समाचार

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

गलकोट। घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ । बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । “चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ […]

भैँसी पालेर सफल उद्यमी बन्दै दाङका महिला

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उनलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ । उनी मात्रै होइन, परिवारका दुई सदस्य पनि यसै पेसामा संलग्न छन् । त्यसबाहेक दुई जना स्थानीयलाई पनि उनले जागिर दिएकिछन् । “वार्षिक […]

नवलपुरमा साइलेज उद्योग सञ्चालन

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार ९साइलेज० को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार ९साइलेज० को उत्पादन सुरु गरेको हो । नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा रु. दुई […]

लोपोन्मुख कछुवा जोगाउनै गाह्रो

झापा। मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ […]

गण्डकी प्रदेशले पनि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने

गण्डकी। गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ । सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा […]

खडेरीले धानको बीउ राख्न समस्या

राँझा। बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए । सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने […]

सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा

सिमकोट। हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए । गाउँपालिकामा सुनौला हजार दिनका एक सय […]

‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो

दमौली। तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए । उनका अनुसार पहिलो चरणमा दूध […]

लम्पीस्किन प्रभाव : बीमा कम्पनी पशुधनको बीमा गर्नबाट पछि हटे

चितवन। जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् । चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैँसीको बीमा गर्न छोडेका […]

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

ललितपुर। पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ […]