बाजुरा। बाजुरामा कडा कुपोषणका कारण उपचारार्थ दुइ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कुल्देवमाण्डौ गाबिस वडा नं २ का १५ महिने बालक श्रबण रोकाया र गोत्री गाबिस ३ का १० महिने बालक चरित्र दमाइ रहेको आइमम बाजुराले जनाएको छ ।

मानब बिकास सुचकाकंको ७४ औ स्थानमा रहेको बाजुरा जिल्लामा कुपोषण बालबालिको संङख्यामा बृद्धि हुदै गएको पाइएको छ । जिल्लाका २४ वटा गाविसमा लिइको ६ महिना देखि ५९ बर्ष मुनीका १३ हजार ५सय ४५ जनामा लिएको तथ्याङमध्ये १३ हजार ६ सय ८४ बालबालिकामा कुपोषण भेटीएको आइमम बाजुराका डा. उदयप्रकाशले जानकारी दिएका छन । जसमध्ये कडा कुपोषण ६ सय ४९ जना र मध्यम कुपोषण १४ सय ९० जनामा देखा परेको बताएको छ । कडा कुपोषित बालबालिका मध्ये हाल ६ सय ४० जना मात्र उपचार केन्द्रमा आएको जनाएको छ ।

४सय ३६ जना डिस्चार्ज गरिएको र ४३१ जना बालबालिकाहरु पूर्ण रुपमा निको भइसकेको जनाएको छ । सबै भन्दा बढी बाह्रबिस गाबिसमा ४० जना,गोत्री गाबिसमा ३९ जना,साप्पाटा गाबिसमा ३५ जना बालबालिकाहरु सिघ्र कुपोषित रहेका छन ।

सबै भन्दा कम बिच्छया गाबिसकमा ३४ जना कडा कुपोषण भएका बालबालिका रहेका छन । बिशेष गरेर गरिबीका कारण ,छिटोृ बिबाह,धेरै बच्चा जन्माउनु ,परिवारको आय श्रोत कम हुनु र छोराको चाहाना जस्ता कुराले कडा कुपोषण निम्तेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा मोहन नाथले बताए ।

कडा कुपोषण बालबालिका लागी जिल्लाका रुगीन,कोल्टी,मार्तडी,गोत्री,र टाटे क्षेत्रमा उपचार गर्ने गरेको र निको हुन नसकेकाहरुलाइ जिल्ला बाहीर रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । केही गाबिसका वडाहरुमा कुपोषण बालबालिको तथ्याङक लिन छुटेकाले कुपोषित बाबालिको संङख्यामा बृद्धि हुन सक्ने जनाएको छ । हाल २सय ५ जना उपचारको क्रममा रहेको बताएको छ ।