चितवन। नेपालमा उत्पादन भएकै तरकारीले बजार मूल्य नपाइरहेको समयमा भारतीय उत्पादन ल्याएर सस्तो मूल्यमा बिक्री गरेको भन्दै त्यसलाई रोक्न चितवनका किसानले माग गरेका छन्।

स्वदेशकै उत्पादनले बजार धान्न सक्ने समयमा दोस्रो मुलुकबाट ल्याएर किसान मार्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आइतबार चितवनका किसान सडकमा आएका हुन्। आइतबार भरतपुरको चौबीसकोठी चोकमा जम्मा भएका किसानले चौबीसकोठीबाट हाकिमचोक, जिल्ला प्रशासन चोक हुँदै फेरि चौबसकोठीसम्म ¥याली निकालेका थिए ।

केही दिनअघि चितवनका किसानले भारतीय तरकारी बोकेको गाडी रोकेको भन्दै एक जना किसानलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो।