प्रत्येक बिज पूर्ण अंकुरणहरुलाई ऒछ्याएको प्लास्टिकको पानामा ५-६ बिउको मोटाई र २ सेन्टिमिटरको गहिराई हुने गरि समान पूर्ण छर्नुपर्दछ । १.५ -३ किलोग्राम टुसाएको धानको बिउ १ वर्ग क्षेत्रफलका दरले १ हेक्टरका लागि ६० किलोग्राम आवश्यकता पर्दछ ।
बेर्नाहरुको उचित हेरचाह
बिउ छरिसके पछि सबै बिउको एकआपसमा सम्पर्कमा आउन जरुरि छ त्यसका लागि दिनको दुई पटक सम्म झाडुको मद्दतले बिरुवालाई समतल हुने गरि हल्का ट्याप गर्नुपर्दछ। नर्सरी व्याडमा पानीको चिसो कायम गर्नका लागि दिनको तिन पटक सम्म हजारिको सहायताले पानी सिचाई गर्नु पर्दछ। नर्सरी व्याडलाई चरा,मुसा ,कुखुराहरु बाट बचाउनको लागि सुख्खा धानको पहेलो पराललाई छापोको रुपमा प्रयोग गर्न सकिन्छ। चार दिन पछि नर्सरी व्याडमा पानीको सतह एक सेन्टिमिटर कायमै राखी राख्नु पर्दछ। छैठौ दिन पछी नर्सरी व्याड बाट छापोलाई हटाउनु पर्दछ। बिउहरु एकआपसमा जेलिएको कार्पेट वा म्याट आकारको जस्तो देखिन्छ्न । बिउ छरेको १२-१४ दिनपछि बेर्नाहरु रोप्नको लागि तयार हुन्छन । जराहरु जेलिएर बनेको म्याटलाई एकातिर बाट रोल गर्दै डल्लो पारि नाम्लोले बाध्नु पर्दछ। यदी रोलको लम्बाई ठुलो भएमा स-साना टुक्राहरुमा काट्नु पर्दछ जसले गर्दा धान खेतमा लैजानको लागि सजिलो हुन्छ ।
गुणहरु
- बिरुवाहरु एक समान आकारका हुन्छन ।
- बिरुवाहरु रोग ,किरा वा यांन्त्रिक चोट बाट मुक्त हुन्छन ।
- बिरुबाहरुको जरा जोरदार हुने भएकाले यिनीहरु कठोर ,छोटो तर ठाडो पात भएका हुन्छन ।
फाइदाहरु
- ड्यापोग वा म्याट बिधि नेपाली परम्परागत नर्सरी बिधि भन्दा छिटो,छरितो भएकाले बिरुवा हुर्काउनका लागि न्युन स्थान,समय ,र पानीको आवश्यकता पर्दछ ।
- परिपक्क बिरुवाहरुलाई नर्सरी व्याड बाट रोल गरेर धान खेत सम्म ढुवानी गर्न सहज हुन्छ ।
- हिले नर्सरी व्याड बिधिको तुलनामा यस बिधिमा बिरुवा बाट बिरुवाहरु हटाउनका लागि श्रम शक्ति एक चौथाई कम लाग्दछ ।
- एक समान आकारका साना बिरुवाहरु उत्पादन हुने भएकाले रोग,किरा,झारपात ,पानीको अभाव र पौष्ठिक विकारहरु बाट मुक्त हुन्छन ।
- रोपणका लागि उपयुक्त बिरुवाहरुको जरा जोरदार हुने भेएकाले यांन्त्रिक चोटबाट जोगाउछ ।
- यस बिधि बाट १२-१४ दिनमा बेर्नाहरु रोप्नको लागि तयार हुन्छन ।
बेफाईदाहरु
- बेर्नाहरुको आकार सानो र छोटो हुने भएकाले पानीको तनाव रोक्न आवश्यक पर्छ त्यसैले पानीको राम्रो व्यवस्था नमिलेको ठाउमा बिरुवा रोपण गर्न समस्या देखिन्छ।
- यस बिधिमा हिले नर्सरी व्याड विधिको तुलनामा धेरै बिउको आवश्यकता पर्दछ।
- बिरुवाहरुको जरा जोरदार र एक आपसमा जेलिएर म्याट जस्तो आकार हुने भएकाले छुटाउनको लागि झन्झटिलो हुने र जरा चुडिने समस्या हुन्छ।
- प्रजातिको अवधि जस्तो सुकै भएपनि उचित समयमा रोप्न सकिएन भने बिउको एण्डोस्पार्ममा रहेको खाद्यन्न सामग्री समाप्त भएर जान्छ र बेर्नाहरु चाडै मर्न थाल्छन ।
- प्रति पहाड रोप्नुपर्ने बिरुवाहरुको संख्यालाई सजिलै नियन्त्रण गर्न गार्हो पर्दछ ।
- धान खेतमा भएको एजोलाले स -साना बेर्ना बिरुवाहरुलाई उम्रनको लागि समस्या सिर्जना गर्दछ ।
नेपालमा ड्यापोग वा म्याट बिधि फस्टाउन नसक्नुका कारणहरु
नेपाल एक कृषि प्रधान मुलुक भएता पनि कृषि क्रान्ति ल्याउने नयाँ ,उत्कृष्ट प्रविधिहरु अप्नाउन विभिन्न क्षेत्रहरुमा चुनौती देखिन्छ । नेपाली किसानहरुमा पर्याप्त परम्परागत पर्यावरणीय ज्ञान भएकाले उत्पादकत्व विद्धि गर्ने नयाँ प्रबिधि तर्फ चासो कम छ । अझै पनि धानको बेर्ना राख्नका लागि किसानहरुको पहिलो प्राथमिकतामा हिले व्याड नै पर्दछ । नेपाली समाजमा यस प्रबिधि बिल्कुलै नयाँ भएकाले उचित सिप ,ज्ञान, तालिम प्राप्त दक्ष, प्रशिक्षित, प्राबिधिक जनशक्तिहरुको अभाव भएका कारणले नयाँ प्रबिधिमा खोज, अनुसन्धानका कार्यहरुमा बिस्तार आउँन सकेको अवस्था छैन । किसानहरुको जीवन शैली निम्नवर्ग ,अशिक्षिताले घेरेको हुनाले कृषिका लागि उत्पादकत्व विद्धि गर्ने कृषि उपज, औजार, यांन्त्रिकरण ,प्रबिधि बिस्तारमा रोक लागेको छ । नेपालको डर लाग्दो मौसम परिवर्तनका कारणले साना बेर्नाहरुलाई उचित सिचाईको सुबिधा व्यवस्थापन गर्न गाह्रो हुन्छ । हिमाली ,पहाडी क्षेत्रहरुको भिरालो जग्गाहरुमा बर्सेनि भुक्ष्यको प्रकोपले माटोको उर्वरा शक्ति न्युन हुदै गईरहेको कारणले उचित प्रविधिको प्रयोग गर्न समस्या आएको देखिन्छ । विशेष गरेर नेपालको राजनीति अस्थिरता, भ्रष्टचार, बैदेशिक सहायतामा निर्भरता र बढ्दो बेरोजगारीका कारणले नयाँ कृषि औजार, सेवा,यांन्त्रिकरण, जस्ता प्रबिधिहरुको खोज, अनुसन्धानमा पहुचको कमीका कारण नेपालमा प्रबिधिहरु फस्टाउन सकिरहेको अवस्था छैन ।
सम्भावनाहरु
नेपालका लागि आर्थिक बिकासको बलियो पक्ष भनेको कृषि भएकाले ड्यापोग वा म्याट बिधि जस्ता नयाँ प्रविधिहरु अपनाई ५ देखि २० प्रतिशत सम्म धानको उत्पादकत्व विद्धि गरि देशलाई आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्न सकिन्छ । यस प्रविधिमा वाह्य लागत, जल, मल जमिनको न्युन प्रयोग गरि थोरै लगानीमा नर्सरी व्याड निमार्ण गर्न सकिने भएकाले उचित सिप, तालिमको व्यवस्थापन गर्न सकिएमा निम्नवर्गका किसानहरु माझ अपनाउन सहज हुन्छ । विस्तृत फसलको खेतीका लागि उचित मौसमको पहिचान गर्न आवश्यक छ र यो नेपालका लागि सम्भव छ । यस विधिबाट तयार गरिएका बेर्नाहरु छोटो समयमा नै रोपर्णको कार्य अघि बढाउनु पर्ने भएकाले यसमा किरा, झारपात, रोगजन्य र अन्य मौसम जोखिमबाट बचेर समयमा धान बालि भित्राएर अधिकतम उत्पादन लिन सकिन्छ । परम्परागत धान खेति भन्दा मिथेन उत्पादन ६४ प्रतिशत कम हुने भएकाले यस विधिले वातावरणमा हरितगृह ग्यासको मात्रालाई न्युन पार्दछ । यस बिधि उपभोता मैत्री, स्वास्थ र प्राङ्गरिक नर्सरी बिधि भएकाले धान उत्पादन विद्धि गर्न सहयोग पुराउछ । न्युन पानीको प्रयोग हुने भएकाले सुक्खा भुमि अवस्थाहरुमा ऒसिलो तनावको प्रभाव सिर्जना गरि आजको पानी व्यवस्थापन अभ्यासले पानीको माग र संकटमा जलस्रोत संरक्षण गर्न सकिन्छ । आजको श्रम संकटलाई शुन्य गर्न कुशल ढंगले प्रविधिहरुको उपयोग गर्दा कृषिको क्षेत्रलाई थप प्रसारित पार्न सकिन्छ ।