समाचार

स्याउ किसानको बगैंचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान गर्दै प्राविधिक

जुम्ला। जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैंचामा पुगेका छन् । प्राविधिकले बगैंचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताए । […]

पाहुनालाई कोसेली असला माछा

गलेश्वर। म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह््य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको […]

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने छ । […]

बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

बागलुङ। व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो । त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिले जनाएको छ । “पाँच सय गरामा बाँडिएको जग्गा अब ४३ […]

चार महिनादेखि किसानले पाएनन् दूधको भुक्तानी

बागलुङ। यहाँको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् । यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय […]

दूध ढुवानीका साधनमा अवरोध नर्गन आग्रह

ललितपुर। नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सूचिमा रहेको भन्दै गाडी तोडफोड एवं ढुवानीमा अवरोध सृजना भएकोमा दुःख व्यक्त गरेको छ । एशोसिएशनले सोमवार विज्ञप्ति जारी गर्दै बिगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भइरहेकोमा यसपटक एमसीसी पास भएको विरोधमा आठ ओटा राजनीतिक दलले गरेको बन्दमा काभ्रेको […]

नेपाल ल्याइयो अमेरिकी साँढे

ललितपुर। व्यवसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु […]

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

म्याग्दी। म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागीर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन् । उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन् । रु. ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर […]

चौंथो अन्र्तराष्ट्रिय कृषि प्रर्दशनी सुरु, पहिलो दिन नै अवलोकनकर्ताको उल्लेख्य सहभागिता

चितवन। चौंथो अन्र्तरािष्ट्रय कृषि प्रर्दशनी चितवनमा सुरु भएको छ । कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी सुरु भएको हो । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा आजबाट सुरु भएको मेला तीन दिन चल्ने छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी […]

बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

बनेपा। राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया […]