समाचार

सरकार ! बारीमा जाऊँ कि खाडीमा ?

चितवन। नेपालमा उत्पादन भएकै तरकारीले बजार मूल्य नपाइरहेको समयमा भारतीय उत्पादन ल्याएर सस्तो मूल्यमा बिक्री गरेको भन्दै त्यसलाई रोक्न चितवनका किसानले माग गरेका छन्। स्वदेशकै उत्पादनले बजार धान्न सक्ने समयमा दोस्रो मुलुकबाट ल्याएर किसान मार्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन आइतबार चितवनका किसान सडकमा आएका हुन्। आइतबार भरतपुरको चौबीसकोठी चोकमा जम्मा भएका किसानले चौबीसकोठीबाट […]

सिगानाको सुन्तला चैतमा

बलेवा। कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल […]

मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

विराटनगर। पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पाएका छैनन् । सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करीब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका […]

चार महिनादेखि परेन पानी, हिउँदे खडेरीबाट कृषक चिन्तित

पर्वत। झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका […]

नेपालमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

ललितपुर। नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, […]

‘नो केन’ले सुनसान चिनी उद्योग

महोत्तरी। माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी […]

‘बल्ल भेटियो हाम्रो पहिचान’

कास्की। पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुन् । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आएका उनले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाए । कृषक भनेर चिनिँदै आए पनि उनले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाएका थिएनन् । उमेरले ६९ वर्ष लागेका उनी अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दै […]

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याइने

ललितपुर। खानेपानी मन्त्रालयले प्यूठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टिङ गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयमनुसार स्वर्गद्वारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डीपीआरसमेत गरिनेछ । त्यसअघि, स्वर्गद्वारीमा रहेको खानेपानी समस्या समाधान सम्बन्धमा खानेपानीमन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव बेल्वासे, विभाग र आयोजनाका प्रमुखसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल […]

अम्लिसोको डाँठबाट कागज बनाउँदा अझै बढी मूल्य

इलाम। अम्लिसो के का लागि प्रयोग हुन्छ ? झट्ट सोध्दा उत्तर आउँछ, घाँसका लागि । घाँसका लागि उपयुक्त मानिने अम्लिसो गाईबस्तुका लागि उपयुक्त मानिन्छ । यसको अनेक क्षेत्रमा प्रयोग हुने गरेको छ । पूर्वी पहाडी क्षेत्रमा घर बढार्न अम्लिसोकै कुचो बढी प्रयोग हुन्छ । यति मात्र होइन, अम्लिसोको डाँठ दाउरामा समेत प्रयोग हुन्छ । दाउरा […]

मन्त्री अर्यालद्धारा कलंकी कृषि बजारको उद्घाटन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले बजारको उद्घाटन गरेकी हुन् । साथै कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण पनि गरेकी छन् । ‘समृद्ध नेपाल सुखी […]