समाचार

नेपालमा फेरि बर्डफ्लू संक्रमण पुष्टि

ललितपुर। नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित […]

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

ललितपुर। बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल […]

वन क्षेत्रलाई व्यवस्थित बनाउन स्थलगत अभ्यास

भोजपुर। सामुदायिक वनलाई सक्रिय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिकरूपमा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो । डिभिजन वन कार्यालय भोजपुरले यहाँका निष्क्रिय जस्तै बनेका सामुदायिक वनलाई सक्रिय बनाएर आयआर्जनमा जोड्न सामुदायिक वनमा स्थलगत अभ्यास कार्यक्रम सञ्चालन गरेको […]

कच्चा दूधको मूल्य बढ्यो

ललितपुर। सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ तोकेको छ । दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । नयाँ निर्णयअनुसार लिटरमा ६.५२ रुपैयाँले वृद्धि भएको छ। दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको हो। कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको […]

चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान

चितवन। चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्त्वपूर्ण क्षेत्रमा नयाँ सिसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा […]

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

खलङ्गा। जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । […]

आंशिकदेखि सामान्य बदलीसहित हल्का हिमपातको सम्भावना

ललितपुर।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन। चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढाउनुपर्ने उनीहरूको माग छ । संघका अध्यक्ष रत्नमणि […]

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

म्याग्दी। मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए । “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर […]

मुक्त हलियाका जीवनस्तर नाजुक

मार्तडी। जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ । हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको […]