समाचार

एक्लो प्राविधिकको भरमा विषादी अवशेष प्रयोगशाला

दमौली। आँबुखैरेनी गाउँपालिका–३ मा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका प्राविधिक सहायक दिनकरमणि आचार्य आफै सडकमा निस्किएर तरकारी तथा फलफूलका गाडी रोक्नुहुन्छ । तरकारी तथा फलफूलका गाडीमा विषादीको मात्रा परीक्षण गर्न उहाँ आफै नमूना सङ्कलन पनि गर्नुहुन्छ । विगत डेढ वर्षदेखि आचार्यको दैनिकी यसरी नै चलिरहेको छ । प्रयोगशालामा एक्लो प्राविधिक भएकाले उहाँलाई यो […]

१५ असोजबाट सहुलियत मूल्य पसल सञ्चालन हुने

ललितपुर। दशैँंलाई लक्षित गर्दै १५ असोजबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी ७ मंसिरसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका ५ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, […]

बस्तीनै किवी गाउँका रुपमा परिचित

मङ्गलबारे। सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ । तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेशा प्रतिको आकर्षण भने घट्दो छ । जसका कारण […]

असोजमै पाक्यो बेमौसमी सुन्तला

गलकोट। सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका […]

सुनकोसीमा धमाधम मर्न थाले बाख्रा

सिन्धुपाल्चोक। सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो २ साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे […]

नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा भण्डारी

ललितपुर। मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ । आइतबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]

पौरखी किसान : पशुपंछी पालनबाट रहरलाग्दो कमाई गर्दै

बेनी। बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट छन् । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गरे । आफ्नै रोजाइको व्यवसायका रुपमा कुखुरा र गाईभैँसी पालनमा उनी होमिए । पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई […]

धान खेतमा रगिन बीउ उत्पादन गर्दै कृषि सहकारी

कैलाली। कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन् । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन् । कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ । सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय […]

पशुपालक किसानलाई अव परिचयपत्र

कास्की। पोखराका पशुपालक कृषकलाई अब परिचयपत्र दिइने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपक्षीको सङ्ख्याका आधारमा वर्गीकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरणसहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया थालेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ तथा महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार सात वटा वर्गमा […]

प्राङ्गारिक कृषि प्रर्बद्धन मिसन कार्यक्रम संचालन गर्दे कृषि ज्ञान केन्द्र ललितपुर

ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले आर्थिक वर्ष ०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत प्राङ्गारिक कृषि प्रर्बद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी ३० दिन भित्र कार्यविधिमा तोकिएको निवेदन सहित आवश्यक कागजातहरु संकलन गरी प्रस्ताव दर्ता गर्न आव्हान गरेको छ । कार्यक्रममा सहभागि हुन काठमाडौं, ललितपुर र भक्तपुर […]