ललितपुर। नेपाल सरकार कृषि विभागको तरकारी बाली विकास केन्द्रले पहिलो पटक फार्म दिवस मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र अन्तरगतको तरकारी बाली विकास केन्द्र खुमलटारले बिहिबार विशेष कार्यक्रमको आयोजना गरि फार्म दिवस मनाएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, तत्कालिन तरकारी विकास निर्देशनालय अन्तर्गत रहेको यो केन्द्र २०४४ सालमा स्थापना भएको हो । वि.सं. २०२९ सालबाटै फार्मका गतिविधिहरु सञ्चालन भएपनि विधिवतरुपमा भने २०४४ लाई स्थापना दिवस मानिँदै आएको छ ।

पहिलो फार्म दिवसको अवसर पारी केन्द्रले आफ्ना कृषि भावी रणनीति र कार्यक्रमका बारेमा जानकारी दिएको छ । कृषि, तरकारी तथा बीउ वेर्ना उत्पादन गर्दै आएको तरकारी बाली विकास केन्द्रले कृषिमा नविनतम प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएको छ । ।

हाल यो केन्द्रले कृषि क्षेत्रमा आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै मोबाईल एप्लिकेसन तथा अनलाईन सिष्टम मार्फत तरकारी बाली तथा बीउ बेर्नाको उत्पादन गरिरहेको छ ।

हाल केन्द्रको कुल ३४.५ रोपनी जग्गा मध्य १४.५ रोपनीमा तरकारी फार्म सञ्चालन गर्दै आएको छ । फार्म दिवसको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीं विकास मन्त्री चक्रपाणी खनालले कृषिमा बजेट पर्याप्त नभएको र पाएको बजेट पनि कार्यन्वयनमा जाँदा समस्या भएको बताउनुभयो ।

फार्म दिवसकै अवसर पारी उत्कृष्ट योगदान दिने कर्मचारी, फार्म संचालनमा सहयोग पु¥याउने कामदार र कृषि क्षेत्रको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।