चितवन। कृषि ज्ञान केन्द्र चितवनले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती गर्नका लागि आवश्यक संरचना निर्माणमा ५० प्रतिशत सहयोग गर्ने भएको छ । यसका लागि मकवानपुर र चितवन जिल्लाका ईच्छुक कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समुह तथा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

संरचनाको प्रकार :
१. जि. आई पाईपको प्लाष्टिक घर (टनेल)
२. फलामको पाईप प्लाष्टिक घर (टनेल)
३. एग्री नेट हाउस (नेट हाउस)
४. नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस (पोलि हाउस )

नोट : कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि कृषि ज्ञान केन्द्र चितवनको फोन नम्बर ०५६-५२०११५ मा सम्पर्क गर्नुहोला ।