
ललितपुर। नेपाल कृषि अनुसनधान परिषद् नार्कका कार्यकारी प्रमुख वाई. आर. पाण्डे निलमवित भएका छन् । पाण्डेलाई आज पत्रमार्फत निलम्वन घोषण गरिएको हो ।
पाण्डेलाई विना सुचना कर्मचारी सरुवा गरेको आरोप नेपाल कृषि अनुसनधान संचालन बोर्डले लगाएको छ ।
वोर्डका प्रमुख कृषि विकास मन्त्री रहने प्राबधान अनरुप मन्त्रीसंग सहकार्य नराखी बिना सुचना एकलैटि ढँगले नार्कका ३०० जना कर्मचारी सरुवा गरेको र व्यापक आर्थिक चलखेल गरेकाले पाण्डेलाई निलम्वन गर्न बाध्य रहेको मन्त्रालय श्रोतले जानकारी गराएको छ ।