ललितपुर। गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करारमा ठूलो संख्यामा कृषि अधिकृतहरुको माग गरेको छ । मन्त्रालय मातहतका कार्यालय ईकाईमा रिक्त रहेको विभिन्न पदहरुमा कर्मचारीको माग गरिएको हो ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार कृषि अर्थविज्ञ, खाद्य अनुसन्धान अधिकृत, कृषि प्रसार अधिकृत, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, पशु चिकित्सक, पशु विकास अधिकृत, माटो विज्ञ, मतस्य विकास अधिकृत, नापि अधिकृत लगायतका अधिकृतहरुको माग गरिएको छ। इच्छुक व्यक्तिले माघ २२ गतेसम्म अन्तिम दरखास्त दिन सक्ने मन्त्रालयले जनाएको छ ।
थप जानकारीका लागि सूचना हेर्नुहोस :