आँपलाई फलहरुको राजा भनिन्छ । आँपको गुण, मिठास र पौष्टिक महत्वले गर्दा सबैले यसलाई मन पराउछ । नेपालका विभिन्न भागमा आँप खेति भइरहेको पाइन्छ । हावापानीको तवरमा हेर्दा यसको खेती देशको तराई देखि मध्य-पहाडसम्म गर्न सकिन्छ । नेपालको उष्ण प्रदेशमा हुने यो एक महत्वपुर्ण फल हो । फलको रुपमा आँप विशेषगरि तराई क्षेत्रमा फैलिएको छ । पाकेको आँपमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएतापनि चिनीको मात्रा धेरै हुन्छ । आँपखेतीमा सफल भएका जिल्लाहरुमा सप्तरी, सिराहा ,मोरङ ,सुनसरी,धनुषा, महोत्तरी , रौतहट , सर्लाही, बारा ,पर्सा ,चितवन आदि रहेको छ । आँपको बैज्ञानिक नाम( Mangifera indica) हो । नेपालको फलफुलको कुल क्षेत्रफ़ल मध्ये आँपले ४९५८८ हे. क्षेत्रफ़ल (३२.०८%) ओगटेको छ नेपालमा भएका आँपका प्रमुख जातहरु: दशहरि , माल्दह , लङ्गा , जर्दा, अल्फन्सो , आम्रपाली , मल्लिका, चौसा, कल्कत्तिया, नीलम , बम्बै ग्रीन आदि हुन् । पछिल्लो केहि समयमा आँपमा धेरै रोग-किरा हरुको संक्रमण बढिरहेको छ । यो आँप कृषकहरुको लागि मुख्य आयश्रोतको माध्यम रहेको हुनाले यस्ता रोग-किराहरुले ठुलै मात्रामा क्षति पुर्याएको देखिन्छ । मलखादको कमी ,अनुपयुक्त सिचाई,सहि तवरमा हाँगाबिँगाको काटछाट नगरेको र वातावरणीय प्रभावले गर्दा रोग-किराहरुको प्रकोप बढ्दो क्रममा छ । अबको केहि महिनापछि आँप पाक्ने समय आउछ र यहि समयमा रोग(किराको प्रकोप धेरै नै देखिन्छ । तसर्थ आँपमा लाग्ने रोगकिराको पहिचान गरि तेस्को उचित ब्यबस्थापन गर्न सके आँप खेतीबाट पनि मनग्यै आम्दानी प्राप्त गर्न सकिन्छ ।

कोत्रे रोग (Anthracnose):

यो रोग Colletotrichum gloeosporioides भन्ने ढुसीबाट लाग्छ ।  नेपालमा यो रोग सबैतिर फैलिएको छ ।  साक्षेपिक आद्रता ९५% र २४-३२° सेल्सियस तापक्रम भएमा रोगको प्रकोप बढ्छ । यो रोग कलिलो पात, मसिना हाँगाहरु, मुजुरा तथा फलहरुमा देखापर्छ । पातको सतहमा थुप्रै आकारबिहिन गाढा खैरो र सुखेको थोप्लाहरु देखा पर्दछन । यो रोग कलिला पातहरुमा धेरै लाग्दछन । रोग लागेमा कलिला हाँगाहरु मर्दै जान्छन । फलहरुमा यो रोग लागेमा फलको सतहमा विभिन्न आकारका काल थोप्लाहरु देखिन्छ । थोप्लाहरु जोडिएर पुरै फललाई ढाक्दछन् । रोग लागेका फलहरु झर्दछन् । यो रोगको श्रोत रोग लागेर भुइँमा झरेको पात तथा हाँगाहरुमा लामो समयसम्म बाँच्न सक्दछ र अन्य बोटमा रोग सर्ने माध्यमको रुपमा काम गर्छन ।

ब्यबस्थापनको तरिका :

रोगकिरा लागेका हाँगाहरुलाई काँटछाँट गरी झरेका पातहरु सहित जलाई दिनुपर्छ । रोगनाशक बिषादीहरु, जस्तै १% को (५ : ५ : ५० ) बोर्ड़ो मिश्रण, ब्लाईतेक्ष ५० अथवा काप्तान १.५ ग्राम प्रति लिटर पानीमा मिसाई दोश्रो हप्तासम्म ४ देखि ५ पटक सम्म छरेको खण्डमा यो रोगको ब्यबस्थापन सकिन्छ । गर्मियाममा उपयुक्त मलखाद तथा सिचाईको प्रयोगबाट बिरुवालाई स्वस्थ राख्न सकिन्छ । यसले मसिना हाँगाहरुलाई रोग बाट टाढा राक्छ ।

धुलो ढुसी (Powdery Mildew):

यो रोग पनि ढुसी बाट लाग्छ । यो रोग लागेको बिरुवाको पात, फुल र चिचिला फलमा सेतो ढुसी (पाउडर)ले धाक्दछ । रोगी भागहरु झरेर जान्छ जसले गर्दा फल कम लाग्छ । रोग लागेको भागहरुको कोषभित्रबाट ढुसीले रस चुसेर लिने हुदा रोगी भाग सुकेर कालो भइ फल लाग्न सक्दैन । यो रोग हावाको माध्यमबाट सर्ने भएको हुदा हावा लागेको दिशातिर यो रोग बढ्दै जान्छ । रोगको प्रकोप मंग्सिर देखि फाल्गुन सम्म बढी हुन्छ । फुल खेल्ने बेलामा यदि हावामा बढी आद्रता छ र मौसम बदलि भई तापक्रम बढ्न गएको खण्डमा पुरै बोटमा यो ढुसी लग्न सक्छ ।

ब्यबस्थापनको तरिका :

मसिनो धुलो गन्धक (सल्फर) आँप फुल्नु अघि र फल लागेपछि १५ दिनको अन्तरमा १-२ पटक आधा किलो ग्राम प्रति बोटको दरले छर्ने । केराथेन धुलो १ लिटर पानीमा २ मि. लि. राखेर छर्ने । कार्बेन्दाजिम ०.५ -१ ग्राम प्रति लिटर पानीमा मिसाई आँपमा फुल खेल्नु अगाडी एक पटक छर्नपर्छ । रोगी पातहरुलाइ जम्मा गरेर जलाउने , रोगी हाँगाहरुलाई काँटछाँट गर्ने ।

आँपको बिकृति रोग (Mango malformation) :

यो एउटा जटिल प्रकारको बिकृति हो । यो भन्ने Fusarium moniliforme Var.subglutinans ढुसीको कारणले लाग्दछ । साखा हाँगाहरुमा भएका पातका कापमा धेरै साना साना हरिया बिरुवाहरु देखिन्छ । धेरै फुलहरु एकै ठाउमा गुज्मुज्ज परेको हुन्छन जसले गर्दा फुलको प्रजनन शक्ति समाप्त हुन्छ ।

ब्यबस्थापनको तरिका :

रोग लागेका हाँगाहरु र फूलका गुच्छाहरुलाई काँटछाँट गरी हटाउने र जलाउने । कप्तान १.५ ग्राम वा वेभिस्तीन १ ग्राम एक लिटर पनि टासिने पदार्थको मिश्रण बनाइ पुरै रुखमा छर्नुपर्छ । बिषादी छर्ने काम प्रत्येक १० दिनको फरकमा गर्नुपर्छ ।

कालो टुप्पा (Black Tip):
यो रोग जीवाणुको कारणबाट नभई इँटा भट्टाबाट निस्कने धुवाबाट उत्पन्न हुने अनुमान गरिएको छ । बोरोनको कमीको कारणले गर्दा पनि यो रोग लागेको देखिएको छ । यो रोग नेपालको भिविन्न ठाउँहरुमा देकिएको छ । सुरुमा फलको चुच्चो भागमा कालो दाग जस्तो देखिन्छ र बिस्तारै पुरै फललै ढाक्दछ ।

ब्यबस्थापनको तरिका :
३ के. जी. Borex ४०० लिटर पानीका दरले मिसाएर फल लाग्न सुरु भएदेखि ३ पटक सम्म छर्नु आवश्यक हुन्छ ।

कालो पत्रे रध्वासे रोग (Shooty Mould):
यो रोग Capnodium ramosum भन्ने ढुसीबाट लाग्दछ ।  यो रोग फड्के किरा, कत्ले किरा,र लाही किरा जस्ता भिविन्न रस चुस्ने किरा हरुले बोटबिरुवाको पात, हाँगा,फुलका झुप्पाहरुबाट रस चुसेर खाने गर्दछन र एक प्रकारको गुलियो महजस्तो छोड्ने गर्दछ ।  सोहि गुलियो पढ़ार्थमा यो ढुसी बर्दछ र क्रमस पुरै सतहमा फैलिन्छ र फैलिएका भागहरुमा पुरै कालो पत्रले धाकिन्छ ।  यसले गर्दा बिरुवाले खाना बनाउन सक्दैन र आँप उत्पादनमा कमि आउछ ।

ब्यबस्थापनको तरिका :
१. किटनाशक बिषादीहरु छर्नाले ति किरा हरुको नियंत्रण गर्न सकिन्छ । यसपछि माडको घोल छरेको खण्डमा यो सुक्छ र पातलो पत्रको रुपमा निस्किन्छ र रोग कम गर्न सकिन्छ । बैसाख-जेष्ठतिर बोटबिरुवाको वरिपरि राम्ररी खनीदिनु पर्छ र माटोमा १०५ बी. एच. सी. वा अल्ड्रिन धुलो १५०-२०० ग्राम प्रति रुख छर्नुपर्छ ।

ब्याक्टेरियल कालो थोप्ले रोग (Bacterial Black Spot) :

यो रोग Xanthomonas citri mangifera भन्ने ब्याक्टेरियाबाट लाग्छ । यो रोग पात र फल दुवैमा लाग्दछ । पातमा कालो धब्बाहरु देखिन्छन । केहि समय पछि यी भागहरु ओइलाउछन, सुक्छन र झर्छन । रोगि हाँगाहरु टुप्पाबाट मार्दै जान्छन । रोग लागेका स(साना पातहरु पनि झर्छन ।

ब्यबस्थापनको तरिका :

मरेका, सुकेका, पात अथवा हाँगाहरु काँटछाँट गरी जलाउनु पर्छ र बगैचा सफा राख्नुपर्छ । रोग लाग्नासाथ बोर्ड़ो मिश्रण (३ : ३ : ५०) वावा फ़ाइतोलान नामक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

आँप फुट्ने रोग (Mango Fruit Cracking) :

यो रोग कुनै किराहरुले नभई वातावरणीय परिवर्तन र रुखलाई पानी तथा सुक्ष्म पोषकतत्वको कमीले हुन्छ । यो रोग लागे पछि फलहरु बीचबाट फुट्ने गर्छन र अन्त्यमा रुखबाट झर्छन । बगैचामा पानीको राम्रो व्यवस्था र बोरोनको कमी हुन नदिएपछि यो रोगलाई नियंत्रण गर्न सकिन्छ धुलो ढुसी (Mango Fruit Cracking) यो रोग पनि ढुसी बाट लाग्छ । यो रोग लागेको बिरुवाको पात, फुल र चिचिला फलमा सेतो ढुसी  (पाउडर ) ले धाक्दछ । रोगी भागहरु झरेर जान्छ जसले गर्दा फल कम लाग्छ रोग लागेको भागहरुको कोषभित्रबाट ढुसीले रस चुसेर लिने हुदा रोगी भाग सुकेर कालो भइ फल लाग्न सक्दैन । यो रोग हावाको माध्यमबाट सर्ने भएको हुदा हावा लागेको दिशातिर यो रोग बढ्दै जान्छ । रोगको प्रकोप मंग्सिर देखि फाल्गुन सम्म बढी हुन्छ । फुल खेल्ने बेलामा यदि हावामा बढी आद्रता छ र मौसम बदलि भई तापक्रम बढ्न गएको खण्डमा पुरै बोटमा यो ढुसी लग्न सक्छ ।

ब्यबस्थापनको तरिका :
मसिनो धुलो गन्धक  (पाउडर) आँप फुल्नु अघि र फल लागेपछि १५ दिनको अन्तरमा १-२ पटक आधा किलो ग्राम प्रति बोटको दरले छर्ने । केराथेन धुलो १ लिटर पानीमा २ मि. लि. राखेर छर्ने । कार्बेन्दाजिम ०.५-१ ग्राम प्रति लिटर पानीमा मिसाई आँपमा फुल खेल्नुएक पटक छर्नपर्छ । रोगी पातहरुलाइ जम्मा गरेर जलाउने , रोगी हाँगाहरुलाई काँटछाँट गर्ने ।

आँपमा लाग्ने प्रमुख किराहरु फड्के किरा :

फड्के किरा :
आँपको प्रमुख किरा हो जसले आँपमा धेरै क्षति पुर्याएको पाइएको छ । यसले पुरै बालीको नोक्सान गर्न सक्छ र तराईमा यो किरालाई मधुवा किरा भनिन्छ । माउ र बच्चा दुवैले आँपको कलिला मुजुरा र फुलहरुबाट रस चुसेर नोक्सान गर्दछ । फलस्वरूप कोपिला र फूलहरु ओइलाएर झर्छ । यो किराले एक प्रकारको मह निकाल्छ र तेसमा झिंगा, मौरी र भुसुनाहरु झुम्मिएर फूलहरु ढाक्दछ र गर्भाधान प्रकियामा बाधा पुग्दछ । गुलियो पधर्थले कालो ढुसीको बिकाश हुन्छ र पात,दाठ आदि कालो देखिन्छ र खान बनाउने काममा अबरोध आउछ ।

ब्यबस्थापन तरिका :
१.  बगैचाको सरसफाई गर्नुपर्छ र पानी जम्न दिनु हुन्न । देल्दामेथरिन (२.८%) ५ मि. लि. प्रति लिटर पानीमा वा इमिदाक्लोरोपिड़ (१७.५ एस. एल. ) १ मि. लि. प्रति ४ लि. पानीमा मिसाई छर्नुपर्छ । फलमा लाग्ने (Fruitfly) यो फल कुहाउने झिंगाको जीवनको सुरुवात चैत्र-बैसाखतिर हुन्छ भने धेरै संख्यामा साउनसम्म देखिन्छ । पोथी झिंगाले बढ्दै गरेको फलको बोक्रा छेडेर ३०-४० ओटा सम्म फुल पार्दछ । उक्त फलबाट औसाहरु निस्कनछन् र फलको गुदी खाइ फल गर्दछ । पछि फल कुहिएर तल झर्छ । किरा लागेको फल स्वस्थ देखिए पनि भित्रबाट गलेको हुन्छ र औसा देखापर्छ । यो किरा आपको सबै जातमा लाग्छ तर छिटो पाक्ने जातभन्दा दिलो पाक्ने जातमा यसको क्षति धेरै देखिन्छ । ब्यबस्थापन तरिका : १. बगैचाको सरसफाई गर्नुपर्छ र पानी जम्न दिनु हुन्न । मालथियन (५०%) १. ७५-२.०) मि. लि. प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा २-३ पटक छर्नुपर्छ ।

फलमा लाग्ने (Fruitfly):
यो फल कुहाउने झिंगाको जीवनको सुरुवात चैत्र-बैसाखतिर हुन्छ भने धेरै संख्यामा साउनसम्म देखिन्छ । पोथी झिंगाले बढ्दै गरेको फलको बोक्रा छेडेर ३०-४० ओटा सम्म फुल पार्दछ । उक्त फलबाट औसाहरु निस्कनछन् र फलको गुदी खाइ फल गर्दछ । पछि फल कुहिएर तल झर्छ । किरा लागेको फल स्वस्थ देखिए पनि भित्रबाट गलेको हुन्छ र औसा देखापर्छ । यो किरा आपको सबै जातमा लाग्छ तर छिटो पाक्ने जातभन्दा दिलो पाक्ने जातमा यसको क्षति धेरै देखिन्छ ।

ब्यबस्थापन तरिका :
१. बगैचाको सरसफाई गर्नुपर्छ र पानी जम्न दिनु हुन्न । मालथियन (५०%) १.७५-२.० मि. लि. प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा २-३ पटक छर्नुपर्छ ।

आँपको डाँठको गवारो :(Stem Borer):
यो किरा रुखको हाँगाभित्र पसेर सुरंग बनाउछ र यु सुरंग बाट काठको धुलो वा पानी निस्किरहेको देखिन्छ । किरा लागेको हाँगा सुख्छ र पातहरु झर्छन र पछि पुरै बोट सुख्छ । मुख्य क्षति पुर्याउने यसको लार्भा हुन् । यो खपटे किरा करिब ५० मि. मि. लामो र १२-२० मि.मि. चौडा हुन्छ । यसको टाउको खैरो रंगको हुन्छ । प्युपा अवस्था डाँठभित्रै पुरा गरि अषार-सावनतिर बयस्क खपटे भएर निस्किन्छ ।

यसको नियन्त्रणको लागि सुकेका हाँगाहरु काटेर फाल्नुपार्छ अथवा मट्टीतेल,पेट्रोल वा मिथायल परथियन औषधि राखेर हिलो अथवा अन्य हावा ओहोर-दोहोर नहुने वस्तुले तालिदिनुपर्छ । तेसैगरि प्वालबाट तार पसाएर लार्भालाई घोचेर मार्न सकिन्छ । आँपको मिलिबग स् यो चुसाहा किरा आँपको पातको कलिलो डाँठ र फलबाट रस चुस्छ र बिरुवामा एक प्रकारको गुलियो पदार्थ छाड्छ जसमा कालो ढुसी जम्दछ । यसको रोकथामको लागि किरा लागेको वरिपरि बैसाख-जेठ तिर राम्ररी जोतनु पर्छ । तेसैगरि माटोमा १०% बि. एच. सी. वा अल्द्रिन धुलो १५० देखि २०० ग्राम प्रति रुख छर्नुपर्छ ।

पातमा जाली बुन्ने किरा (Leaf webber) :

यो किराको प्रकोप तराई तथा भित्रि-मधेशका आँपखेतीहरुमा देख्न सकिन्छ । पोथी पुतलीले पातको ठाउँ-ठाउँमा पारेका फुलहरुबाट २०-२५ मि. मि. लामो,गाढा,खैरो रंगका लार्भाहरु निस्कन्छन र पातहरु खाई कलिला हाँगाहरुमा जालो बनाउछ । यसले श्रावन-भाद्र देखि क्षति पुर्याउन सुरु गर्छ र आश्विन-कार्तिकतिर प्रकोप बढी हुन्छ ।

यसको नियंत्रणको लागि बोटको जालीहरु निकाल्नुपर्छ र ति जालिहरुलाई जलाउन पर्छ । लथियन २५% वा दाइमिथोएत २ मि. लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्छ ।

आँपको कोयामा लाग्ने घुन (Stone Weevil):
अल्फन्सो, नीलम जातहरुमा यो किराको प्रकोप धेरै देख्न सकिन्छ । फुलबाट निस्केका साना लार्भाहरु आँपको गुदी खादै कोयासम्म पुग्छ र कोया भित्रै किराका सब्बै अवस्थाहरु (लार्भा, प्युपा, माउ ) पुरा हुन्छ । फल बाहिरबाट राम्रो देखिए तापनि भित्रबाट खान योग्य हुन्न । किरा लागेर बोटबाट झरेका फलहरु र कोयाहरु जथाभाबी फाल्नले यस किराको प्रकोप बढ्छ ।

यसको ब्यबस्थापनको लागि आँपबगैचाको सरसफाई गर्नुपर्छ किनभने रासायनिक बिषादीबाट यस किराको नियन्त्रण प्रभावकारी हुदैन ।