समाचार

स्याङ्जामा प्रथम आलु महोत्सव हुने

स्याङ्जा। स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७/८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले […]

सामाजिक सञ्जाल युट्युबको कारण कृषकहरू मारमा

झापा। विगत ५ वर्ष यता बढी प्रयोगमा आएको सामाजिक सञ्जाल युट्युबका कारण कृषकहरूको लगानी सङ्कटमा परेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रका प्रमुख रविलाल शर्माले बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा सञ्चालित ३ दिवसीय माछा पालन सम्बन्धी तालिममा मुख्य सहजकर्ताको रूपमा रहेका मत्स्य मानव संसाधन विकास […]

मिथिलाञ्चलमा हलो,गोरु र कृषि औजार पूजा गरेर श्रीपञ्चमी पर्व मनाइदै

महोत्तरी। श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरुसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई […]

कृषिक्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी

बागमती। मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ । किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट […]

घट्यो अण्डाको मूल्य

चितवन। सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय […]

लेकको आलु पहाडको मुख्य हिउँदे खेती

गण्डकी। झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउ लगाएर जिल्लाका हेम्जामा शुरु गरिएको आलु खेतीले पछिल्ला दिनमा जिल्लामा नै व्यावसायिक रुप लिएको हो । […]

चिनी मिललाई उखु अभाव

कञ्चनपुर। कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि […]

ग्राहक नआएपछि बारीमै अदुवा

तनहुँ। तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् । उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । […]

चिया पिलाउँदै, स्वाद चिनाउँदै

इलाम। उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ रु’ पाहुनाको जवाफअनुसार चिया बनाइन्छ । कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन् । आफ्नो […]

बिकेन खाद्यको चामल

जाजरकोट। बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य […]