समाचार

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

ललितपुर। घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी […]

कागजमै सिमित राष्ट्रिय चिया नीति

राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन् । पाँच वर्षमा […]

कृषि अनुसन्धान निर्देशनालयले गर्‍यो वर्णशङ्कर धानको बीउ उत्पादन

बाँके। बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको बताइएको छ । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश […]

नेपाली उत्पादन बोटमै कुहिँदै, बजारमा भारतीय केरा

परासी। कोभिड-१९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् । स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि यहाँका कृषक निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र […]

तरकारी खेतीमा नमूना बन्दै भोजपुरको बोखिम

भोजपुर। भोजपुर नगरपालिका–५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रूपमा चिनिने यस ठाउँमा वडा कार्यालयले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालनमा ल्याएर किसानलाई प्रोत्साहन गरेसँगै तरकारीमा नमूना बनेको हो । करिब ७०० घरपरिवार रहेको यस वडाका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । विगतका वर्षमा पनि तरकारीको खेती गर्ने यहाँका किसान […]

आलु खेती प्रविधि

दक्षिण अमेरिका पेरु तथा बोलिभियाको सिमाक्षेत्र Andes पहाडी क्षेत्रमा उत्पति भएको मानिने आलु नेपालमा भने अठाह्रौ शताब्दीको लगभग अन्तिम समयदेखि खेति सुरु भएको मानिन्छ । आलु solanaceae परिवार अन्तर्गत पर्दछ । उच्च पहाडि भागमा खाघान्नबालीको रुपमा र तराई तथा मध्य पहाडी क्षेत्रमा तरकारी वालीको रुपमा प्रयोग गरिन्छ । हावापानी : आलु हिउदेवाली भएको हुनाले चिसो […]

तारा फल ( Star fruit )

जसको बैज्ञानिक नाउँ Averrhoa carambola हो । यसलाई छोटकरीमा कहिँकतै carambola भनेर चिनिन्छ । यो ओग्जालिडेशी ( Oxalidaceae ) परिवारमा पर्दछ । यसलाई काटदाखेरी तारा जस्तो देखिने भएकाले Star fruit भनिएको हो । सामुन्द्रीक सतहदेखी ४००० मिटरसम्मको उचाइमा यसको  खेती गर्न सकिने तारा फल उत्पत्ति स्थल बारे यकिन गर्न नसकिए तापनि इन्डोनेसिया , फिलिपिन्स , […]

किसानको दुखेसो ‘राख्नु न उखेल्नु भयो चिया’

इलाम। “राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उनी भन्छन् । बजारमा […]

जग्गा कित्ताकाट खोलेपछि सत्तारुढ नेकपा निकट किसान महासंघ नै विरोधमा

ललितपुर। सरकारले जग्गाको कित्ताकाट खोलेपछि सत्तारुढ नेकपा निकट अखिल नेपाल किसान महासंघ विरोधमा उत्रिएको छ । संयोजक हरि पराजुली र सह संयोजक चित्रबहादुर श्रेष्ठले विज्ञप्ति निकालेर जग्गा कित्ताकाट खोल्ने नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालेको निर्णयप्रति बिरोध जनाएका हुन् । महासंघको विज्ञप्तिमा मन्त्रालयको उक्त निर्णयले आक्रोशित तुल्लाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको […]

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

कञ्चनपुर। बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐरले कृषि फार्म सञ्चालन गरेका हुन् । ५२ लाख रुपैयाँ लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन् । फार्ममा […]