कन्चनपुर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक शुशीलकुमार शर्माले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा एक लाख ७७ हजार ५६० हेक्टर क्षेत्रफलमा धान उत्पादन हँुदै आएको छ । सुदूरका सात पहाडी जिल्लाका तुलनामा तराईका कैलाली र कञ्चनपुरमा धान उत्पादन बढी हुने गर्छ । कैलालीमा सबैभन्दा बढी ७१ हजार २९० हेक्टर तथा कञ्चनपुरमा ४६ हजार हेक्टरमा धान उत्पादन हुने गरेको निर्देशनालयले जनाएको छ ।