समाचार

माटाका भाँडा सुकाउन नपाएर कुमाले समुदाय चिन्तित

भादगाउँ। केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् । भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले समुदायले व्यावसायिक रुपमा […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

बलेवा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा सञ्चालन गरेको बाख्रा ब्लक र आलु ब्लक कार्यक्रमका लागि विभिन्न संरचना तयार गरेको छ । पशुधनको रुपमा बाख्राको व्यावसायिक उत्पादन र आलुको व्यावसायिक उत्पादनका लागि कार्यक्रमले किसानलाई सहयोग गरेको हो । आव २०७९/८० मा मात्रै बागलुङ जिल्लाभर ६२ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि […]

सदरमुकाममा चामल, गाउँका डिपो रित्तै

जाजरकोट। कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन् । गाउँमा रहेका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नभएका कारण ठेकेदारले आफैँ ढुवानी गरेर चामल बिक्री गरिरहेका छन् । सदरमुकाममा डिपोमा मात्र कर्मचारी रहेका अन्य ठाउँमा कर्मचारी नहुँदा ठेकेदारले आफैँ चामल बिक्री गर्ने गरेको […]

इन्टरनेटको सहायताबाट बङ्गुरपालन व्यवसाय सञ्चालन

रामपुर। पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् । पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बङ्गुरपालन व्यवसाय रोजेका हुन् । विभिन्न पेसा, व्यावसायको खोजीमा रहेका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन […]

टमाटरबाटै दैनिक ५ सय देखि १ हजार रुपैयाँसम्म आम्दानी गर्छु

कालिकोट । बर्षातको मौसम सुरु भएसंगै गाउँमा मानिसहरु खेतीपातिमा व्यस्त छन, यता मनपुरालालाई भने आफुले उत्पादन गरेको टमाटर बेच्न चटारो छ । उनी विहानै उठ्छिन आफ्नो करेशावारीको कामसंगै डोकोभरी टमाटर टिप्छिन अनी करिव १ घण्टा ३० मिनेटको दुरीमा पर्ने पालिका सदरमुकाम कुमालगाउँ सम्म विक्रिका लागि लैजान्छिन् । उमेरले ५२ वर्ष पुगिसकेकी हँसिली स्वभावकी मनुपुरासंग अझैपनि पुरानै […]

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८/७९ मा सोही अवधिमा […]

खानेपानीका लागि ‘एक घर, एक फिल्टर’

गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । वडा नं. ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं. ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उनले भने, “त्यसका […]

नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

जानकी। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात छ । प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित […]

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बलेवा। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा […]

खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन

लेखनाथ। पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन् । ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, […]