समाचार

रासायनिक मल अभावमा उत्पादन घट्दै

रामपुर। यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउँछन् । “कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो रु. ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रोपटक पुनःमल दिन नपाउँदा […]

असार ३ र ४ गते बुटवलमा नेपाली चियाको प्रर्दशनी हुने

ललितपुर। आउँदो असार ३ र ४ गते बुटवलमा नेपाली चियाको प्रर्दशनी हुने भएको छ । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील बिभिन्न संघरसंस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा प्रर्दशनी हुन लागेको हो । सिद्दार्थ कटेज, बुटवलमा हुने राष्ट्रिय प्रदशनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डका […]

स्याङ्जाको चापाकोट आँप र लिची जोन

वालिङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिकालाई ‘आँप र लिची जोन’ निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । विसं २०७८/७९ मा चापाकोटका १० वडा र गल्याङ नगरका केही वडालाई समेटेर आँपरलिची जोन निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्राविधिक इन्द्र सुवेदीले जानकारी दिए । कालीगण्डकी नदीको किनारमा रहेको समथर भूभाग आँप र लिची […]

किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ

उदयपुर। त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण […]

मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर। देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले […]

हावाहुरीले कैलालीको सयौँ बिघा केराखेती नष्ट

कैलाली। कैलालीमा शनिवार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ […]

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

लमजुङ। पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए । […]

बिर्तामोड नगरपालिकाद्वारा ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

बनियानी। झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए। “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उनले भने, […]

अनुदानको धानको बीउ बिक्री गर्ने सहकारीले रकम फिर्ता गर्ने

पाल्पा। अनुदानको धानको बीउ खरिद गरी महङ्गो मूल्यमा बिक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो रु. ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ रु. ४५ मा किसानलाई बिक्री गरेको थियो । ‘अनुदानको धानको बीउ महङ्गो मूल्यमा किसानलाई वितरण’ शीर्षक समाचार […]

मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

पाल्पा। परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । पाल्पा जिल्लामै एकमात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई […]