समाचार

कृषिलाई समेटि हाँस्य तथा सन्देशमुलक टेलिचलचित्र पैसा न सैसा, टिकी ट्याँस ट्याँस आउँदैं

ललितपुर। नेपाली किसान र कृषि क्षेत्रको प्रर्वद्धन गर्ने हेतुले नेपालको पहिलो किसान मैत्री हाम्रो किसान टेलिभिजनबाट प्रसारण हुने गरि “पैसा न सैसा, टिकी ट्याँस ट्याँस” नामक हाँस्य तथा सन्देश मुलक टेलिचलचित्रको सोमवार एक समारोहका बीच शुभ मुर्हुत गरिएको छ । सम्भावना भएर पनि नेपालको कृषि क्षेत्र माथि उठ्न नसकेको यर्थातलाइ समेटि कृषि क्षेत्र भित्र लुकेर […]

वृहत कृषि तथा पशुपन्छीं प्रवद्धन कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र उदयपुर

उदयपुर। कृषि ज्ञान केन्द्र उदयपुरले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न अनुदानमा आधारीत कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र निवेदन पेश गर्न सम्पूर्ण कृषकहरुलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. मकै उत्पादकत्व प्रवद्धन कार्यक्रम २. मद्यपहाडी प्रांगरिक […]

अन्नबाली छाडेर व्यावसायिक केराखेतीतर्फ पाल्पाका कृषक

बेझाङ। केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले […]

चिनी मिल बन्द गर्ने किसानको चेतावनी

ललितपुर। ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी ९राजपा० का […]

आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदको जोड

ललितपुर। सांसदहरुले आयातित बीउ–बिजनभन्दा पनि स्वदेशी बीउ–बिजन उत्पादन र प्रयोगलाई बढावा दिन जोड दिएका छन् । आयातित बीउ–बिजनको कारण उत्पादनमा ह्रास आउनुका साथै किसानलेसमेत समयमै उचित प्रतिफल नपाउने हुनाले आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । प्रतिनिधिसभाअन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार भएको यससम्बन्धी प्रस्तावित विधेयकको दफावार छलफलका क्रममा उनीहरुले आयातित बीउ–बिजनमा […]

विभिन्न कृषि कार्यक्रम संचालन गर्दे कृषि ज्ञान केन्द्र, किसानले ८५ प्रतिशतसम्म अनुदान पाउने

ताप्लेजुङ्ग। कृषि ज्ञान केन्द्र पाँचथरले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले ईच्छुक कृषक, कृषि सहकारी, कृषि समूह, कृषि फार्म, उद्यमीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु: १. किवी खेती […]

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बर्दियाका थारु महिला

बाँके। रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रू. ३५ हजारसम्म कमाउने गरेका छन् । उनीहरू नेपालगञ्जको […]

नवलपरासीका उखु किसान आन्दोलित

नवलपरासी। हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्षजस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा सुगर मिल्स […]

कृषि कर्जा लिन महासंघले सहयोग गर्ने

ललितपुर। कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको […]

इन्दुशंकर चिनी उद्योग शुक्रवारदेखि सञ्चालन हुने

सर्लाही। हरिऔनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण शुरु गरेको छ । चलान पुर्जी वितरण शुरु भएसंँगै किसानले धमाधम उखु काट्न थालेका छन् । उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण शुरु गरिएको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । गत सालको तुलनामा यस वर्ष अलि चाँडै उखु कटानको […]