ललितपुर। सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका छन्। यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशले ५१ अर्ब बढीको बजेट ल्याउँदा सुदूरपश्चिम सरकारले सबैभन्दा कम ३३ अर्बको बजेट ल्याएको छ।

बागमती प्रदेशद्धारा सार्वजनिक बजेटको ५१.१२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार चालु र ४८.८८ प्रतिशत अर्थात २५ अर्ब १४ करोड एक लाख ५९ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।

कोरोनाभाइरस संक्रमणको कारण स्रोतमा देखिएको संकुचनकाबीच बागमतीले बजेटको आकार बढाएर ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार कायम गरेको हो । अघिल्लो वर्ष यो प्रदेशले ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट ल्याएको थियो ।

यसका साथै प्रदेशभित्रका दुग्ध किसानको लागि प्रतिलिटर २ रुपैयाँ अनुदान दिने बजेटमा उल्लेख छ। सरकारले चालु आर्थिक वर्षमा किसानलाई दुधमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिने गरेकोमा सो अनुदानमा सतप्रतिशत वृद्धि गरी २ रुपैयाँ पुर्‍याएको र सो कार्यक्रमको लागि १६ करोड बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ।

बजेटको पूर्णपाठ :