नेपालमा धेरै किसानहरू अनुदान लिनु भन्दा आफ्नै लगानीमा कृषि व्यवसाय गर्न चाहनुको पछाडि विभिन्न कारणहरू छन्। यिनै कारणहरूले गर्दा अनुदान प्रभावकारी रूपमा किसानसम्म समक्ष पुग्न सकेको छैन । हामिले केहि यस्ता तथ्यहरु यहाँसमक्ष राखेका छौ जसका कारण किसानहरु सरकारी अनुदान लिन चाहिरहेका छैनन् ।

क. साना किसानको लागि छुट्टै ब्यवस्था गर्न नसक्नु :
सरकारले नपढेका वा अनपढ किसानको लागि छुट्टै ब्यवस्था गर्न नसक्नु जसले गर्दा साना किसान तथा अनपढ किसान मर्कामा पर्नु र अनुदानको अपेक्षा गर्नु।

ख. बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सहज हुनु :
अहिले धेरै किसानहरू सहकारी, बैंक वा माइक्रोफाइनान्सबाट कृषि ऋण लिन थालेका छन्। अनुदानभन्दा ऋण लिन सजिलो लाग्ने कारण प्रक्रिया छोटो हुन्छ।
कागजी झन्झट न्युन हुनु ।
समयमै पैसा आउँछ।
ऋण तिरेर फेरि अर्को परियोजना गर्न सकिन्छ।

ग. अनुदान प्राप्त गर्ने प्रक्रिया झन्झटिलो हुनु :
अनुदान पाउन धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्छ, जसले किसानलाई समय र स्रोत दुवैमा तनाव हुन्छ।
कार्यालयहरूमा फारम भर्ने देखि अनेक झन्झट लिनु पर्ने ।
किसानहरूले सहज रूपमा अनुदान प्राप्त गर्न नसक्दा, स्वतन्त्र रूपमा आफ्नै लगानीमा व्यवसाय गर्न
रुचाउँछन्।

घ.अनुदान प्रवाहमा ढिलाइ र अनिश्चितता हुनु :

अनुदान समयमै नपाउनु, काम समाप्तिको धेरै पछि मात्र भुक्तानी हुनु र यथार्थमा भन्दा बढी काम
कागजमा हुनु जसले नकारात्मक प्रवृत्ति बढ्नु।

ङ. सानाकिसान भन्दा ठूला किसान बढि लाभान्बित हुनु :
अनुदान साना किसान भन्दा बाठा टाढा र ठूला फार्म, कम्पनी, उद्यमी र सहकारीले बढी अनुदान पाउने
भएकाले, सामान्य किसानहरू वञ्चित हुनु जसको दिगो व्यवस्थापन हुनै पर्नेछ।

च. सीमित बजेट र न्यूनतम सहयोग :
सरकारले दिने अनुदान अपुग हुनु र लागतको सानो प्रतिशत मात्र कभर गर्नु, किसानहरूले सोच्ने यदि ठूलो लगानी नै गर्नु छ भने, किन अनुदानको झन्झट झेल्ने ?
सरकारको अनुदानमा भर परेर व्यवसाय कमजोर बनाउनुभन्दा, आफ्नै पैसामा आत्मनिर्भर हुनु राम्रो ।

छ.आत्मनिर्भर बन्ने सोच :
धेरै किसानहरू सरकार वा बाहिरी स्रोतमा भर पर्नु भन्दा स्वतन्त्र रूपमा व्यवसाय गर्न चाहन्छन्।
अनुदानमा निर्भर भए व्यवसाय दिगो हुँदैन भन्ने बुझेर, दीर्घकालीन सोच राखेर आफ्नै लगानीमा व्यवसाय गर्न रुचाउँछन्।
काम गर्यो, पैसा कमायो भन्ने मानसिकताले सरकारी अनुदान कुरेर बस्नुभन्दा आफ्नै लगानीमा व्यवसाय गर्न मन पराउँछन्।

निष्कर्ष :
नेपालका किसानहरूले अनुदान लिनु भन्दा आफ्नै लगानीमा कृषि व्यवसाय गर्न चाहनुमा  अनुदान प्रक्रियाको झन्झटिलोपना, झन्झट कागजी प्रक्रिया, समयको बचत, सीमित सहयोग हुनु,
सामाग्रीकोे गुणस्तरमा प्रश्न उठ्नु, किसानकोे चाँडै आत्मनिर्भर बन्ने सोच हुनु, ऋणको सहज पहुँच हुनु तर, अनुदानमा पहुँच नपुग्नु कारणले गर्दा किसान अनुदान लिन चाहि नरहेको देखिन्छ ।