
ललितपुर। सरकारले अनुदान दिनका लागि उखु किसानलाई स्थानीय तहमा दर्ता हुन आव्हान गरेको छ।
उखु किसानलाई अनुदान दिने कार्यविधिले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका किसानलाईमात्र अनुदान दिने व्यवस्था गरेको छ।
सोहीअनुसार उखु उत्पादन गर्ने सबै किसानलाई आफ्नो स्थानीय तहमा गई सूचीकृत हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले
सोमबार एक सूचना जारि गरेको थियो ।
दर्ताका लागि चाहिने कागजपत्र तथा प्रक्रियाको बारेमा स्थानीय तहमै सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
यसरी दर्ता भएपछि किसानको बैंक खातामा सरकारले अनुदान उपलब्ध गराउने छ।
दर्ता भएका उखु कृषकको लगत भाद्र मसान्त भित्र प्रकाशन गरी सम्बन्धित चिनी मिल, जिल्लास्थित भुक्तानी समिति र मन्त्रालयमा उपलब्ध गराइदिन पनि मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।
यस्तै कृषकहरु दर्ता हुने क्रममा सम्बन्धित उखु कृषकको बैंक खाता रहेको बैंकनाम र खाता नम्बर सम्बन्धी विवरण माग गरी लगतमा समेट्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
आगामी आर्थिक वर्षका लागि उखु किसानलाई दिईने अनुदानकामा खर्च गर्न सरकारले बजेटमा ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सूचना हेर्नुहोस ।।