वाल्यकालमा सुनेको थिए “नेपाल त्यो देश हो जहाँ माटोमा सुन फल्छ”।बाल्यकालमा यो कुरा सुन्दा निकै अचम्म लागेको थियोे तर अहिले आएर बुझ्दा त्यो सुन फलाउन हजारौ कृषकहरुको खुन पसिना बगाउन पदोँ रहेछ।यस कथाझेैँ छ अहिले हामरो वतृमान कृषि अवस्था। बाहिरबाट जति नै सुन जस्तै चम्किलो देखिए पनि भित्रबाट दैन्दिन खोके हुँदै छ।
परिचय :
मानव बिकासको करममा जमिनको सहि सदुपयोग गर्ने उदेश्यले करिब १००० हजार बर्ष अघि कृषि पेसाको उत्पत्ति भएको मानिन्छ। अमेरिकि कृषि विज्ञ सर नर्मन बोरलगलाई कृषिको पिता भनेर मानिन्छ।
नेपालको सन्दर्भमा कृषि कुनै नौलो विषय भने होइन।पूर्खाहरूको पालादेखि नै नेपाल कृषि पेसासँग सम्बन्धित छ।समुद्र क्षेत्रबाट टाढा रहेको भुपेरिष्ठित देश नेपालमा लगभग ६५ देखि ७० प्रतिशत मानिस कृषि क्षेत्रमा आवद्ध छन्।त्यसैले नेपालको राष्ट्र पेसा भनेर कृषिलाई गन्दा कुनै गलत हुँदैन ।
समय अब आधुनिक युगमा छिरिसकेको छ। समयको गति सँगै हरेक क्षेत्रमा आधुनिकिरण गर्ने चलन पनि बढ्दै आएको छ।ढुङ्गे युगदेखि आधुनिक युगसम्म आइपुग्दा कृषि क्षेत्र पनि आधुनिकताबाट टाढा रहेको छैन।आधुनिम पर्विधिको परयोगले कृषि क्षेत्र अझै फराकिलो र खुला भएको छ।यससँगै कृषि क्षेत्रमा निकै सकरात्मक विकास पनि देखा परेको छ।
-नयाँ उपकरण र परविधिले खेती गर्दा प्रशस्त उत्पादन गर्न सकिने हुनाले बढ्दो जनसंख्यालाई थेग्न सहयोग पुर्याएको छ।
-थोरै खर्चमा धेरै आम्दानी लिन सकिने।
-किटनाषक औषधिको परयोगले बाली नष्ट गर्ने किराहरूको अन्त्य गर्न सकिने।
-रोगरहित बाली उत्पादन गर्न सकिने
-बेमौसमी खेती,तेरेस खेती जस्ता नयाँ आगमनले बढ्दो मागलाई थेग्न सक्ने।
-किसानको प्रति आम्दानी पनि सुधा र आएको छ।
-तमाम विकास सँगै नेपालको आर्थिक अवस्थामा पनि केही हदसम्म टेवा पुर्याएको छ।
हरेक कुराहरूको दुई पक्ष हुन्छन ।राम्रो र नराम्रो।त्यसरी नै आधुनिक प्रविधिले गर्दा कृषि क्षेत्रमा सकरात्मक भन्दा नकारात्मक विकास देखा परेको छ।
-ज्यादा उत्पादन बढाउन गरिने किटनाषक र विषादीको प्रयोगले माटोको उर्बरा शक्ति बढ्दै आएको छ।
-अत्याधिक जैविक नष्टले वातावरण (ecosystem) पनि असर परेको छ।
-थोरै समयमा धेरै उत्पादन गर्ने लोभले धेरै विषादी प्रयोग गर्दा विभिन्न रोगहरू देखा परेको छ।
-वातावरणीय प्रदुषण पनि बढ्दै आएको छ।
-बढ्दो जनसंख्या सँगै खेती योग्य जमिन बढाउन अनावश्यक रूपमा वन फडानी भइरहेको छ।
-मानिसको ठाउँ मेसिनले लिन थालेपछि किसानको काम भर त घटेको छ तर बेरोजगारीको सङ्ख्या पनि बढेको छ।
अहिलेको कृषि अवस्था :
७० % मानिसहरूले कृषि पेसा अपनाए पनि नेपाल अहिलेसम्म कृषि क्षेत्रमा निर्भर हुन सकेको छैन।आफ्नै देशमा प्रशस्त खेती योग्य जमिन हुँदा हुँदै पनि चामल समेत छिमेकी देश भारतबाट आपूर्ति गर्नुपर्ने दयनीय अवस्था हामीलाई अवगत नै छ।त्यसैले समग्र रूपमा हेर्नुपर्दा जतिसुकै आधुनिक युगमा छिरेपनि अझै पनि हामी त्यही पुरानो ढुङ्गेयुग जस्तो जीवनयापन गर्न बाध्य भएका छौ ।अहिलेको युवाहरूमा कृषि क्षेत्रमा लाग्न कुनै रुचि देखिदैन।हिलोमा गएर मजदुर जसरी काम गर्नु भन्दा उनीहरू अरू नै काम गर्न सहज मान्छन् र यही नै हाम्रो देशको दयनीय अवस्था हो।अझ भन्नुपर्दा सउदी अरब,कतार जस्ता अरब मुलुकहरू जहाँ बालुवा मात्र छ र खेती गर्न सम्भव पनि छैन त्यो देशले आफुलाई राखेर बाहिर बेच्न समेत भ्याएको छ तर हाम्रो देश अझ पनि अरूमा निर्भर छ जुन एउटा सर्मनाक कुरा हो।
कहाँ चुक्दै छ नेपाल :
हाम्रो देशलाई साँच्चै नै कुषि क्रान्तिको खाँचो छ।नेपाल कृषि क्षेत्रमा पछि पर्नुको कारण किसानहरूको उचित मुल्याङ्कन नहुनु।बषौँ दुख गरेर फलाएको अन्न उचित भाउ नपाउँदा किसानहरूको कृषिबाट भरोसा उठ्न थालेको छ।जुन देशमा किसानहरू नै खुसी छैन अनि कहाँबाट हुन्छ देशमा कृषि प्रगति,अझ बढ्दो राजनीतिक चलखेलले गर्दा कृषि क्षेत्र मारमा परेको छ।कृषि क्षेत्रमा आधुनिकता घुसाउने निउँमा भष्ट्राचार मात्र बढि रहेको छ।उचित कार्यान्वयन नहुँदा अझ पनि कृषि क्षेत्र फस्टाउन सकेको छैन।
नेपालमा कृषिको सम्भावना :
नेपाल एक सम्भावनाले भरिपूर्ण देश हो।नेपालमा रहेको हावा पानी र वातावरण कृषिको लागि एकदम उपयुक्त छ।यहाँ रहेको (grographical diversity)ले गर्दा यश मुलुक अझ अरूभन्दा नौलो छ।यहाँ तराई,पहाडी र हिमाली क्षेत्रमा फरक फरक खेती गरिन्छ जसबाट विभिन्न प्रकारका अन्नहरू उत्पादन गर्न सकिन्छ।यदि उचित कार्यान्वयन र (stable plan ) अनि किसानहरूसँग मिलेर अघि बढ्ने हो भने पक्कै पनि नेपाल कृषिमा केही हदसम्म निर्भर हुन सक्छ।