सामान्यतया माटो वाहेकको अन्य मिडिया (रक उल, पर्लाइट, कोकोपिट, धानको भुस, वालुवा,ग्राभेल आदि) मा विरुवालाई आबश्यक घुलनशिल खाद्य पर्दाथ प्रदान गरी गरिने खेती प्रणालीलाई माटो विनाको खेती भनिन्छ । यस प्रणाली विश्वका विकसित देशहरुमा धेरै समयवाट प्रचलित भएतापनि नेपालमा समेत केही समय यता वाट यस प्रविधिवारे नीजि कम्पनीवाट प्रचार प्रसार भएको पाईन्छ ।
बेलायती फिजिसियन जोन उडवा र्ड (१६९९) लाई पानीमा खेती गरिने प्रविधिको पहिलो अनुसन्धानकर्ताको लिने गरिएको छ तापनि उनि भन्दा अगाडि रोवर्ट वोयलले समेत यस संबन्धि अनुसन्धान गरेका थिए । हाल आएर विशुद्ध पानीमा विरुवालाई आबश्यक खाद्यतत्व र हावाको ब्यवस्था लगायत छिटै नकुहिने विभिन्न मिडियाहरुको प्रयोग गरेर माटो विनाको खेती हुदै आएता पनि नेपाल जस्तो देशमा कृषकहरुले सजिलै अबलम्वन गर्न सक्ने सस्तो एवं दीगो प्रविधिको विकासका लागि गर्न थप अध्ययन तथा अनुसन्धान जरुरी देखिन्छ ।

खेतीका प्रचलित विधिहरु :
प्रयोग गरिने मिडिया तथा विधिका आधारमा माटो विनाको खेती प्रविधिलाई समेत बर्गीकरण गरिएको पाइन्छ । सामान्यतया विश्वमा निम्न लिखित विधिहरु प्रचलनमा रहेको पाइन्छ ।

१. पानीको प्रयोगवाट गरीने खेती (hydroponics cultivation)

१.१ खाद्य पर्दाथको घोलमा खेती (Static solution culture)

यस विधिमा विरुवालाई खाद्य पर्दाथको घोल भएको भाडाहरु ९प्लाष्टिकको वाल्टी, जार आदिमा०मा खेती गरिन्छ । विरुवाको जरामा हावाको ब्यवस्था वाह्य रुपवाट नगन्य मात्रामा गरिन्छ वा गरिदैन । यदि यसमा एरेटरवाट खाद्य पर्दाथको घोलमा हावाको ब्यवस्था नगर्ने हो भने खाद्य पर्दाथको घोल भन्दा माथिवाट जराको विकास हुने ब्यबस्था गर्न जरुरी हुनाको साथै पारदर्शी भाडामा खेती गरिएको हो भने सिधा सूर्यको प्रकाश पर्न नदिने ब्यवस्था गर्न जरुरी हुन्छ । यसमा खाद्य पर्दाथको मात्रा विरुवाको आबश्यकता अनुसार प्रयोग गर्न प्रयोग गरिएको घोलको लबणहरुको मात्रा (electrical conductivity)  जाँच गर्न जरुरी हुन्छ । यो विधि थोरै मात्रामा कन्टेनरमा तरकारीको खेतीको लागि मात्र उपयुक्त हुन्छ ।

१.२ खाद्य पर्दाथको निरन्तर आवत जावत गर्ने प्रणाली (Nutrient flow techniques)

यसमा खाद्य तत्वको मात्रा एकनाशले विरुवाको जरामा प्रदान गरिन्छ । खाद्य पर्दाथ सजिलै रुपमा विरुवामा जान आबश्यक स्लोपको ब्यबस्था गरिएको हुन्छ । साथै यसमा विरुवालाई आबश्यक खाद्यतत्वको मात्रा नियन्त्रित रुपमा प्रदान गरिन्छ तथा विरुवाको बृद्धि विकासको अबस्था अनुसार आबश्यक लवणहरुको अबस्था electrical conductivity विचार गरि electrical conductivity  घटाउने वढाउने गर्नाको साथै प्रयोग भएर वढी भएको घोल पुन प्रयोग गर्ने प्रणाली विकास गरिएको हुन्छ । उदाहारणको लागि यस प्रणालीमा गोलभेडाको खेती गर्ने हो भने विरुवा बृद्दि विकासको शुरुको अबस्थामा १ कायम गरी उत्पादनशिल अबस्थामा १.२५ सम्म पुर्याईन्छ । यो विश्वका धेरै देशले अबलम्वन गरेका सवभन्दा उत्पादनशिल प्रविधि भएतापनि खर्चिलो प्रविधिको रुपमा चिनिन्छ ।

१.३ माधारित पद्दति (Aquaponics)

यस पद्दति नयाँ एवं पूर्ण प्रांगारिक पद्दति हो । यसमा माछालाई आबश्यक दाना वाहेक अन्य पर्दाथ प्रयोग हुदैन र पानीमा घुलेको माछाको दिसा र पिसाव युक्त पानी विरुवालाई खाद्यतत्वको रुपमा प्रयोग गरिन्छ । यस पद्दतिमा सागपातको खेती गर्न उपयुक्त भएतापनि विरुवालाई आबश्यक सवै खाद्यतत्वको उपयुक्त मात्राको अभावमा अन्य पद्दति भन्दा उत्पादन ढिला हुन्छ । यस प्रणाली वाट ललितपुर जिल्लाको गोदावरीमा विल आसवेल भन्ने विदेशी नागरिकले सागपात लगायतका तरकारीको खेती गर्दे आउनु भएको छ ।

२. हावा र घुलनशिल खाद्यपर्दाथवाट खेती (aeroponics)

यस प्रणलीमा विरुवालाई आबश्यकता अनुसार खाद्यपर्दाथ युक्त घोललाई विरुवाको जरामा मेसिनको सहायतावाट वाफको रुपमा प्रदान गरिन्छ । यस प्रविधि आलु वीउ उत्पादन तथा सागपात खेतीमा उपयुक्त हुन्छ । यस प्रविधिमा खाद्य तत्वलाई वाफको रुपमा प्रयोग गर्न अन्य प्रविधि भन्दा वढी खर्च लाग्दछ ।

३. अन्य मिडियाहरुको प्रयोगवाट गरिने खेती
यस प्रविधि अन्र्तगत छिटै नकुहिने विभिन्न मिडियाहरु जस्तै कोकोपिट, धानको भुस, पर्लाइट, वालुवा, ग्राभेल, काठको धुलो, भर्मिकुलाइट, रक उल, इटाका टुक्रा लगायतका मिडियामा पानीमा घुलनशिल खाद्यपर्दाथ प्रयोग गरि खेती गरिन्छ ।
कस्तो मिडिया र प्रविधिको छनौट गर्न जरुरी हुन्छ
यस प्रकारको प्रविधिमा नेपालमा अध्ययन एवं अनुसन्धानका कार्यहरु नभएतापनि हाल आएर केही नीजि कम्पनी तथा ब्यक्तिहरुको प्रयासमा यस प्रविधिको प्रचार प्रसार नेपालमा भएको पाइन्छ । यस प्रविधि संग संबन्धित सामाग्रीहरु तथा आबश्यक खाद्यतत्वको सहज उपलब्धता तथा लामो समय सम्म एवं दीगो प्रयोग, खेती गर्न सकिने वालीहरु, तिनिहरुको लागि आबश्यक संरचना तथा पि। एच, electrical conductivity, विरुवा हुर्कने वातावरण, ती वालीहरुमा देखा पर्ने रोग कीरा लगायतका समस्या तथा समाधानका तरिकाहरु, खेती खर्च तथा उत्पादन , उत्पादनको गुणस्तर , परिमाण (प्रति इकाई उत्पादन) एवं संभावित उपभोक्ताहरु आदि जस्ता कुराहरुमा खेती गर्न इच्छुक कृषक तथा प्रबद्र्धकहरुले वेलैमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।

नेपालमा के भइरहेको छ :
माटो विनाको खेतीको लागि सर्वप्रथम नेपालमा आलुवाली अनुसन्धान कार्यक्रमले वीउ आलु उत्पादनमा अनुसन्धान गरि प्रविधि विकास गरेतापनि सो प्रविधिको कृषक स्तरमा अबलम्वन खासै हुन नसकेको पाइन्छ । हाल मेरो जानकारीमा आए अनुसार माछामा आधारित खेतीको अबलम्वन गोदावरीमा र माटो विनाको खेती प्रविधि प्रर्दशन हाइडूोपोनिक्स नेपाल, एग्री इन्जिनियरिङ्गका विद्र्याथीहरुले गरेको जानकारीमा आएतापनि यसमा लागत कति लाग्दछ, नेपालको बर्तमान परिप्रेक्ष्यमा उपयुक्त सामाग्री तथा खाद्य तत्वहरु कुन हो र उत्पादन कस्तो आयो भन्ने विषयमा आधिकारिक तथा प्रमाणित तथ्यांक उपलब्ध भइनसकेको अबस्था छ । तसर्थ विश्वमा माटो विनाको खेती प्रविधि स्वस्थ तरकारी उत्पादनमा परिमाणात्मक एवं गुणात्मक रुपमा सफल प्रविधिको रुपमा स्थापना भएतापनि नेपालको सन्र्दभमा थप अध्ययन एवं अनुसन्धान गरी प्राप्त नतिजा अनुसार अगाडि वढ्न जरुरी देखिन्छ ।

हामीले दैनिकरूपमा खाने विभिन्न प्रकारका तरकारी जुनसुकै प्रविधिबाट भए पनि सामान्यतय माटोमै उत्पादन हुनेगर्छ। माटोविना कुनै पनि तरकारी तथा अन्नवाली फलाउन त के हामीले सोचेका पनि हुँदैनौँ। तर, अब भने माटोविना तरकारी फलाउने नयाँ प्रविधि नेपालमै भित्रिएको छ।

कृषि कार्यमा माटो र प्रयाप्त पानी प्रयोग गरेर गरिदै आएको तरकारी खेती अब नौलो तरीकाले माटो बिना नै पनि गर्न सकिने प्रबिधि सुरु भएको छ । जस्लाइ hydrophonics पनि भनिन्छ ।
आधुनिक कृषि प्रणालीमा माटो बिनाको तरकारी खेतीको शुरुबात भएको छ । यो अत्यन्तै नौलो प्रबिधि पानी मार्फत मलखात दिने स्वचालिक तथा अर्ध स्वचालिक प्रविधि हो । जुन प्रविधिबाट फलफुल , तरकारी तथा जडिबुटि उत्पादन गरिन्छ । जुन हाईड्रोपोनिक प्रबिधि सस्तो तथा सुलभ रहित खेति प्रणाली हो जुन नेपालमै भित्रिएको छ । यो प्रणाली यस क्षेत्रमा एक आर्कषणका रुपमा देख्न सकिन्छ । माटो बिना पनि प्रसस्तै तरकारी उत्पादन गर्न सकिने प्रविधि देख्दा कृषि क्षेत्रका मानिस हरु को आश अझ धेरै बढेको देखिन्छ !

यो प्रविधिमा माटोको सट्टा कोकोपिट ( नरिवलको जट्टाको धुलो ) प्रयोग गरि बिरुवालाई जरै देखि पानी द्वारा पोषण तत्व दिएर बिषादी रहित तरकारी तथा बिरुवाहरु उत्पादन गरिन्छ ।
यो प्रविधि निक्कै प्रभावकारी रहेको छ भने हाइड्रोपोनिक प्रविधिमा अटोमेटिक रुपमा पाइप द्वारा पोषण तत्व उपलब्ध गराइन्छ । टनेल भित्र मौसम अनुसार हावा पानीको व्यवस्था गरिन्छ ।
यसलाई सस्तो तथा सुलभ खेती प्रणालीका रुपमा लिइन्छ । यसका फाइदाहरु धेरै छन । एउटा टमाटर को बोटमा १५ देखि २५ किलो सम्म उत्पादन हुने गर्द्छ । यो प्रविधिको प्रयोग गर्दा ८० प्रतिशत पानी कम खपत गर्ने थोरै ठाँउमा धेरै उत्पादन हुने ,विरुवाहरु चाडो बढ्ने ,माटो मार्फत सर्ने रोगहरु नलाग्ने ,उत्पादन क्षमता बृद्धि हुने ,मौसमी तथा बेमौसमि बालि लगाउन सकिने मलखादको प्रयोग कम हुने ,गोडमेल गर्न नपर्ने लगायता फाइद रहेको बताइन्छ ।

यो प्रविधिमा जनसक्ति कम लाग्नुका साथै स्थानिय स्रोत साधनको प्रयोग गरी घरको छतमा पनि खेति गर्न सकिन्छ । यो खेती ग्रिनहाउस टनेल बनाएर गनुपर्ने हुन्छ । यसले गर्दा बिषादी प्रयोग नगरिकन गर्न सकिन्छ भने माटोमा भन्दा ३ सय गुणा बढि उत्पादन हुन्छ । स्वादमा अर्गानिक जस्तै स्वाद हुन्छ ।

माटोविना कसरी फलाइन्छ त ?

विरुवालाई चाहिने पोषकतत्त्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट माटोविना तरकारी उत्पादन गर्ने प्रविधिलाई हाइड्रोपोनिक खेती प्रणाली भनिन्छ। ‘
यो प्रविधिमा माटोको स्थानमा कोकोपिट ‘नरिवालको जट्टा’ राखिन्छ। विरुवालाई आवश्यक पर्ने पोषणतत्त्व एनपिके मिसाइएको पानिलाई जरासम्म पुग्नेगरी सिस्टम जडान गरिएको हुन्छ। कोकोपिट भारतबाट ल्याउने गरिन्छ।हाउसभित्र अटोमेटिक सिस्टम पनि जडान गरिएको छ। बढी तापक्रम भएमा हाउसभित्र राखिएको सेन्सरले पंखा घुम्ने, तातो हावा बाहिर फाल्ने र बन्द हुँदा तापक्रम सन्तुलन हुन मद्दत पुग्छ।

जेहोस नेपालमै पहिलो पटक माटो बिना तरकारी खेती सुरु गरेका यस्ता किसानलाई सरकार र सरोकारवाला निकाएबाट आवस्यक सहयोग र हौसला दिन सके विदेश जान तम्सिएका युवा शक्तिले नेपालमा रोजगार पाउन सक्दछ ।

माटोबिनाको तरकारी खेती कत्तिको सम्भव होला ? माटोको प्रयोगबिना तरकारी उब्जाउ हुन्छ भन्ने कुरा सुन्दा पत्याउन पनि गारो । सुन्दै अचम्मलाग्दो माटोबिनाको खेती भनेपछि पानीमा गर्ने हो कि हावामा पो गर्ने हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो ।
। माटोबिना उत्पादन भएका तरकारीहरू बजारमा समेत आउन थालेका छन् । नरिवलको जट्टा पेलेर बनाइएको ढुटो गमलामा राखेर तरकारी खेती गरिन्छ । “खेतबारीजस्तो खनजोत गर्नु नपर्ने, पानीको पनि बचत हुने भएकाले नमुनाका रूपमा यो खेती सुरु गरेको पाइन्छ” ।

गमलामै मुख्य गरी लिफ्ली भेजिटेबल, साग, धनियाँ, गोलभेंडा, चाइनिज रायोलगायतका तरकारी खेती गर्न सकिन्छ। “खेती सञ्चालन गरेको तीन महिना भयो, माटोबिनाको तरकारी खेतीमा च्याउ पनि पर्ने भएकाले च्याउबाट पनि राम्रै आम्दानी हुने गरेको छ,” । अन्य पातजन्य खेती तत्काल छिटो उत्पादन हुने र बजारमा पनि चाँडै बित्री हुने भएकाले यसलाई प्राथमिकतामा राखेर अगाडि बढने किसान को भनाइ छ।

कुनै प्राविधिक तालिम नलिइकन इन्टरनेटको माध्यममा आफ्नै खोज अनुसन्धानबाट यो खेती गर्दा राम्रो हुने गरेको छ। यो खेतीका लागी नरिवलको जट्टा, गमला र पानी भए पुग्ने गर्दछ । “अप्ठेरोे भूगोलमा पनि यो खेती हुन्छ, मलिलो माटो आवश्यकता पर्दैन,” । युवालाई विदेश पलायन हुनबाट रोकेर स्थानीय स्तरमै स्वरोजगार बनाउनु सरकारको लक्ष्य हुनु पर्नी देखिन्छ। परम्परागत खेती नै गर्नुपर्छ भन्ने छैन, नयाँ पुस्ताले नयाँ नै खेती प्रविधिसँगै अघि बढ्न सकिन्छ।