समाचार

सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

तनहुँ। सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद ९नार्क० लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो । भाइरस […]

१४५ कृषकलाई ८१ लाख अनुदान

बागलुङ। कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८/७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ । केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र […]

अलैँचीको मूल्यमा वृद्धि, प्रतिमन ४० हजारसम्म कारोबार

भोजपुर। यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताए । विष्टले भने,‘‘यसवर्ष […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बर्षादेखि हिमपातको सम्भावना

ललितपुर। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। साथै, देशका अन्य प्रदेशका पहाडी भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लागि रहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, […]

चियाबारीमै पुगेर किसानलाई चिया काट्ने सीप सिकाइँदै

मङ्गलबारे। चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले इलामका किसानलाई चिया काट्ने सीप सिकाइँदै छ । गाउँमा नै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा चियालगाएका किसानलाई चिया तथा कफी विकास बोर्डका प्राविधिकले उनीहरुको खेतबारीमै पुगेर चिया काट्ने तरिकाबारे प्राविधिक सीप सिकाउन लागेको हो । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार चिया किसानलाई […]

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

लमजुङ। लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष […]

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

पाल्पा। रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा […]

कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता सेवा सुरु

ललितपुर। कृषि विकास बैंकले ५५ औ वार्षिकोत्सवको अवसरमा गैर आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन् । यसबाट विदेशमा रहेका गैर […]

किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औं अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि […]

पुर्ख्यौली पेसा संरक्षणमा जुटे युवा

भक्तपुर। भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुर्ख्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुर्ख्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन […]