समाचार

केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

कैलाली। कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक […]

भैँसीपालनबाट मनग्य आम्दानी

वालिङ। स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य […]

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बलेवा। बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको […]

तनहुँमा व्यावसायिक पशुपक्षीपालन

दमौली। तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले फार्म स्थापना बढ्दो क्रममा रहेको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनले […]

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने […]

प्राथमिकतामा आलु प्रवर्द्धन कार्यक्रम

गलकोट। बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोलालगायत स्थानमा पाइने आलु जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ । आलुको उत्पादन राम्रो भए पनि बजारीकरणमा समस्या हुँदा किसानले आलु कुहिने गुनासो गरिरहन्छन् । कृषि ज्ञानकेन्द्र बागलुङले यस वर्ष आलु उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको जनाएको छ । […]

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती

गण्डकी। पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका) बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए। “सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ”, उनले भने, […]

गाउँ फर्किएका नेपालको कृषि फार्म

टक्सार। बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिएन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउछन् । दानाबोटे फलफुल तथा कृषि फर्म […]

गण्डकीमा दुई नमुना पशुपक्षी अस्पताल बन्दै

गण्डकी। पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पशुपक्षीमा […]

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण […]