सुनसरी। अविरल वर्षाका कारण सुनसरीका धेरै ठाउँ डुबानमा परेको छ । बुढी खोलाले बस्ती कटान गरेको छ । डुबान तथा बस्ती कटानका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

बाढीका कारण अलपत्र परेका मधुमल्ला–५ की भूमिका कार्की, श्रीबहादुर कार्की र मुना खड्कालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परेका स्थानीयलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र मधुमल्लाको टोलीले उद्धार गरेर आफन्त, छिमेकी र स्थानीय विद्यालयमा सुरक्षित स्थानमा राखेको छ ।

खोला गाउँ पसेपछि त्रसित स्थानीय बासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यस वर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका हुन् ।

बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँपस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए ।