समाचार

फोहर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरिँदै

त्रिवेणी। फोहर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्ने गरेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहर व्यवस्थापनबाट रोजगारी सिर्जना गर्दै जैविक मल उत्पादन गर्ने योजना अघि बढाएको छ । मध्यविन्दु नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरु गरेको हो […]

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

गलेश्वर। ‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । रुमका चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना । […]

कृषि जैविक विविधता दिवस मनाइँदै

सुदूरपश्चिम। ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ नेपालमा वर्ष २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा मनाउन लागिएको छ । ह्रासोन्मुख अवस्थामा रहेको रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउने लक्ष्यसहित सचेतनामूलक, प्रवद्र्धनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो । नेपाल जैविक विविधतामा धनी […]

कृषि कर्ममा तल्लीन दम्पती

सुर्खेत। बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्नुहुन्छ । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या नै […]

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु. ४५ र फापरको प्रतिकेजी रु. ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा […]

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

दिपायल। डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक तह उत्तीर्ण गर्नुभएका उहाँ विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जम्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप […]

माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

ललितपुर। माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ […]

‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

फुङ्लिङ। जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले रु कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि रु कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला रु […]

गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

त्रिशुली। माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार ९गाँउपालिका०को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । […]

नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

म्याग्दी। जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं. ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ […]