झापा । जिल्ला पशु सेवा कार्यालय झापाले आधुनिक व्यवसायी पशुपक्षी पालनको दिगो विकास गरी यस पेसामा लागेका आम कृषक व्यवसायीको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको छ ।
प्राकृतिक स्रोतसाधनको समुचित सदुपयोग, नवीनतम प्रविधि, ज्ञान, सीपको प्रयोगबाट उत्पादन तथा उत्पादकत्वमा वृद्धि, गुणस्तरमा सुधार गरी गरिबी निवारण, खाद्य सुरक्षा तथा संरक्षणमा सहयोग पु¥याई पशुपक्षी, पशुजन्य पदार्थसम्बन्धी व्यवसाय प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न आवश्यक आधारभूत संरचना निर्माणमा समन्वय गर्ने गरी कार्यालयले रणनीति पनि बनाएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा दुग्ध ९९ हजार १०३ मेट्रिक टन, मासु १४ हजार १७ मेट्रिक टन र अण्डा दुई करोड पाँच लाख ९९ हजार वटा झापामा उत्पादन हुने लक्ष्य लिएको कार्यालयका पशु चिकित्सक कुमारसिंह खत्रीले जानकारी दिनुभयो ।
केन्द्रीयस्तर र जिल्लास्तरका कार्यक्रमसमेत गरी कुल रु सात करोड आठ लाख ४३ हजार बजेट प्राप्त गरेको छ ।
पशु सेवा प्रसार कार्यक्रममा रु चार करोड नौ लाख ५२ हजार, पशु सेवा विकासमा रु एक करोड ९९ लाख ६५ हजार, पशु आहार सेवा कार्यक्रममा रु ३५ लाख पाँच हजार, पशु स्वास्थ्यमा रु ५९ लाख २१ हजार र दलित, जनजाति, अपाङ्ग, विपन्न, मधेसीलगायत सीमान्तकृत वर्ग लक्षित समुदायलाई पशुपक्षीमा आधारित उत्पादनमूलक कार्यक्रमका लागि रु पाँच लाख खर्च गर्ने गरी कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।