
ललितपुर। कृषि विकास बैंकको प्रशासन सेवामा जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि ४० जनाको माग गरिएको हो।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदनका लागि परीक्षा दस्तुर एक हजार तोकिएको छ। समावेशी समूहका लागि थप तीन सय तिर्नुपर्छ।
आवेदन दिने उम्मेदवार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण वा मानविकी संकायमा अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर उत्तीर्ण हुनुपपर्ने बैंकले जनाएको छ।