काठमाडौं। देशको सवैभन्दा महत्वपूर्ण केन्द्र सिंहदरबार दिनप्रतिदिन असुरक्षित बन्दै गईरहेको छ । विगत केही महिनादेखि मन्त्रालय भित्र चोरी बढ्दै गएको सुरक्षा निकायका अधिकारीहरुले नै बताउंदै आईरहेका छन् ।
सुरक्षा निकायले सिंहदरबार असुरक्षित भएको महशुस गरिरहेका बेला विहीबार दिउंसो पशुपन्छी विकास मन्त्रालयबाट ल्यापटप चोरी भएको छ ।
कार्यालय समयमा नै कार्यकक्षबाट ल्यापटप चोरी हुनुलाई कसरी बुझ्ने ? कृषि विकास मन्त्रालयबाट विभाजन भएको पशुपन्छी विकास मन्त्रालय कृषि विकास मन्त्रालय कै पाँचौ तल्लामा रहेको छ ।
विहीबार पाँचौ तल्लामा नै रहेको पशु चिकित्सक सुलेखा शर्माको ल्यापटप चोरी भएको खुल्न आएको छ । कार्यकक्षमा नै रहेकी डा. सुलेखा शर्मा आफ्नो कार्यकक्षबाट फाइल सदर गराउन गएको १० मिनेट भित्रै फर्कदा ल्यापटप गायव भएको बताइएको छ । कार्यकक्षबाट ल्यापटप चोरी भएपनि पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालयमा हल्लीखल्ली मच्चिएको थियो ।
ल्यापटप चोरी र मन्त्रालयको सुरक्षाको विषयमा सो मन्त्रालयबा प्रवक्ता श्यामप्रसाद पौडेलसँग जानकारी लिन खोज्दा उनको मोवाईल स्वीच अफ थियो ।