सुर्य बराल
चितवन। नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानी माथि प्रतिबन्द लगाएको भएपनि केही ब्यवसायीले आफ्नो निहीत स्वार्थ अनुरुप विदेशी लगानी भित्र्याईरहेका हुन् । यसरी गैह्र कानुनी रुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीको कारण नेपालको पोल्ट्री ब्यवसाय आम किसान र स्थानिय ब्यवसायीको हातबाट विस्तारै केही सम्भ्रान्त र तिनका विदेशी पार्टनरको हातमा जाने खतरा बढ्दै गइरहेको स्वंय ययस क्षेत्रका ब्यवसायीहरुले बताएका छन् ।
लगानी मात्र होइन विदेशबाट कुखुरा, मासु र अण्डा आयातमा समेत सरकारले रोक लगाएको छ । सरकारको यो निती ठिक भए पनि अनुगमन र गलत गर्नेहरुलाई आवश्यक कार्वाही नगर्दा नेपालको कृषि क्षेत्र त्यसमा पनि पोल्ट्री उद्योगमा दिन प्रतिदिन अप्रत्यक्ष रुपमा विदेशी लगानी भित्रिदै गईरहेको हो । कागजी प्रक्रिया र कानुनी रुपमा देखाउन स्वदेशीका् मात्र लगानी भएको जस्तो देखाइएपनि भित्री लगानी विदेशीहरुकै रहेको बुझिएको छ । यसरी विदेशी लगानी भित्राउनेहरुमा विरगञ्जमा पोषक दाना उद्योग सञ्चालन गरिरहेका प्रदिप कुमार रुड्डाटा र शक्ति प्लेट दाना उत्पादक कम्पनी बायो प्रोडक्ट प्रा.लि.लगायतका रहेका छन् । यी दुई वटै उद्योगमा भारतीयहरुको लगानी रहेको कम्पनि निकट विश्वस्त्र सुत्रले जानकारी दिएकोे छ । त्यस्तै पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा समेत हाल सालै दुई वटा प्लेट दाना उद्योगमा विदेशी लगानी भित्री सकेको छ ।

साविकको मंगलपुर गा.वि.स.मा रहेका यी दुई उद्योग मध्ये एउटाले उत्पादन शुरु गरिरसकेको र अर्को निर्माणकै चरणमा रहेको छ । एउटा चाईनिज कम्पनि र अर्को भारतीय कम्पनिको लगानी रहेका यी उद्योगहरुले उत्पादन शुरु गरेपछि चितवन लगायत देशभरका साना कृषकहरु विस्थापित हुने खतरा रहेको अर्का एक ब्यवसायीले बताएका छन् । उनका अनुसार आम कुखुरा पालक किसान आत्म निर्भर बनिसकेको पोल्ट्री ब्यवसायीमा बैदेशिक र मुख्यतः भारतीय लगानी भित्र्याई परनिर्भर(भारत निर्भर) बनाउने षडयन्त्र अन्र्तगत यी उद्योगहरु स्थापित गरिएको उनले आरोप लगाए । नेपालकै पोल्ट्री ब्यवसायका हस्ती मानिएका अविनाश ह्याचरी प्रा.लि.का सञ्चालक ले नै भारतीय लगानी भित्र्याएका हुन् । भारतीय पोल्ट्री कम्पनि स्काईलार्कको ५० प्रतिशत लगानी रहेको सो कम्पनिमा केही भारतीयहरु विना वर्कपरमीट काम गरिरहेको सोही कम्पनिमा कार्यरत एक मजदुरले बताए । यसै विच सो कम्पनिमा स्थापनाबाट काम गरिरहेका एक मजदुरलाई कम्पनिले विना कारण निस्काशन गरिदिएको छ । कम्पनि निर्माणको क्रममा दुर्घटनामा परि हात भाच्चीएका उनको पुरा उपचार र हातको स्टील पनि नझिकी उनलाई निस्काशन गरिदिएकोले उनको पुर्नबहाली र औषधी उपचारको लागि संर्घष गर्ने ने.क.पा. क्रान्तिकारी माओवादीका कार्यकर्ता एवं मजदुर नेता सन्तोष बास्ताकोटीले भण्डाफोरलाई जानकारी दिएका छन् । शुरुमा पुर्नबहाली र पिडित मजदुरलाई औषधी उपचारको लागि कम्पनि सँग अनुरोध गर्दछौ । सुनुवाई नभएमा संर्घष समेत गर्न बाध्य हुनेछौ उनले भने । कम्पनिले अबैध रुपमा विना वर्क परमिटका भारतीयहरुलाई नेपालमा रोजगार दिने अनि स्थानियलाई विना कारण कामबाट हटाउने र औषधी उपचार जस्तो कार्यमा समेत अमानविय ब्यवहार देखाउने कार्य घोर आपत्तिजनक भएको भन्दै उनले पिडित मजदुरलाई तत्काल औषधी उपचार र रोजगारमा पुर्न बहाली गर्न कम्पनि ब्यवस्थापन सँग माग गरे । यता कम्पनिका सञ्चालक गुणचन्द्र विष्ट सँग सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन ।( भण्डाफोर अभियान साप्ताहिकबाट )