समाचार

पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

तनहुँ। पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको छ । तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको हो । “यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु. १० […]

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

देउखुरी। दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले […]

केरामा खपटे र आलुमा ढडुवा रोग देखियो

गलेश्वर। म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट,खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको […]

पशुपालक कृषकले पाए डेढ करोड अनुदान

गलकोट। बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु. एक करोड सात लाख ५० हजार र सङ्घीय सरकारको रु. ५० लाख बजेट गरी जम्मा रु. एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले […]

वर्षाले ताप्लेजुङका अलैँची खेती गर्ने किसानलाई राहत

ताप्लेजुङ। ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । […]

मल नपाउँदा सर्लाहीमा आलु उत्पादन दोब्बरले घट्यो

सर्लाही। गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो […]

चितवन राष्ट्रिय निकुञ्जमा नमूना घाँसे मैदान बनाउने तयारी

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी […]

किसानलाई कृषि सामग्री वितरण

बनेपा। काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको छ […]

सुन्तला उत्पादन घट्दो

चितवन। जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष प्रतिहेक्टर ७.६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६.७ मा झरेको […]

सरकारले मल कारखानालाई सस्तोमा बिजुली दिने

ललितपुर।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छिन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालिन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन । उनले भनिन्, “देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।” […]