
परिचय
विश्वब्यापी समस्याको रुपमा देखिएको जलवायु परिवर्तन, तापक्रम वृद्धिलाई कम गर्न हरित ग्यास उत्सर्ज कम गराउने जैविक उपायको रुपमा बायोचार देखा परेको छ। जैविक पदार्थहरू (जस्तै काठ, पात, फोहोर आदि) लाई उच्च तापक्रममा अक्सिजनको न्यून उपस्थिति (pyrolysis) मा तताएर बनाइएको एकदमै धेरै कार्बन रहेको पदर्थलाई बायोचार भनिन्छ। यस्लाई चारकोल पनि भनिन्छ। यसको मुख्य उद्देश्य माटोको उर्वराशक्ति सुधार गर्नु, कार्बन सेकेस्ट्रेशन गर्नु, र जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नु हो। बायोचारलाई माटोमा मिसाउँदा माटोको पानी धारण क्षमता, पोषक तत्वहरूको उपलब्धता, र माटोको समग्र संरचना सुधारिन्छ, जसले बाली उत्पादनमा सकारात्मक प्रभाव पार्छ।
बायोचारको प्रयोग किन गरिन्छ ?
बायोचारमा धेरै छिद्रहरु रहेको हुन्छ। जस्ले पानी, खधतत्व सोसेर राख्छ। यस्ले मलको उपयोगिता बढाउनुको साथसथै चुआवट घटाउने, जमिन मुनि वाटर टेबलको पानी सोस्ने,माटोमा रहेको बिषादीलाई सूक्ष्मजिवको माध्यमबाट क्षय गराई माटोलाई स्वच्छ बनाउने काम गर्दछ।
यो मल हैन तर यस्ले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणिय अवस्थालाई सुधारि रासायनिक मलको आपुर्तिलाई समेत कम गर्दछ।यस्को पि. एच. मान ८ वरपर रहन्छ त्यसैले यो अम्लिय स्वभाव भएको माटोमा प्रयोग गर्नु उपयुग्त हुन्छ।
यस्मा कार्बनको मात्रा बढी भएको कारण माटोमा भएको सूक्ष्म जिवहरुको कृयाकलाप बढाउछ । जस्ले गर्दा जैविक तथा रासायनिक तत्वको क्षय गर्ने, नकुहिएका अवश्यसहरुलाई कुहाउने गर्दछ।
बायोचार कति र कसरी प्रयोग गर्ने?
यो २०–४० टन प्रती हे. अर्थात २–३ टन प्रती रोपनी प्रयोग गर्दा अति उपयुग्त हुन्छ। तर तेति धेरै उपलभ्ध नहुने भएकोले ३–४ टन प्रती हे. प्रयोग गर्दा पनि राम्रो फाइदा लिन सकिन्छ।
यस्ला ई मलसग मिसाएर, यदि सम्भव छ भने मानिसको पिसाब सग लेदो बनाएर प्रयोग गर्दा बढी लाभ लिन सकिन्छ। यदि छैन भने गाई भैसिको पिसाब , त्यो पनि सम्भव छैन भने पानीसग लेदो बनाएर माटोमा मिलाउनु पर्दछ।
अत:बायोचारको प्रयोगले कृषकको कृषि उत्पादन जस्तै काक्रा,फर्सी जस्ता बालीहरुमा २०–८०% सम्म वृद्धि भएको पाइएको छ। आजको यस रासायनिक तथा विषादी प्रयोग गरिने युगमा अर्गानिक फार्मिङको लागि बायोचारको प्रयोग उपयुक्त माध्यम रहेको छ। जस्ले विश्वव्यापी समस्याको रुपमा रहेको जलवायु परिवर्तन, वजन तह क्षयिकरण जस्ता समस्या कम गर्न महत्त्वपूर्ण भुमिका खेल्दछ।