अन्तर्राष्ट्रिय समाचार

बर्डफ्ल्यु नियन्त्रण गर्न हजारौँ कुखुरा मारियो

एजेन्सी। बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो । दुईओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस […]

७ वर्षकै उच्च विन्दुमा पुग्यो चामलको मूल्य

एजेन्सी। चामलको भाउ ७ वर्षकै उच्च विन्दुमा उक्लिएको छ । कोरोना भाइरसको महामारीका कारण आयातकर्ताहरू चामल भण्डारण बढाउन लागेका छन् भने निर्यातकर्ताहरूले निर्यातमा कडाइ गरेका छन् । यस्तोमा माग बढेसँगै मूल्य पनि बढेको हो । थाइ चामल निर्यातकर्ताहरुको संगठनका अनुसार ५ प्रतिशत टुक्रिएको चामलको मूल्य मार्च २५ देखि अप्रिल १ को बीचमा १२ प्रतिशतले बढेको […]

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी। चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताए । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन […]

पत्याउनु हुन्छ ! स्कुल बन्द हुने भएपछी १ किसानले १५ भेडालाई भर्ना गराए

एजेन्सी। फ्रान्सका एक किसानले आफ्ना १५ वटा भेँडालाई स्थानीय विद्यालयमा विद्यार्थीका रुपमा भर्ना गरेका छन् । विद्यार्थीको संख्या कम भएको भन्दै प्रशासनले एउटा कक्षा बन्द गर्ने योजना बनाएपछि ती किसानले आफ्ना १५ वटा भेँडालाई विद्यार्थीका रुपमा भर्ना गरेका हुन् । ग्रेनोब्लेको उत्तर पूर्वमा रहेको जुएलस फेरी प्राइमरी स्कूलमा विद्यार्थीको संख्या २६६ बाट २६१ मा झरेको […]

उत्तर कोरियामा चरम खाद्य सङ्कट, सहयोगका लागि रेडक्रससँग आग्रह

एजेन्सी। प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ । […]

अनुदान नपाए खेती सम्भव छैन : फ्रान्सेली कृषक

फ्रान्स। गुलेम लिफोर्ट आफ्नो फार्ममा उब्जाउने कृषिबालीको नाम सहित कम्प्युटरमा नक्सा कोर्न व्यस्त छन् । यो उनको हरेक वर्ष बाली लगाउनुअघिको दिनचर्या हो । युरोपको “साझा कृषि नीति (क्याप)” मार्फत कृषि अनुदान लिन आफ्नो खेतीबालीको विस्तृत विवरण अधिकारीहरु समक्ष दर्ता गर्न पर्खाइमा छन् । “यहाँनेर गहुँ लगाउँछु, त्यहाँ धनियाँ र त्यसभन्दा पर खाली बाँझो रहन्छ,” […]

१ सय ११ किसान मोदीविरुद्ध चुनाव लड्दै

एजेन्सी। भारतमा लामो समयदेखि आफ्ना माग पूरा गराउन संघर्ष गर्दै आएका किसानहरूले सरकारलाई दबाब दिन नयाँ उपाय अपनाएका छन्। उनीहरूले आसन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मैदान उत्रिने भन्दै माग पूरा गराउन दबाब दिएका छन्। आफ्ना मागलाई लिएर दिल्लीमा लामो समयदेखि छुट्टाछुट्टै तरिकाले विरोध प्रदर्शन गरेपछि तमिलनाडुका १११ जना किसानले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध […]

उत्तर कोरियामा चरम खाद्य सङ्कट, उत्पादन दशककै न्यून

सियोल। संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादन दशककै सबैभन्दा न्यून भएको जनाएको छ। प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो। अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ। राष्ट्र सङ्घका अनुसार गत वर्ष कोरियामा ४९ […]

पाकिस्तानतर्फ चिया निर्यात घटाउँदै भारत

एनेन्सी। भारतले पाकिस्तानतर्फ चियापत्तिको निर्यात घटाउने भएको छ । हालै पुलवामामा भएको आतंकवादी हमलाको विरोध गर्दै त्यहाँका चिया उत्पादकहरुले यस्तो घोषणा गरेका हुन् । यसरी कटौती गरिएको चियापत्तिलाई इजिप्ट, मध्य पूर्व र रुस लगायत अन्य प्रमुख बजारमा बेच्ने प्रयास गरिने भारतीय चिया संघका अध्यक्ष विवेक गोयन्काले बताएका छन् । विगत केही वर्षयता पाकिस्तानमा भारतीय चियापत्तिको […]

कुखुरीले पार्नेछिन अब गुलाफी रंगको साकाहारी अण्डा

एजेनसी। बिश्वभर अण्डाको बिषयमा दुई थरीको धारणा छ, पहिलो अण्डा मांसाहारी हो । दोश्रो अण्डा साकाहारी हो । यो बिषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । एकातिर विवाद छ भने अर्को तर्फ माछा, मासु नखाने साकाहारीको हकमा पहिलो पटक साकाहारी अण्डाको विकास गरिएको हो । भारतले यस्तो कुखुरीको विकास गरेको जसले साकाहारी मानिसको भूख […]