समाचार

देशका अधिकांश भू–भागमा वर्षा

ललितपुर। बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा […]

वर्षापछि धानबालीमा प्रतिकूल असर

सुदूरपश्चिम। गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् । चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए । उनले […]

दशैंमा सात करोडको खसीबोकाको कारोबार

धरान। धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु. सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन […]

वर्षाले कृषि बालीलाई राहत

पाल्पा। वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताउनुभयो । उहाँका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भन्नुभयो […]

परीक्षणका लागि लगाएको मेकाडामिया नटका बिरुवाले ६ वर्षपछि दिन थाल्यो फल

गण्डकी। पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ । पातको छेउमा लहरै मिलेको काँडेधार र फलको बाहिरी भाग कडा हुने हुँदा बाँदरले खान नसक्ने र हाँगाको तल्लो भागमा झुण्डिएका लहरामा फल लाग्ने हुँदा माथिल्लो भागमा परेको असिनाले समेत […]

खुल्यो कृषि हाट तथा थोक बजार

बागलुङ। बागलुङ बजारमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाको आग्रहपछि दशैंअघि बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरेका हुन् । कृषि ज्ञानकेन्द्र, नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा हाट तथा थोक बजार […]

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ। व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ । सुरुमा तीन घारबाट व्यवसाय थाल्नुएका उहाँले अहिले सेरेना जातका मौरी सहित ९० घार पु¥याइसक्नु भएको छ । ‘कम […]

युटुवबाट सिकेर व्यावसायिक च्याउ खेती

वालिङ। च्याउ बिक्रीबाट वालिङ – २ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झण्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् । विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका हुन् […]

व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमुखी कृषि गर्दै आएका कृषकहरूले अहिले पशुपालनलाई नै आमदानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापालन शुरु गरेपछि व्यावसायिकता विकास भएको हो । गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् […]

खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

पाल्पा। खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाउनुभयो । गत वर्षको दसैँमा पनि रानाले […]