मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ । मरीच एक खाद्य पदार्थ हो। यो कालो रङ्गको हुन्छ। यसलाई दूध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। बानस्पतिक हिसाबले मरीच झाँग जस्तो बोट हो। यसमा फल्ने फलमा सिङ्गो बियाँ हुन्छ। पकाएर सुकाएको फललाई कालो मरीचको रूपमा प्रयोग गरिन्छ। सुकाएको काँचो फललाई हरियो मरीच तथा पाकेको फलको बियाँलाई सेतो मरीचको रूपमा प्रयोग गरिन्छ।
उन्नत जातहरु
विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्टा, कोट्टानादन, कल्लुवली, ,पन्नियूर, चेरियाकानियाककाडन र कोरिमुण्डा आदि पर्छन । चेरियाकानियाककाडान र कोट्टानदान गुणस्तरीय मानिन्छन् भने पन्नियूर हाइब्रिड जात हो ।
बिरुवालाई सही आकार दिन र रोग मुक्त राख्नुका साथै उत्पादनमा निरन्तरता कायम गर्न काँटछाँट जरुरी हुन्छ। बिरुवा १ मिटर लामो भएपछि तलको पात हटाइदिनुपर्छ। उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरूबाट जोगाउन घरेलु उपकरणहरूले काँटछाँट गर्न सकिन्छ।
यसले कति समयमा फल दिन्छ ?
मरीचको गेडा पहेंलिएर एउटा झुप्पामा १ /२ वटा गेडा रातो भइसकेपछि टिपेर सुकाउनुपर्छ र त्यसपछि गेडालाई छुट्याउन सकिन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा राखी घाममा सुकाउनुपर्छ। गेडा चाउरिएर कालो भएपछि भण्डारण गर्न सकिन्छ।
यसको व्यवसायिक सम्भावना :
नेपालमा मरीचको व्यवसायिक सम्भावना निकै राम्रो भएको पाइन्छ।गत आर्थिक वर्षमा मात्रै १ अर्ब ४९ करोडको मरीच नेपालमा आयात भएको तथ्याङ्क भेटिन्छ ।
बजारमा यसको बिक्री १००० भन्दा बढी प्रति के.जी हुने गरेको छ ।यी सम्भावना भएता पनि नेपालमा यसलाई व्यवसायिक रूप दिन भने सकिएको छैन्र मरीचको राम्रो उत्पादन र व्यवसाय गर्ने हो भने आफ्नो जिवानस्थर चाडै नै उकास्न सकिन्छ र विदेशिने युवाहरूमा पनि धेरै मात्रमा कमी ल्याउन सकिन्छ ।
लहरे बाली मरीचका लागि बोक्रा खस्रो हुने आँप, कल्की, कट्टुस्, चिलाउने, फलेदो, साल लगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ । यसले लगातार ३० वर्ष सम्म उत्पादन दिन्छ ।
मरीचका फाईदा :
मरीचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरीचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।
मरीचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ ।
त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरीच लाभदायी मानिन्छ ।
क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरीचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।
आँखा कमजोर छन् भने मरीच पिसेर धूलो बनाएर घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नाले आँखा तेजिलो हुन्छ ।
पेटमा किरा परेका छन् भने अलिकति मरीचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा राम्रो हुन्छ।
पाइल्सको समस्या छ भने मरीच उत्तम औषधी हो।यसका लागि जिरा, चिनी र मरीचका दानाहरूलाई पिँधेर धूलो बनाइ बिहान बेलुका तीन चोटि खानुपर्छ। यो खाँदाखेरी जंक फुड तथा तेल हालेको खानेकुरा खानुहुँदैन ।
साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरीच हालेर पिउँदा फाइदा गर्छ ।
मरीच चपाउने गर्दा अनुहारका दाग धब्बा र रोग निको हुन्छन् ।
दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरीचको धुलोमा नुन हालेर दाँतमा दल्दा, ठीक हुन्छ ।
भुल्ने बानी छ भने महमा मरीचको धूलो हालेर दिनमा दुई चोटि खानुपर्छ।
स्रोत : यो लेख मरीच खेती सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न लेख तथा सामग्रीहरू अध्ययन गरि तयार पारिएको हो ।