दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य
हुम्ला। कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ महँगो भएको हो । खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका सर्जन रावलले बाह्र हजारमा पाइने च्याङ्ग्रा नआउने भएपछि ३० हजारमा स्थानीय खसी किन्नुपरेको बताउनुभयो । […]





