
भैसी एक बर्षैभरि साढे खोज्ने heat मा आउने पशु हो,यस प्रकृतिका पशुहरु polyestrous समुहमा पर्दछन । यधपी भैसीको प्रजनन क्रम अथवा heat मा आउन सक्ने सम्भावनाको दरलाई ऋतुहरुले फरक पार्ने गर्दछ । भैसीको यस किसिमको फरक स्वभावले प्रजनन संग सम्बन्धित विशेषताहरु जस्तै स्पहिलो पल्ट ब्याउने उमेर (Age at first calving),थारो अवधि (dry period, ब्याउने समयको अन्तर (calving interval) आदिलाइ असर पार्ने गर्दछन । यी सबै कुराहरुले अन्ततस् दुध उत्पादनको लागत र आम्दानि लाइ असर गर्ने भएकोले एउटा भैसीपालक किसानले भैसीको मौसमी प्रजनन देखाउने चरित्रको बारेमा थाहा पाउनु नितान्त जरुरि छ ।
मौसमी प्रजननका कारणहरु :
१. वातावरणीय कारण
वातावरणीय कारणहरु जस्तैस् वर्षा (Rainfall),खाध्य आपूर्ति (feed supply),औसत तापक्रम ( Average temperature) र दिनमा सुर्यको प्रकाशको अवधि (Photo period) ले भैसीको प्रजनन लाइ सर गर्ने गर्दछ । दिनमा प्रकाशको अवधि र तापक्रम कम भएमा (जाडो समयमा ), त्यो समय भनेको प्रजननका लागि उपयुक्त मानिन्छ । हाम्रो देशको तापक्रम र जलवायुको आधारमा कुरा गर्दा असोज देखि माघ महिनाको अवधि प्रजननको लागि उपयुक्त मानिन्छ । यो समयमा प्रजनन गर्ने रागो ( breeding bull) पनि सक्रीय हुनाले गर्भ बस्ने सम्भावना अन्य बेलाको भन्दा बढी हुन्छ ।
२. पोषणको कारण
खानामा पोषण तत्वको उपस्थितिले पनि प्रजननलाइ असर गर्दछ । हरियो घासपात संगै कोशा भएको घास (leguminous fodder) जस्तै : बर्सिम (Berseem) को प्रयोग सकेसम्म गर्नुपर्दछ । त्यसैगरी प्रमुख तथा सुक्ष्म तत्वहरु हरुको प्रयोग पनि मनग्य मात्रामा गर्नुपर्दछ । प्रमुख तथा सुक्ष्म तत्वहरु हरुको निरन्तर कमि भएमा भैसी थारो बस्ने सम्भावना बढी हुन्छ । उल्लेखित प्रकारको खाने कुरा हुदाहुदै पनि मात्रामा कमि भयो भने भैसीको तौल घटन गइ पहिलो पटक ब्याउने समय (Age at first calving) पर धकेलिदै जान्छ । त्यसकारण carbohydrade,protein,fat, minerals र vitamins हरुको सन्तुलित प्रयोगमा ध्यान दिनु जरुरि छ ।
३. व्यवस्थापकीय कारण
भैसीगोठको प्रजननस्तर लाइ त्यो गोठमा हामीले वास्तविक समयमा heat पत्ता लगाउन र कृत्रिम गर्भाधान गर्न सक्यौ कि सकेनौ भन्ने कुराले असर गर्छ भने यो कुरा भनेको व्यवस्थापकीय पक्ष्य संग जोडिन्छ । उचित व्यवस्थापन भएको गोठमा बिहान र बेलुकी गरि दुइ पटक जभबत पत्ता लगाउने गरिन्छ । विशेषत : heat दुइ तरिका बाट पत्ता लगाउने गरिन्छ । एउटा बन्ध्याकरण गरिएको साढे बाट र अर्को दक्ष्य र अनुभवप्राप्त जनशक्तिबाट । समयमै heat पत्ता लगाउन नसकिएको खण्डमा ब्याउने समयको अन्तर (calving interval ),थारो अवधि (dry period), पहिलो पटक ब्याउने समय ( Age at first calving ) बढ्न जान्छ र यी सबै कारणले अन्तत: मौसमी प्रजननमा नै असर पुर्याउछन ।
नोट : वर्षैभरि heat मा आउन सक्ने जनावर मध्ये भैसी पनि एक हो । तर पनि मौसम अनुसार भैसीमा heat मा आउने सम्भावना फरक हुने गर्दछ यिस्तो विशेषता polyestrous समुहका अन्य पशुहरुमा भने प्राय हुदैन । विशेष गरि वर्षा (Rainfall),खाध्य आपूर्ति (feed supply),औसत तापक्रम ( Average temperature) दिनमा सुर्यको प्रकाशको अवधि (Photo period) र साढे खोजेको समयको आकलन (heat detection time) ले मौसमी प्रजननमा असर पुर्याउने गर्दछन ।
समाधानका उपायहरु
क. वातावरणीय कारणले हुने मौसमी प्रजननलाइ न्यूनीकरण गर्न निम्न तरिकाहरु अपनाउनुपर्छ :
१. भैसीलाई चिसो समयमा (अध्यारो पर्ने बेलामा) दानापानी खुवाउने गर्नुपर्छ र चरन गराउन परे पनि सकेसम्म बिहानी र बेलुकीपख गराउनुपर्छ ।
२. छतको मुनिपट्टीको भागलाई कालो रंगको बनाउनुपर्छ र माथिपट्टिको भागलाई सेतो रंगको बनाउनुपर्छ । किनकि कालो रंगले तापक्रमलाइ सोस्ने काम गर्छ भने सेतो रंगले सुर्यको प्रकाशलाई परावर्तन गर्दछ ।
३. गर्मि समयमा स्वच्छ र चिसो पानीको प्रयोगलाइ २५ – ३० % सम्म बढाउनुपर्छ ।
४. दिउसोको समयमा चिसो पानीले नुहाइदिनुपर्छ ।
५. उपयुक्त र आवश्यक मात्रामा ventilation को प्रयोग गर्ने र आवश्यक परेमा पंखाको प्रयोग पनि गर्न सकिन्छ ।
६. भैसीगोठको वरिपरी छायादिने वृक्षहरु लगाउनुपर्छ ।
ख. पोषणको कारणले हुने मौसमी प्रजननलाइ न्यूनीकरण गर्न निम्न तरिकाहरु अपनाउनुपर्छ :
१. दानापानिमा vitamin C, E, selenium र अन्य सुक्ष्यम तत्वजन्य खानेकुराको प्रयोग बढाउनुपर्छ ।
२. नरम र हरियो घास्पातमा जोड दिनुपर्छ ।
३. सोडियम बाइकार्बोनेट (NaHCo3) को प्रयोग सन्तुलित मात्रामा गर्नुपर्दछ ।
ग. व्यवस्थापकीय कारणले हुने मौसमी प्रजननलाइ न्यूनीकरण गर्न निम्न तरिकाहरु अपनाउनुपर्छ :
१. यी कारणहरुको समाधानको लागि समयमै साढे खोजेको अवस्थाको आकलन गर्न सक्नुपर्छ र यसका विभिन्न तरिकाहरु निम्नानुसार छन् :
क. वाहिरी अवकोलन
ख. विभिन्न तन्तु तथा प्रजनन द्वारको विद्धुतीय अवरोधको मापन
ग. गोठमा CCTV को प्रयोगद्वारा
लेखक : जय राज जोशी