फलेवास। पहिरोको कारण अवरुद्ध सडक समयमै सुचारु नहुदा पर्वतको फलेवासका किसानहरुले उत्पादन गरेको ७ सय २० लिटर दुध सडकमा पोखेका छन् ।

नगरको वडा नम्बर ६ देविस्थानमा संचालित कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा संकलन गरिएको दुध बजार पु¥याउन नसकेर शुक्रबार किसानहरुले पोख्न बाध्य भएका हुन ।

दुई दिनमा बजारमा पठाउनु पर्ने दुध ५ दिनसम्म पनि बजारमा पु¥याउन नसकेपछि दुध बिग्रिएर सडकमा पोख्न बाध्य भएको दुग्ध सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद भुषालले जानकारी दिए ।  गत भदौ २८ र २९ गतेको भीषण बर्षाका कारण फलेवास दोबिल्ला सडक अन्तर्गत फलेवास ४ मुडिकुवाको घुयनौला भन्ने ठाउँमा ठूलो पहिरो गएको र पोखरा पठाउदै आएको दुध सडक अबरुद्ध हुदा पठाउन नसकिएको भुषालले बताए ।

संकलन गरेको दुध बिग्रिँदा ५० हजार भन्दा बढिको नोक्सान भएको भुषालकोे भनाइ छ । अबरुद्ध सडक सुचारु गर्ने बिषयमा वडा नं.४ र ६ का वडा अध्यक्षले आश्वासन दिएका कारण किसानले डेरिमा दुध जम्मा गरेको तर सडक संचालन नहुदा किसानहरुले रुदै दुध पोख्नुपरेको स्थानीय कृषक महेश घिमिरेले बताए ।

पहिरोले बाटो अबरुद्ध भएपछि दुइदिनसम्म किसानहरूले दुध संकलन नगरेको तर वडाका जनप्रतिनिधि र सहकारीका पदाधिकारी सहित छ्लफल गरेर बाटो सुचारु गर्ने सहमति भएर दुध बजारमा पठाउने आशाले संकलन गरेको भएपनि पठाउन नपाएपछि दुध बिग्रीएर पोख्नुपर्दा दुख लागेको उनले गुनासो गरे ।

अबरुद्ध सडक बेलैमा सुचारु गर्न स्थानीय जनप्रतिनिधिले वेवास्ता गरेका कारण ठुलो नोक्सानी बेहोर्नुपरेको दुध उत्पादक देविस्थानका किसान डोलराज भुसालले बताए ।

पीडित किसानहरुले स्थानीय सरकारसंग क्षतिपूर्तिको माग गर्ने उनले बताए । स्थानीय किसानले आँसू बगाउँदै सकडमा दुध पोखेको प्रत्येक्षदर्शीले बताएका छन् । देविस्थानका किसानहरुले दुई बर्षअघि देखि कृष्ण गण्डकी सहकारी संस्था मार्फत उत्पादन गरेको दुध पोखरा पु¥याउँदै आएका छन् । दुग्ध सहकारी संस्थामा एक सय भन्दा बढि किसान आवद्ध छन् ।

लगातारको बर्षा सँगै आएको बाढिपहिरोबाट फलेवास नगरपालिका विभिन्न सडक अवरुद्ध छन् ।भदौ २८ गते आएको बाढि पहिरोले फलेवासका सडक अवरुद्ध हुँदा स्थानीयलाई खाद्यान्न ढुवानीमा समेत समस्या स्थानीय व्यापारीको भनाई छ । सडक मर्मत गर्न स्थानीय सरकार सँग पटक–पटक अनुरोध गर्दा पनि नगरपालिकाले सकड खुलाउन आलटाल गरेको स्थानीयको गुनासो छ । यता नगरप्रमुख पदमपाणी शर्माले भने कारणबस बाटो खुलाउन ढिला भएको स्विकार्दै किसानहरुको दुध सडकमा पोखिदा दुख लागेको बताए । नगरपालिकाले दुध पोख्न बाध्य भएका पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।