ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ८० वटा बालीवस्तुका ७२३ जातहरु बिकास गरेको जनाएको छ । नार्क स्थापनको ३१ औँ वार्षिकोत्वसवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको बताएका हुन् ।

सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो । स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका बीउबाट खेती गरिँदै आएको थियो । नार्कले हालसालै विकास गरिएका नवीनतम कृषि प्रविधि यस प्रकार रहेका छन् ।

बाली तथा बागवानी अनुसन्धान तर्फ :
१. धान
धानमा हाइब्रिड जातहरूमा हर्दिनाथ हाइब्रिड धान १ र हर्दिनाथ हाइब्रिड धान ३ उन्माचन गरिएका छन् ।
डुवान र खाडरा दुवै सहन सक्न वहगनी धान १, वहगनी धान २ र सुक्खा धान ६ विकास गरिएका छन् ।

सुगन्धित धान १ र खुमल बासमती १६ जस्ता बास्नादार धानका जात पनि विकास छन् ।

चैते धानका जातहरूमा हर्दिनाथ १ र हर्दिनाथ ३ विकास गरिएका छन् ।

मसिनो धानको जातहरूमा हर्दिनाथ ६, चैते ५ र सम्वा मंसुली सव धान १ विकास गरिएका छन् ।

मसिनो तथा सुगन्धित धानको जात लल्का बासमती उन्मोचन गरिएको छ ।

धानको जुम्ली मार्सी दर्ताको लागि प्रस्ताव पेश गरिएको छ ।

पाखो बारी तथा असिन्चित जग्गामा हुने चैया ३, हर्दिनाथ ४ विकास गरिएका छन् ।

वान सहन सक्ने गंगा सागर १ र गंगा सागर २ विकास गरिएका छन् ।

छिटो पाक्ने र असिन्चित जग्गामा हुने हर्दिनाथ ४ विकास गरिएको छ ।

२. मकै
मकैको ध्वाँसे पात डढुवा रोग प्रतिरोधात्मक क्षमता भएको जात मनकामना-९ (८०० देखि १८००) मिटरसम्म उँचाइका लागि सिफारिस गरिएको छ।

रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १४ र रामपुर हाइब्रिड १६ उन्मोचंको लागि राष्ट्रिय बीउ विजन समितिबाट पास भएको छ ।

तातो तापक्रम सहने मकैका जातहरू रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० विकास गरिएका छन् ।

३. गहुँ

गहुँमा १० वटा जातहरू विकास गरिएका छन् । जसमा ५ वटा जिङ्कयुक्त छन् । हिमगंगा, भेरीगंगा, खुमल शक्ति, जिङ्क गहुँ-१, जिङ्क गहुँ-२ जिङ्कयुक्त जातहरू उन्मोचन गरिएका छन् ।

सुजीको लागि गहुँको जातहरू ड्युरम खजुरा १ र ड्युरम खजुरा २ विकास गरिएको छ ।

सुक्खा र तातो तापक्रम सहन सक्ने बोर्लग २०२० गहुँको जात विकास गरिएको छ ।

४. अन्य
मुसुरोमा रसुवा कालो मुसुरो-१ (१८०० मिटर देखि २२०० मिटर को असिन्चित पाखो जमिनको लागि) र खजुरा मुसुरो ३ विकास गरिएका छन् ।

बोडीमा गाजले बोडी विकास गरिएको छ ।

बदामको जात राजश्री सूचिकृतको लागि प्रस्ताव पेश भएको छ।

उखुमा जितपुर-५, जितपुर-६, जितपुर-७ (रातो सडन र कालो पोके सहन सक्ने नारायणी पूर्व तराई क्षेत्रका लागि) सूचिकृत गरिएका छन् फापरमा तिते फापर-१, तिते फापर-२ (६०० देखि ३५०० मि सम्म को उचाइको लागि) सूचिकृत गरिएको छ ।

जौको जात चावाली सूचिकृतको लागि प्रस्ताव पेश भएको छ ।

५. तरकारी
दुई वटा गोलभेँडाका जातहरू खुमल हाइब्रिड-१, खुमल हाइब्रिड-२, गोलभेँडाको वटा पैत्रिक लाइनहरू सूचिकृत गरिएका छन् ।

रायोको मनकामना, सखरखण्डको सखरखण्ड सुन्तले सखरखण्ड-१ र सन्तले यस सूचिकृत भएका छन् ।

भन्टाको जात परवानीपर सेलेक्सन १ दर्ताको राष्ट्रिय बीउ विजन समितिबाट पास भार काँक्रोको हाइब्रिड जातहरू मधु १ र कृष्ण १ दर्ताको लागि राष्ट्रिय बीउ विजन समिति पास भएको छ ।

चौमासे सिमीको १ जात दर्ताको लागि राष्ट्रिय बीउ विजन समितिबाट पास भएको छ ।

काँक्रोको १ जात (धनकुटा हरियो) र अकबरे खुर्सानीको १ जात (अकबरे खुर्सानी) सूचिकृतको लागि प्रस्ताव पेश भएका छन् ।

सिमीको केबिएल १, केबिएल २ र केबिएल ३ दर्ताको लागि प्रस्ताव पेश गरिएका छन् ।

मालेपाटन हिउँदे सिमी-१ र मालेपाटन हिउँदे सिमी-२ जात दर्ताको लागि प्रस्तावना पेश भएको छ ।

६. फलफूल

फलफूलमा केराको ३ वटा जातहरू जी-९, विलियम हाइब्रिड, माल्भोग स्थानीय र लिचीका ६ वटा जातहरू (मुजफ्फरपुर, रोजसेंटेड, कल्कतिया, अर्ली सिडलेस, लेट सिडलेस र साही) सूचीकृत भएका छन् ।

आँपको ३ वटा जातहरू दशहरी, माल्दा, आम्रपाली र किविफलको ४ वटा जातहरू (हेवार्ड, अलिसन, एबोट र ब्रूनो) सूचिकृत भएका छन् ।

सुन्तलाको बासखार्क स्थानीय जात दर्ताको लागि प्रस्ताव पेश भएको छ ।

स्याउको स्पर टाइपको ३ वटा जातहरू दर्ता/सचिकतको लागि प्रस्ताव पेश भएका ।

पुष्प बालीतर्फ ग्ल्याडीओलसको १ जात सूचिकृत गरिएको छ ।

७. यान्त्रिकीकरण
धान काट्ने मेशिन साईथ हार्वेस्टर र धान सकारने मेशिन बबल डयेर का सफल गरिएको छ ।

साईकिलबाट चल्ने मके तथा तरकारीमा गोडमेल गर्ने औजारको (हलका हात औजार दाँते औजार) विकास तथा सुधार गरिएको छ ।

चिनो कुटक (prosomillet dehusking mechine) मेशिनको विकास भएको छ ।

तीन पाते सुन्तलाको मूलवृतको बीउ निकाल्ने मेशिनको विकास भएको छ ।

८. पशु तथा मत्स्य अनुसन्धान तर्फ

साकिनी कुखुराहरू बिच तेस्रो र तेस्रो पुस्तासम्म स्वजातिय छनोट प्रजनन् विधि अपनाएर आनुवंशिक सुधार गरिएको छ । अण्डा उत्पादनमा ४५ प्रतिशत (११२ देखि १६२ गोटा पति पोथी प्रति वर्ष) पाइएको छ ।

बोर बाख्राको विकास तथा विस्तार गरिएको छ । बोर बाखामा Back Crossing बाट चौथो पुस्तासम्म उत्पादन गरिएको (५०% बोर ४७.७५% बोर ६७.८७.५% बोर ३२ र ९२.७५% वोर ३ वटा ) छ ।

ब्रोइलर कुखुराको उत्पादनमा प्रयोग भइरहेका एन्टिबायोटिकको सट्टा दानामा प्रोवायोटिक २ ग्राम प्रति किलो मिसाउँदा उत्पादकत्व वृद्धि हुने र मासुको गुणस्तर एवं स्वादमा समेत सुधार हुने पाइएको छ।

कार्प माछाको ढुवानीको निम्ति ४-५ माईक्रोलिटर प्रतिलिटर पानीमा मिसाउँदा उच्चतम वृद्धिदर हासिल गर्न सकिने पाइएको छ ।

असला माछा उत्पादनका निम्ति आवश्यक ४५ प्रतिशत प्रोटिनयुक्त दाना बनाउन आधा-आधा पशुपक्षीजन्य र वनस्पतिजन्य श्रोतको प्रयोग गर्दा आर्थिक दृष्टिले उपयुक्त हुने पाइएको छ । हुर्कँदो ट्राउट माछामा प्रोवायोटिक ३ प्रतिशतका दरले प्रयोग गर्दा वृद्धिदर र बाच्ने दर दुवै उल्लेख्य रूपले सुधार भएको पाइएको छ ।

पंगास माछाको छाला सहित वा छालारहित फिलेटको फ्रिजमा संरक्षण गरी भण्डारण गर्ने प्रविधिको विकास गरिएको छ ।

९. अन्य नवीनतम कृषि प्रविधि
माटोको डिजिटल नक्शांकन सार्वजनिकिकरण गरिएको छ ।

अमेरिकन फौजी किराको व्यवस्थापनका लागि इमामेक्तिन बेन्जोयेट ५५ एस.जी.को ०.४ ग्राम वा स्पिनोस्याड ४५५ एस.सी. को ०.३ मिली वा स्पैनोटोरम ११.७ एस.सी. को ०.५ मिली प्रति लिटर पानीका दरले बोट भिज्ने गरी ५ देखि ७ दिनको फरकमा छर्ने ।

गोलभेँडाको पात खन्ने किरा (TUTA ABSOLUTA) व्यवस्थापनको लागि किरा लागेको सुरुका अवस्थामा ब्यासिलस थुरिन्जिएन्सिस २ ग्राम प्रति लिटर पानीमा घोलेर सांझपंख बोट गरी छर्किने ।

सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिना सम्म भण्डारण गर्न साकन प्रविधि सिफारिस गरिएको छ ।

यसका अलावा किसानहरुले प्राविधिक समस्याको समाधानको लागि हरेक हत्ता सोमबार दिउँसो २ देखि ४ बजेसम्मम पैसा नलाग्ने फोन नं ११३५ मा फोन गर्न सक्नेछन् ।