पृष्ठभुमीः चाडैंचाडको देश नेपालमा मुखैमा दशैँ आई पुगेको छ । दशैँको विशेषता भनेको मासुका चौरासी व्यञ्जन, परिकार तयार गरी घर परिवार का लागि मात्र नभई इष्ट मित्र, माइती, ससुराली खलकमा कोसेली बाँडी रमाइलो मनाउनु पनि हो । हुनत बढ्दो शहरी करण अनि विद्युतिय संजालको प्रभावका कारण आजका हाम्रा प्लस–२ का पुस्ता पश्चीमी सभ्यताका अभ्यस्त भई सकेका छन् । यस्को प्रत्यक्ष उदाहरण दरवार मार्ग खुलेका के.एफ.सी. को पसलले काठमाण्डौंको टोल टोलमा आफ्नो व्यपार विस्तार गरेको मान्न सकिन्छ ।

भनिन्छ मासुको उपभोग, उपभोगको बृद्धी हुनु भनेको, व्यक्ती अनि समाजको आयस्तर बृद्धी हुनुको मापक पनि हो । तर गरिब सुकुम्बासी अनि ज्यालादारी, बनीबूँतो गरी खानेहरुको लागि त दशैँनै कुर्नु पर्ने हुन्छ, त्यो पनि ऋण काढी भए पनि ।

कुरोको चुरो त यहाँ छ, यस पालीको दशैँ चाडबाड   खसी, बोको अथवा भन्नै पर्ने हुन्छ, भन्नलाई त चाडबाड अझैं हिन्दुहरुको महान चाँड, तर हाम्रो आफ्नो परिवेशमा जस्तो किसिमको जनघनत्वको बसोबास छ । दशैँ मा पुग्ने जती मासु, त्यो मासु पसलमा किनेर नपुग्ने । आफ्नो धर्म रिती परम्परा अनुसार आफ्नो गच्छे लाई भ्याए पनि नभ्याए पनि एउटा, पशु, पंक्षी आफ्नो कुल देवतालाई बली चढाउनै पर्ने अझ एउटा घोर्ले खसी ।

हाम्रा गाउघर तिर त बुढा पाकाले यसपटकको  चाडबाडैंमा, खसी, बोका च्याँग्रा बद्य पछी अर्को वर्षलाई गोठमा भएको पाठा पाठीलाई अर्को वर्षका लागि तयार पार्थे ।

तर आजको शहरी पुस्ताका लागि बढ्दो शहरी करणको प्रभाव खेती तथा पशुपालनका लागि चाहिने ठाउँको संकुचनले गर्दा यो असम्भव मात्र हैन दुरुह कार्य हुन जान्छ । त्यसैले मुखमा नै आएको दर्शैको लागि चाहिने खसी, बोका च्याँग्रा को हाम्रो श्रोत कि त ग्रामिण क्षेत्रमा भएका आफन्तले खसी बोका पालेको भए कोसेली पठाइ पो दिन्छ कि, त्यो पनि विगतकोे विविध खाले द्वन्दका कारण के तराई के मधेश, के पहाड सवै तीरका आफन्त यही शहरमा पाहुना लागेका छन् ।

विकल्प के त ?

खाद्यय संस्थानले खसी बोका च्याँग्रा ल्याइ मुल्य तोकी विक्री गरि हाले आफु जादा आफ्नो भागमा किन्नै मन लागे पनि पनि पाइएला वा नपाइएला, पाइहाले छिट्टै पुगेको छिमेकी ले छान्दा बाकी रहेको पनि भाग नपर्ला भन्ने डर पनि छ । त्यस बाहेक यस काठमाण्डौं उपत्यका कै कुरा गर्ने हो भे नियमित रुपमा खसी बोका च्याँग्रा किन्ने ठाउँ भनेको कलंकीको खसीबजार, टुकुचाको खसी बजार त हुदै छ, त्यस बाहेक त्यस बेला बाटा, चौबाटामा पनि खसी बोका च्याँग्रा विक्री गर्न राखिएको पाइन्छ । समस्या अलि कती मुल्यमा पर्न सक्छ । सरकारी स्तर बजार अनुगमन थालिएको हुन्छ । यस बारेमा अन्तिम निर्णय त उपभोक्ता तथा विक्रेताको समझदारीको कुरा भयो ।

समस्या कहा निर छ ?

आजको काठमाण्डौंको बसाई अली वेग्लै छ, घर त आफ्नो छ तर बहाल पनि लगाइएको छ । पहिले नै खसी बोका किनी ल्याउ, बहालमा बस्नेलाई झिझो लाग्ला भन्ने डर वा घर धनिले कचकच गर्ला भन्ने डर । अनी यस्को एउटा समाधान त छ त्यो के भने, घरमा साइत पनि जुरायो, पानी पनि ततायो अनी खसी बोका किन्न हिड्यो, जे मुल्यमा आफ्नो गच्छे अनुशार को खसी बोका ल्यायो अनिबली चढायो । यो नै व्यवाहारिक देखिन्छ ।

यदि पहिलानै खसी बोका खरिद गर्ने सोच्नु भएको छ अनि घरमा राख्ने ठाउँ पनि घरबेटी, बहालमा बस्नेको त कुरा छिमेकिले पनि कचकच गर्दैन भन्नेमा आश्वस्त हुनु हुन्छ भने ।

खसी किन्दा डम्म पेट भएका, लौ यो त खासै रहेछ भनी नकिन्नु होला । त्यस बेला खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न खुवाएको हुन सक्छ । किनभने त्यस बेला खसी विक्रेताले यो यती किलो को है भनी मोल भाउगर्ने गर्छन । त्यती बेला खसी बोका किनी हाल्नु भयो भने घरमा ल्याई बद्य नगरिन्जेल सम्म थप अन्न खान नदिनु होला, किन भने त्यो खसी बोकाले पहिले नै जोहो गरी केको हुन्छ । अन्यथा तपाईंको खसी बोका फेरी अस्पताल पु¥याउनु पर्ने हुन्छ । बरु वली चढाउने खसी बोका च्याँग्रा लाई खाली सादा पानी, थोरै मात्रामा स्याउलो वा इलेक्ट्रो लाइट दिए पुग्छ ।

त्यसो गरियो भने, त्यो खसी बोका च्याँग्राले पहिला खाएको अन्न, घाँस पात पचि शरीर बाट मलमुत्रका रुपमा विसर्जन गर्छ अनी तपाईले वद्यगर्दा त्यसको जीउमा लादी पनि कम हुन्छ । आन्द्रा भूँडी सफा गर्न पनि कम झन्झटिलो हुन्छ । यस भन्दा अझ फाइदा यसमा पो छ, त्यो खसी बोका च्याँग्रा ले खाएको अन्न घाँस पात, उसको शरीरमा चयअपचय हुदा त्यसबाट उत्पन्न हुने विष विषाकती पनि उसको शरीरबाट बाहिरिएको हुन्छ । जस कारण त्यस्ता खसीबोका च्याँग्रा बाट तयार पारेका दशैं परिकार, स्वस्थ्य पनि हुन्छन् । तपाई आफैंले वद्य, काटछाँट गर्नु भएको छ, मासु स्वच्छ पनि हुन्छ, सफा त त्यसै हुने नै भयो । यसो भयो भने दशैंमा तपाईले खाएको खुवााएको मासुबाट, मासु जन्य विषाक्ती हुन जोखिम कम हुनेछ ।