समाचार

किसानको प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

बलेवा। जिल्लाको ताराजिल्लाको ताराखोला गाउँपालिकाका किसानले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भइरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानका नाममा अनुदान लिनेले व्यवसाय गरे नगरेको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ । अनुदान दिएपछि किसानले व्यवसाय गरेरनगरेको खोजी सरकारले गर्नुपर्ने किसानहरु बताउँछन् । गाउँपालिकामा स्थानीय तहले दिएको अनुदानभन्दा सङ्घीय र प्रदेशका कार्यक्रममा […]

सलोम ५ औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सम्पन्न

चितवन। चितवनको भरतपुर एक्स्पो सेन्टरमा नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको सलोम ५ औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सनिबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त प्रर्दशनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकारणमा टेवा पु¥याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो । […]

२३ औं फ्लोरा एक्स्पो दोस्रो दिनः ११ हजारले गरे अवलोकन,२७ लाखको कारोबार

ललितपुर। जावलाखेलको खेल मैदानमा जारी २३ औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको सँख्या र कारोबारमा वृद्धि हुँदै गएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा विहिवारदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो । आज ११ हजार ८०० जनाले अवलोकन गरेका छन् भने २७ […]

सरकारले कृषिमैत्री नीति ल्याउँछ : अर्थसचिव मरासिनी

चितवन। अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिबद्धता जनाएका छन् । बुधबारबाट चितवनको भरतपुरमा सुरु भएको कृषि कर्जा मेलालाई सम्बोधन गर्दै उन्ले आगामी आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र हुने बताएका हुन् । “अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको […]

२३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक। तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले […]

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

ललितपुर। बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ। प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न […]

इलाममा दुई हजार किलो छुर्पी बरामद

मङ्गलबारे। इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलशस्थित मेची राजमार्गबाट रु. १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको […]

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा

चितवन। बुधबारदेखि चितवनमा हुने ‘पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ को तयारी पुरा भएको छ। प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सङ्घको संयुक्त आयोजनामा गर्न लागिएको हो ।  एक्स्पो सेन्टर भरतपुरमा हुन लागेको सलोम एग्रीकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी […]

२३ औँ फ्लोरा एक्सपो चैत्र १० देखि ललितपुरमा आयोजना हुँदैं

ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनमा विगतमा झै यसवर्ष पनि २३ औँ फ्लोरा एक्स्पो हुने भएको छ। सोमबार आयोजकले पत्रकार सम्मेलन गरी यही चैत्र १० गते देखि १३ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा एक्स्पो सञ्चालन हुने जानकारी दिएको हो । ४ दिनसम्म चल्ने एक्स्पोमा विशेष गरी ४ सय ५० प्रजातिका पुष्प र पुष्पजन्य वस्तुको प्रर्दशन तथा […]

विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

तनहुँ। विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएकाछन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यासनगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेकाछन् । स्नातक पास गरेका उनी जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउँछन् । तीन वर्षको मलेसिया बसाइँमा सन्तोषजनक […]