
खाद्यान्न, तरकारी एवम् नगदेबालिका हिसाबले आलु संसारकै एक महत्वपुर्ण बालिको रुपमा चिनिन्छ । यो बाली समुन्द्री सतहबाट करिब १०० मिटर देखि ४००० मिटर सम्म पनि सफल खेती गर्न सकिन्छ । गर्मी देखि लिएर चिसो हावापानी भएको लेकाली भेगमा पनि यो बालीबाट मनग्ये आम्दानि लिन सकिन्छ । लगभह सबै किसिमका पोसकतत्वयुक्त यो बालीको खेती गर्न अरु बालिहरुको तुलनामा सजिलो भएपनी उपयुक्त प्राविधिक ज्ञानको अभावका कारण आम किसानहरुले सोचेजती उत्पादन हासिल गरेको पाइदैन । आलुमा लाग्ने रोग, किरा तथा कृषिशास्त्रीय ज्ञानको अभावका कारण आम किसानहरुले थुप्रै चुनौतिहरु भोग्नु परेको पाइन्छ । यस शृङ्खलामा आलुमा लाग्ने प्रमुख रोगहरु तिनको पहिचान र व्यवस्थापन तथा नियन्त्रणका उपायहरुको बारेमा बिस्तृत चर्चा गर्ने छौँ ।
१.अगौटे डढुवा रोग (Early blight) :
यो रोग रोग Alternaria solani नामक एक ढुसिले लाग्ने गर्दछ । रातिको औसत तापक्रम १५° सेल्सियस भन्दा कम हुनु, सायेक्षिक आद्रता बढी हुनु, र जमिन लगायत बिरुवामा ओश पर्नु आदि यो ढुसी अंकुरणका लागि अनुकुल वातावरण मानिन्छन् । यो ढुसी माटो अर्थात बिरुवाकै अबसेसहरुमा निष्क्रिय रहेको पाइन्छ र अनुकुल वातावरण पाउनासाथ अंकुरण हुन्छ र त्यसपछी कुनै माध्यमद्वारा बिरुवाको सतहसम्म पुगि फैलेने गर्दछ । सर्बप्रथम यसले बिरुवाको तल तिरको पातहरुमा आक्रमण गरेर बृताकार अर्थात कोणिय खैरो रङका माथी तस्बिरमा देखाएजस्तै घाउहरु बन्ने गर्दछन । समय संगै गाढा रङका खैरा र बृताकार घाउहरुले केन्द्रतिरका कोषहरुलाइ मार्दै जान्छ र रोग पनि फैलदै जान्छ । ढिलो चरणमा जादा यो रोग माथिका सबै पातहरुमा समेत फैलिन्छ । क्रमसंगै रोग लागेको पातको माथिल्लो सतहमा निलो अर्थात हरियो रङका ढुसीहर देखा पर्दछन । यो रोग चरम बिन्दुमा पुगेपछि बिरुवाको सबै भागहरुमा फैलिएर पातहरु ओइलाउछन र सुकेर खस्ने गर्दछन । यो रोगले पातहरुमा मात्रै नभएर काण्ड लगायत सेलाहरुमा पनि असर पुर्याउने गर्दछ ।
यो रोग लागेको आलु भन्डारण गर्दा समयसंगै साना साना गिर्खाहरु ठुला हुन्छन र पुरै आलु कुहिएर सखाप हुने गर्दछ ।
रोग सर्ने कारणहरु :
प्राय रोग सहन नसक्ने जातहरु प्रयोग गर्दा यो रोगले प्रकोप लिने गरेको पाइन्छ्र रोगि बिरुवाका सेलाहरु लाई बिउको रुपमा प्रयोग गर्दा, रोगी बिरुवाका अबसेसहरु जमिनमा जथाभावी छोड्दा, बिगतका बर्षहरुमा संक्रमण भएकै जमिनमा घुम्ती बाली प्रयोग नगरी खेती गरिरहदा, आवस्यकता भन्दा बढी सिचाइ गर्दा, र सोलानेसी परिवार भित्रकै बिरुवाहरुलाइ त्यही जमिनमा उमार्दा पनि रोगको प्रकोप बढी पाइन्छ ।
ब्यबस्थापन तथा नियन्त्रणका उपायहरु :
बाली फसल गरिसकेपछी पात, जरा, कान्ड लगायतका अबसेसहरुलाई आगोले जलाइदिनु पर्दछ । त्यो परिवार बाहेकका अरु बाली प्रयोग गरि बाली चक्र अर्थात घुम्ती बाली अपनाउनु पर्दछ । बिरुवा लगाइसकेपछी बोटको वरिपरिको मटोलाइ परालले अथवा प्लास्टिकले मल्चिङ गर्नु पर्दछ । रोग प्रतिरोधात्मक क्षमता भएका जातहरु जस्तै कुर्फी अलन्कार,कुर्फी नवीन, कुर्फी जीवन, कुर्फी सिन्दुरी इत्यादी लगाउनु पर्दछ । दुइओटा पङ्ती अर्थात बोटहरुको बीचमा वायु प्रवाह हुनको लागि खुला ठाउँ हुनु पर्दछ । आवस्यकता भन्दा बढी सिचाइ नगरी उपयुक्त निकासको ब्यबस्था हुनुपर्दछ । सिचाइ गर्दा पातलाई भिजाउनु हुँदैन । सुरुको अबस्थामै रोगको पहिचान गरि संक्रमीत भागहरुलाइ टिपेर जलाउनु पर्दछ । यो रोग चरम बिन्दुमा पुगिसकेपछि बिसादी प्रयोग गरेर नियन्त्रण गर्न धेरै गाह्रो हुने भएकाले सुरुको अबस्था मै पहिचान गरि Zineb ०.२५%, Daconil,Mancozeb,Ziram,Potassium bicarbonate इत्यादी जस्ता रसायनिक बिषादीहरु उपयुक्त मात्रा मिलाएर छर्किन सकिन्छ ।
२. पछौटे डढुवा ( Late blight) :
यो रोग Phytophthora infestans नामकनामक ढुसिको कारण लाग्ने गर्दछ । यो ढुसी पनि लामो समयसम्म सोलानेसी परिवारका बाली अर्थात आलु कै अवसेसहरुमा निष्क्रिय भएर बस्दछ र अंकुरण हुनको लागि अनुकुल वातावरण पाउनासाथ सक्रीय भएर बोटमा सर्ने गर्दछ । यो रोग बोटको फेदका पातहरु बाट लाग्न सुरु भएर क्रमशः माथितिर सर्दछ । सबैभन्दा पहिले स-साना फिका देखि गाढा हरियो रङका पानी भरिएजस्ता पोकाहरु देखा पर्दछन । पातको किनारा अर्थात जहाँ लामो समयसम्म शीत बसिरहन्छ, त्यही भागबाट पोका आकारका घाउहरु देखा पर्दछन । समयसंगै ती भागहरु खैरो रङमा परिणत हुन्छन र किनारबाट पहेलो रङको पत्रले घेर्दछ । धेरै सापेक्षिक आद्रता भएको ठाउँहरुमा पातको मुनिपट्टिको भागमा सेतो रङको ढुसिको बिकास भइरहेको देखिन्छ । रोगी सेलाहरु पनि खैरो रङ्का र जलमग्न देखिन्छन र सुक्खा भएर कुहिन्छ जसलाइ ड्राइ रट पनि भनिन्छ । निरन्तर ८ देखि १२ घण्टा पातको सतहमा पानी जम्नु, तापक्रम २६° सेल्सियस भन्दा कम पुग्नु र सापेक्षिक आद्रता ९०% वा सो भन्दा बढी पुग्नु इत्यादी यसको लागि अनुकुल बाताबरणिय अबस्था हुन ।
रोग सर्ने कारणहरु :
यो रोग सर्ने कारणहरु पनि अर्लि ब्लाइट का कारणहरु जस्तै छन ।
व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :
रोग प्रतिरोधात्मक जातका बीउ जस्तै कुर्फी नभताल प्रयोग गर्ने । सिचाइ गर्दा सकेसम्म बिहान अर्थात घाम पर्नु भन्दा केही अगाडि मात्र गर्ने ताकी पातमा ओसिलोपना धेरै बेर रहन नपाओस । रोगी बिरुवाका अवसेसहरु राम्रो संग जलाउने । रसायनिक बिषादीहरु जस्तै Copper, Azoxystrobin,mancozeb,Chlorothalonil,Zoxamide+Mancozeb,Cymoxanil इत्यादी उपयुक्त तवरले छर्किदा यो रोग नियन्त्रण गर्न सकिन्छ ।
३. आलु स्केब (Potato scab) :
यो रोग Streptomyces scabies नामक ब्याक्टेरिया को कारणले गर्दा लाग्दछ । परजिवी माटो वा कुहिएर झरेका पातहरुमा निष्क्रिय भएर बसेको हुन्छ र अनुकुल वातावरण पाउनासाथ यसले बिरुवामा संक्रमण गर्दछ्रयो रोग सामान्यतया तटस्थ तथा क्षारिय माटोमा बढी अनुकुल हुन्छ्र यो रोगका जीवाणुलआइ हावाले उडाएर ल्याएको माटो, अर्थात संक्रमीत बोटको जिवाशेसले स्व्स्थ बिरुवामा सार्ने गर्दछ । स्टोमाटा, लेन्टिसेल अर्थात सामान्य घाउ चोटपटक लागेको ठाउँबाट यो ब्याक्टेरिया तन्तुभित्र प्रवेश गर्दछ्रप्रबेश गरेको ठाउँबाट त्यहाका कोषहरुलाइ मार्दै जान्छ र त्यसपछी संक्रमण भएको भागमा गाढा खैरो रङका माथी उठेका दागहरु देखा पर्दछन । क्रमसंगै यो रोग पुरै सेलामा फैलिन्छ र चिरा परेजस्तो अर्थात तारा आकार देखिन्छ । सामान्यतया आवस्यकता भन्दा कम सिचाइ र माटोको सुख्खापनाको कारणले यो रोग बढी फैलने गर्दछ । यो रोगले उत्पादनमा खासै ह्रास नल्याए पनि बजारिय गुणस्तरमा असर गर्दछ ।
रोग सर्ने कारणहरु :
सेला लाग्ने बेला सिचाइको अभाव हुनु, माटो धेरै सुक्खा भएर मटोको तापक्रम धेरै बढ्नु, माटो तटस्थ देखि क्षारियपना तिरा जानू इत्यादी रोग सार्ने अनुकुल अवस्था हुन् ।
ब्यबस्थापन तथा नियन्त्रणका उपायहरु :
रोग प्रतिरोधात्मक जातहरु जस्तै एभन,चेरोकी,हाइलाइट रसेट,हुरोन इत्यादी बिउको रुपमा प्रयोग गर्ने । माटोको अम्लियपना कायम राख्ने, जसका लागि माटोमा सल्फर राख्न सकिन्छ । प्रत्येक तीन बर्षको अन्तरालमा कोसेबाली समेटेर घुम्तिबालि अर्थात बाली चक्र अपनाउने । ताजा कम्पोस्ट मल प्रयोग गर्नुको सट्टा राम्ररि कुहिएको र उपयुक्त मात्रा मिलाएर कम्पोस्ट मलको प्रयोग गर्ने । आलुको सेला लाग्ने बेलामा माटोको चिस्यान कायम राख्ने अर्थात माटो सुक्खा हुन नदिने । खेतमा हरियो मलहरुको प्रयोग गर्ने । माटोलाइ करिब दुई देखि छ हप्ता सम्म आद्र राख्नाले अरु फाइदाजनक ब्याक्टेरियाहरु प्रबल भइ यो रोगको हानिकारक ब्याक्टेरिया नियन्त्रणमा सघाउने गर्दछ । बालि लगाउनु पुर्व माटोमा जिप्सम छर्किदा पनि यो रोग नियन्त्रण गर्न सकिन्छ ।
४. भर्टिसिलियमले गर्दा ओइलाउने रोग (Verticilium wilt) :
यो रोग Verticilium dahliae नामक ढुसिको कारणले लाग्दछ । यो रोग प्रायः माटोमा खाध्यतत्वको मात्रा कम भएको, सिचाइको कम सुबिधा भएको, किराहरुको बढी प्रकोप रहेको ठाउँमा बढी लाग्ने गरेको पाइन्छ । यो रोग बिरुवाको काण्ड सम्बन्धित भएकाले, जिवाणुले असर गरिसके पछि बिरुवाको काण्डमा खैरा धब्बाहरु देखा पर्छन र जसले बिरुवामा पानी लगाएत खाध्यतत्व सोस्नमा रोकावट पुर्याउने गर्दछ । त्यसैले यो रोगको कारणले गर्दा आलु उत्पादनमा निकै ह्रास आउने गर्दछ्र यो ढुसी माटोमा धेरै बर्षसम्म बस्ने गर्दछ र बिरुवाको सम्पर्कमा आउनासाथा जरा अर्थात कुनै प्वालहरु हुँदै बिरुवाको पानीबाहन तन्तु अर्थात भास्कुलर बन्डलमा प्रबेश गरि पानी तथा खद्यतत्व बाहनमा रोकावट ल्याउदछ जसले गर्दा बिरुवाका एक छेउपट्टिका पातहरु धमनिको वरिपरीबाट पहेलिदै जान्छन र अन्तमा ओइलाएर पात झर्ने गर्दछ्न । सुरुमा एक छेउपट्टिमका पातहरु मात्रै पहेलिएर ओइलाउछन र पछि सबै पातहरु ओइलाएर झर्ने गर्दछन । रोगी बोटको काण्ड र सेलाको भास्कुलर तन्तुहरु खैरो रङमा परिणत हुन्छ र यो रोग लागेका बोटहरु अरु बोट भन्दा अग्ला र ओइलिएका देखिन्छन तसर्थ यो रोग पहिचान गर्न सहज नै हुन्छ । यो रोग लागेका बोटहरु कलिलो उमेरमै बयस्क अर्थात परिपक्क झैँ देखिन्छन र साथै सेलाको आकारमा पनि सामान्य भन्दा निकै ह्रास आउने गर्दछ ।
रोग सर्ने कारणहरु :
संक्रमण देखिएको खेतमा घुम्ती बाली प्रयोग नगर्दा, रोगी बिरुवाका अवसेसहरु जथाभावी बारिमा छोड्दा यो रोगका जिवाणुहरु निकै बर्षसम्म माटोमा निष्क्रिय भएर बस्दछन । बिरुवालाइ आवस्यक पर्ने मात्रामा खाद्यतत्व लगायत सिचाइको पुर्ती नहुदा र किराहरु को धेरै प्रकोप देखिएमा पनि यो रोग धेरै सकृय भएको पाइन्छ ।
ब्यबस्थापन तथा नियन्त्रणमा उपायहरु :
यो रोगको ढुसी माटोमा निकै समय निष्क्रिय रहेर बस्ने भएकाले, माटोलाइ राम्रो संग खनजोत गरि पारिलो घाममा छोड्ने अर्थात सोलाराइजेसन गर्नु पर्दछ । यो रोग प्रतिरोधात्मक जातहरु लगाउनु पर्दछ । बिरुवाका अबसेस तथा झारपातहरुलाई खेतबाट नियन्त्रण गर्नुपर्दछ । फस्फोरस को मात्रा बढाएमा पनि यो रोगबाट केहि छुटकारा पाउन सकिन्छ । घुम्तीबालिको रुपमा मकै अर्थात तोरि लगाउन सकिन्छ । रसायनिक बिषादिको रुपमा Aprovia, Elatus इत्यादी प्रयोग गर्न सकिन्छ ।
५. कालो स्कर्फ रोग (Black scurf) :
यो रोग Rhizoctonia solani नामक ढुकिको कारणले लाग्दछ । सामान्यतया यो रोग सेला परिपक्क भइसकेपछी सेलामा काला र उठेका खस्रा धब्बाहरुक्ल रुपमा देखिन्छ, जसले गर्दा उत्पादनमा ह्रास नआएपनि बजार मुल्यमा कमि ल्याउने गर्दछ । यो रोग आफैले त्यति नोक्सानी नगरे पनि यो रोग लागेको सेलालाइ बिउको रुपमा प्रयोग गर्दा उम्रीने टुसाहरुमा पनि खैरा एवम् काला रङमा धब्बाहरु देखिन्छन् र जसले गर्दा बिरुवा उम्रीन सक्दैन । जसलाइ आलुको नासूर अर्थात क्यान्कर भन्ने गरिन्छ ।
यो रोग लाग्दा कालो रङको टालोहरु सेलाभरी बेखा पर्छन्, जसलाइ हातले अलिकती कोट्याउदा हटेर जान्छ । रोगी सेलालाइ लेन्सको सहायताले अबलोकन गरियो भने खैरो रङका धागो आकारका ढुसिको माइसेलियमहरु देखिन्छन । यो रोगले सेला भित्र त्यति धेरै असर गर्दैन तर यो रोग संक्रमीत सेलालाइ बिउको रुपमा प्रयोग गरियो भने टुसा पलाउदा खैरा थोप्लाहरु सहित पानी भरिए जस्ता पोका देखा पर्छन जसलाइ क्यान्कर भन्ने गरिन्छ । जसले गर्दा बोट उम्रीन सक्दैन र उत्पादनमा धेरै ह्रास आउने गर्दछ ।
रोग सर्ने कारणहरु :
राइजोक्टोनिया नामक ढुसी प्रायः धेरै चिसो तापक्रममा सक्रिय हुन्छ । अत्यधिक आद्रता, अत्यधिक प्राङगारिक पदार्थ र माटोको पि एच मान तटस्थ देखि अम्लिय हुनु यसको लागि अनुकुल अवस्था मानिन्छन । स्कर्फका लक्षण भएका सेलाहरुलाइ बिउको रुपमा प्रयोग गर्दा यसले क्यान्कार रोगको बिकास गराएर बालीमा ह्रास ल्याउने गर्दछ । बाली लगाउदा उपयुक्त कृषिशास्त्रीय तरिकाहरु नअपनाउदा पनि यो रोगले प्रकोप लिने गर्दछ ।
व्यवस्थापन तथा नियन्त्रणका उपायहरु :
यो रोग रोकथामको लागि हामिले स्वस्थ बीउ आलु प्रयोग गर्नुपर्दछ । राम्रो संग टुसा अर्थात आँखा पलाएको बीउ आलु प्रयोग गर्ने । प्रत्येक चार बर्षमा घुम्ती बाली अपनाउने । बीउ रोप्दा धेरै गहिराइमा नरोप्ने । माटोको आद्रता लगायत खाद्यतत्वहरु औसत मात्रामा उपलब्ध गराउने्रबाली भित्र्याउने काम सकेसम्म सबै पात झर्नु भन्दा केही अघि गर्ने |Emeato prime DS नामक ढुसी मार्ने बिसादी प्रयोग गर्ने ।