समाचार

नवौँ विश्व माटो दिवस मनाइँदै

ललितपुर। स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ। सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको […]

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

रामपुर। सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, […]

मह गाउँको परिचय दिँदै दगाम

गण्डकी। परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने […]

बारामा तेलहन खेती बढ्यो

कलैया। यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक […]

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध […]

चितवनमा धान उत्पादनमा वृद्धि

चितवन। जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर […]

भरतपुरमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशन अनुदान

भरतपुर। भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् […]

चिसो छल्न न्यानो ठाउँ खोज्दै बेसी झर्यो भेडीगोठ

रुकुमपूर्व। चिसो मौसम शुरु भएसँगै रुकुमपूर्वका भेडी गोठाला भेडाको बथानसहित बेसी झर्न थालेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडी गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेसीतिर झरेका हुन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो अत्यधिकमात्रामा बढेपछि न्यानो ठाउँ खोज्दै बेंसी झरेको जनाइएको छ । । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका […]

कृषि कार्यक्रम कार्यान्वयन एकाइको खर्च स्थिति कमजोर

भजनी। राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको खर्चको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरणअनुसार कार्यान्वयन एकाइले कूल बजेटको दुई प्रतिशतमात्रै खर्च गर्न सकेको छ । आयोजनाले तीन महिनामा रु. दुई करोड २१ लाख बजेट खर्च गर्नुपर्नेमा रु. ३८ लाख ८० हजार मात्रै खर्च […]

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन् । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भएका छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा […]