जाडोयाममा पाठापाठी जन्मिदा हुर्काउन गाह्रो पर्ने र बढी मृत्यु हुने गरेको पाइन्छ ।जाडो मौसममा चिसो बतास चल्लने समयमा वा खोरमा बढी हावा आवतजावत गर्ने छिद्र तथा चर भएको खण्डमा पाठापाडीहरु चिसोबाट गर्सित भई ज्यान सिताङ्ग हुने तथा शरीरको तापमान कम (hypothermia ) भई बिरामी पर्दछन्।  जन्मदा नै सानो र अशक्तता भएका पाठपाठीहरु चिसोबाट बढी संक्रमित हुने सम्भावना बढी हुन्छ । पाठापाठीको सामान्य तापक्रम 103 डिग्री फरेनहाइट वा ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ। जन्मँदै तापक्रम कम भएका पाठापाठीले पाँच घन्टासम्म दुध चुसेनन भने तापक्रमको कमी हुनुका साथै शक्तिको कमी( hypoglycemia) पनि हुन्छ ।पाठापाठी कामेमा वा शरीरको तापक्रम 103 डिग्री फरेनहाइट भन्दा कम भएमा  पाठापाठीहरुलाइ तातो र न्यानो पारेर राख्नुपर्ने हुन्छ । पाठापाठीको तापक्रम कम भएको खण्डमा र दुध नचुसेमा न्यानो बनाउनुको सगंसँगै शक्तिका लागि खानेकुरा दुध खानदिने अथवा दुध नचुसेमा  दुध खुवाउनको लागि भोजन पाइप (stomach tube) को सहायताले दुध खुवाएर तापक्रम घटनाबाट रोकी चिसोहुनबाट बचाउनुपर्दछ। सहि तरिकाले तातो पारेर  राख्ने र दुध खुवाउने व्यवस्था नगरिएमा पाठापाठीहरु मर्दछन।

चिसोको कारणले हुने पाठापाठीको मृत्युदर कम गर्न तातो हावा फाल्ने पंखा, तातो पानीको बोतल, बाक्लो कपडा  ‍ओढाउने, कोठा न्यानो पारेर राख्ने,  तातो बत्तीहरु खोरमा जोड्ने इत्यादि गरिन्छ । सबैभन्दा उत्तम उपाय चिसोबाट जोगाउन न्यानो बाकस (warm box)बनाउनु नै हो । यसले नियन्त्रीत रुपमा ताप प्रदान गरी पाठापाठीको शरीरको तापक्रमलाई नियमित गर्दछ। यसले पाठापाठीको शरीरको बाहीरी सतहलाइ  बाहिर चारैतर्फबाट न्यानो बनाई शरीरको तापक्रम नियमित बनाउने हुँदा अन्य तापका उपकरण भन्दा राम्रो मानिन्छ।

बाक्सा भित्रको तापक्रम कति छ र घटीबडी के भयो भनेर हेर्न बेलाबेलामा बाक्साको मुख खोलेर गर्नुपर्दछ वा थर्मोमिटर जडान गरेर लिनुपर्दछ। कहिलेकाहीँ धेरै तातो हुने समस्या पनि हुन सक्ने भएकोले नियमित अवलोकन गर्नु आवश्यकता हुन्छ र बाक्सा भित्रको ओसिलो हावाको बाहिर जानको लागि हावा प्रसार गर्ने प्वाल अथवा भेन्टीलेसन हुनु आवश्यक हुन्छ।

बिदेशी मुलुकमा यस्ता तयारी बाकसहरु किन्न पाइन्छन्  तर नेपालमा कमै मात्रामा यस्ता सामग्रीहरु उपलब्ध हुनु भएकाले घर गाउँमा नै सजिलोसँग बनाउन सकिने काठको न्यानो बाकस परालको न्यानो बाकस र ड्रमको न्यानो बाकस बनाउने उपायको बारेमा तल प्रस्तुत गरिएको छ।

१. काठको न्यानो बाकस :

काठको प्रयोगबाट पनि न्यानो बाकस बनाउन सकिन्छ। पाठापाठीको सङ्ख्या  अनुसार बाकसमा पार्टीसन गरेर कोठाकोठा बनाउन वा  छुट्टाछुटै बाकस बनाउन पनि सकिन्छ ।एक पशुको रोग अर्को पशुमा सर्न नखिन पार्टीसन गरेर बनाउँदा खर्च कम हुने हुन्छ।

बाकस बनाउन आवश्यक पर्ने सामग्रीहरु :

  • काठको टुक्रा बा प्लाइउड
  • तापको श्रोतः तातो हावा फाल्ने फ्यान, तातो पानीको बोत्तल, हिटीङ्ग प्याड मध्य कुनै एक
  • काटी किला
  • आरा
  • मसिनो गरी बुनेको जाली सामान्यतया 45 इन्च चौडाइ र 45 उचाइको (लम्बाइ आवश्यकता अनुसार)

बनाउने तरीका :

  • काठको टुक्रा बा प्लाइउडलाई आवश्यकताअनुसार टुक्रा पार्ने
  • उचाई तर्फको सतहबाट 15 इन्च माथि पाठापाठी राख्नेगरी जालि ठोक्ने (जहा पाठापाठी राखिन्छ)
  • बाकसको चारैतर्फ हावा खेल्न मिल्ने खालको झ्याल बनाउन जालि ठोकेको स्थानबाट १० इन्च माथि १२ * 4 प्लाइ काटेर झ्याल राखिदिने
  • बाकसको एकपट्टी पिधको सतहमा ( जालितल पट्टी ) तापको श्रोत जडानका लागी १८ * १५ इन्चको झ्याल बनाउने जहाँबाट तापको श्रोत जोडीन्छ।
  • पाठापाठी राख्न र झिक्नका लागि ढकन बनाउने जहा थर्मोमिटर राख्ने स्थान पनि बनाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु :

  • काठको बाकसको पिधमा तापको श्रोत राख्नुपर्दछ।
  • तापको श्रोत माथि पाठापाठी बस्ने स्थान बनाउनु पर्छ जसका लागि जालि बनाउन सकिन्छ ।
  • जालि माथि पराल तौलिया आदि राखेर तातोले छाला पोल्न र खुइलिनबाट जोगाउनु पर्दछ।
  • बाक्साको माथिपट्टि प्वाल हुनु जरुरी छ जहाँबाट बाफीलो हावा बाहिर जान सकोस् र अक्सिजनको कमी हुन नपाओस् ।
  • पाठापाठीलाई उल्टाइपल्टाइ गरेर एक तर्फमात्र तातो हुनबाट जोगाउने र दुबै तर्फ तातो र न्यानो बनाइ रहनुपर्दछ।
  • बेलाबेलामा बाख्राको तापक्रम हेरी रहनु पर्दछ।

]

२. परालको न्यानो नक्शा बाकस :

आवश्यक सामग्री

  • बाक्लो खालको प्लास्टीक २.१५ * २.७५ मिटरको
  • पराल
  • जाली
  • काठको टुक्रा बा प्लाइउड
  • तापको श्रोतः तातो हावा फाल्ने फ्यान, तातो पानीको बोत्तल, हिटीङ्ग प्याड मध्य कुनै एक
  • काटी किला
  • आरा
  • मसिनो गरी बुनेको जाली सामान्यतया 45 इन्च चौडाइ र 45 उचाइको (लम्बाइ आवश्यकता अनुसार)

 बनाउने तरिका

  • पराललाई चकटी बनाउने जस्तो गरी बाक्साको आकारमा मिलाउने
  • यसरी बनाएको बाक्सालाई प्लास्टिक माथि राख्ने
  • परालको बाकसमा जालि जडान गर्ने
  • पराललाइ बाकसको आकार दिइसकेपछि काठको  बाकस जस्तै गरी आवश्यकताअनुसार संरचना तयार गरी काठको बाक्सा जस्तै बनाउने

. प्लास्टिकको ड्रमबाट न्यानो बाकस बनाउने तरिका

आवश्यक सामग्री

  • ड्रम(प्लास्टीकको निलो ड्रम राम्रो मानिन्छ)
  • तापको श्रोत र जडान सामाग्रीः हिटीङ्ग बल्ब, तार ,होल्डर, पल्ग आदी
  • काटी किला
  • आरा

बनाउने तरिका

  • ड्रमको माथिपट्टि तापको स्रोत जोड्ने स्थान बनाउने जहाँ 250 वाटको हिटीङ्ग बल्ब प्रयोग गरिन्छ ।
  • ड्रमको पिधमा ६ इन्च चौडाइ र १० इन्च उचाइको ढोका बनाउने (जहाबाट पाठापाठी राखिन्छ)
  • ड्रमको पिधमा पराल राखेर पाठापाठी बस्ने स्थान भने दिनुपर्छ
  • पराल भित्र पाठापाठीहरु लुकेर न्यानो भइरहन्छन्

पाठापाठीलाई तातो पार्दा ध्यान दिनुपर्ने कुराहरु :

पाठापाठीलाई न्यानो बाकसमा 37 देखि 40 डिग्री सेन्टिग्रेट वा 98  देखि 1०4 फरेनहाइट तापक्रममा राख्नु पर्दछ । nतापक्रम लिन  थर्मोमिटर जडान गर्न सकिन्छ । भर्खरै जन्मेको पाठापाठीमा  प्रत्यक ३० । ३० मिनटमा तापक्रम लिई रहनु पर्दछ ।तापको स्रोतमा राखेका पाठापाठीहरूको पनि प्रत्यक ३० । ३० मिनटमा तापक्रम लिई रहनु पर्दछ र तापक्रम  एकिन गरी सोहीअनुसार थप क्रियाकलाप गर्नु पर्दछ ।धेरै तातो हुन दिनुहुँदैन पाठापाठीहरु तातो भएपछि १०२  डिग्री  फरेनहाइट बढी तापक्रम भएपछि  बाकसबाट झिक्न सकिन्छ तर फेरि चिसिने सम्भावना हुने हुँदा पटक-पटक हेर्ने र तापक्रम लिइरहने गर्नुपर्दछ ।

चिसोबाट जोगिने पूर्वसावधानीहरु

  • पाठापाठीलाई जन्मनेबित्तिकै पराल वा तौलियाले पुछेर ओभानो बनाइदिने
  • पाठापाठीले जन्मिनेबित्तिकै सकेसम्म चाँडो बिगौती दुध खुवाउने वा खाए नखाएको एकिन गर्ने
  • बिगौती दुध नखाएमा भोजन पाइपको सहायताले दुखाउने
  • हावाहुरी चल्ने स्थानमा ब्याएको बाख्रो नराख्ने
  • बाक्लो पराल विछ्याएर भुइ ओभानो पारिदिने
  • परालको सोत्तर बनाउदा न्यानो हुन्छ र पाठापाठीहरु पराल भित्र लुकि न्यानो भइरहन्छन।