समाज

कोरोना प्रभाव : बाँझिएको जमीन हराभरा बनाउन जुट्दै युवा

म्याग्दी। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाले वर्षौंदेखि बाँझोे जमीनमा हरियाली बनाउन शुरू गरेका छन् । अध्ययन, रोजगारी, व्यवसायका साथै अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरू अहिले बाँझिएका जमीन र खोरिया खर्कहरूमा परिश्रम गरिरहेका भेटिन्छन् । म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण […]

कृषि उत्पादन बढाउन किसानलाई बीउ वितरण

कास्की। धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्रअन्तर्गतका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ठूलीबेँसी धान पकेट सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान (वर) नामक उन्नत जातको धानको बीउ वितरण […]

कागतीको बिरुवा रोप्नुहोस्, पैसा लैजानुहोस्

दमौली। तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ ले कागतीको बिरुवा रोप्ने कृषकलाई पैसा दिने भएको छ । वडामा सुचीकृत भई २५ वटाभन्दा बढी कागतीको बिरुवा रोप्ने कृषकलाई तीन वर्षसम्म प्रतिबिरुवा एक सय रुपियाँ दिने वडा कार्यलयले जनाएको छ । वडालाई कागतीमा आत्मनिर्भर बनाउन तथा कागती बिक्रीबाट कृषकको जीवनस्तर सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष […]

जग्गा बाँझो नराख्ने अभियानमा किसानको साथ

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले शुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले साथ दिएका छन् । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका हुन् । तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती शुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण […]

गाउँपालिकाको कृषि अभियान : ४० मुरीभन्दा बढी धान फलाए एक लाख पुरस्कार

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको […]

खेतमै कुहिने भो तरबुजा, किसानको प्रश्न ऋण कसरी तिर्ने ?

वीरगञ्ज। वीरगञ्ज सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ । सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा […]

असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

दार्चुला। असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताउनुभयो । “अन्नबालीसँगै […]

५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर। गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो । नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले […]

गाउँबस्तीका बाँझा जमिनमा उत्पादनको अवसर

ललितपुर। धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लकडाउन) का कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनीखोस्री बालीनाली लगाउन शुरु गरेका रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बताउनुभयो […]

कोरोना त्रासका कारण यार्सा टिप्न प्रतिबन्ध

बझाङ। बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् । जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका […]