
कोरोनाको कारण बिश्वव्यापि महामारिमा देशमा भएको लकडाउनको कारण स्कुल कलेज उधोगकल कारखानहरु बन्द भएपछि धेरै मानिसमा आफ्नै घर आगन बगैचामा रमाउने बानी बसि सकेकोथियो म पनि आफ्नै घरको कौसिमा तुल फुलहरु संग रमाउदै थिए र केहि समय अघाडि कौसि खेतीतर्फ आकर्षित हुदै गर्दा यो लक डाउनले मेरो आकर्षणलाई मल जल गर्यो र कौसि खेती गर्न मलाईझनै सहज र उत्साह बढाउदै लग्यो। गोपि कृष्ण नजिक बस्ने मेरी सहयोगि साथि शोभा पान्डे जस्लेकेहि समय अघि देखि समुह बनाएर कौसि खेतीको प्रबर्धन गर्दै हुनु हुन्थ्यो वहाँ मेरो प्रेरणाको श्रोत नैहुनु भयो । मैले पनि लकडाउनको सदुपयोग गर्दै सौखको रुपमा गर्दै आएको कौसि खेतीलाईअभियानको रुपमा अघाडी बढाउने निधो गरे र निरन्तरता दिई रहेकी छु।
के हो कौसि खेती ?
सामान्यतया घरको छतमा गमलाहरुमा तरकारी रोपेर गरिने खेती कौसी खेती हो। परम्परागत रुपमासिमेन्टका गमलाहरुमा माटो भरेर घरको छत, बरन्डामा साग सब्जी, गोलभेडा, खुर्सानी आदि आफ्नोसौखको लागी खेती गर्ने गरिन्थ्यो। यसरि गर्दा धेरै सिमेन्टका गमलाहरुले घरको छतको भार बडने रकुनै पनि बेला घरमा क्षेती नेक्सानी हुन सक्ने हुदा नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले आधुनिककौसी खेती गर्ने नयाँ प्रविधिको बिकास हुदै गएको छ। यसै सन्दर्भमा मैले बिगत ४(६ महिना देखिकौसि खेतीमा रुचि राख्दै आएकी छु। अहिलेको अबस्थामा बढदो शहरिकरण हुदै गर्दा खेति योग्यजमिनको अभाब भै शहर बासिहरु कौशि खेती प्रती आकर्षित भएको देखिन्छ ।यति मात्र होईनअहिले बिश्वको बढदो जनसंख्या तथा सहरिकरण लाई ध्यान दिदै माटो बिना खेतिगर्ने हाईड्रोपोनिकर एपोपोनिक प्रबिधिको समेत बिकास भैसकेको छ ।
नेपालमा कौसि खेती :
नेपालको कुल क्षेत्रफलको २१ % करिब ३१ लाख हेक्टर जमिन खेति योग्य छ भने त्यस मध्ये करिब ३५ % जमिनमा मात्र सिचाईको सुबिधा रहेको छ। आर्थिक बिकासको मेरुदन्डको रुपमा रहेको कृषिक्षेत्रलाई समय सापेक्ष नयाँ प्रबिधिको माध्यमबाट आधुनिकिकरण, व्याबसायीकरण र बिबिधिकरणगरि कृषि क्षेत्रको सुधार गर्दै जनताको जिवनस्तरमा सुधार ल्याउनु अहिलेको आबश्यकता हो। त्यसैअन्तर्गत नेपालमा उपत्यका बाहिर कौसि खेतीको आकर्षण खासै नदेखिएता पनि बढदोसहरिकरणको कारण उपत्यकामा खेति योग्य जमिनको अभाब हुदै जानु र उपलब्ध तरकारिमाबिषाक्त किटनासक औषधिको अत्यधिक प्रयोग हुनु को कारण कौसि खेतीको आकर्षण बढेको हो।काठमान्डौ उपत्यकामा दैनिक करिब १००० टन तरकारी खपत हुने गर्छ भने त्यसको ७० % बिक्रीबितरण कालिमाटी क्षेत्रबाटै हुने गरेको छ। काठमान्डौ उपत्यकामा के कति घरहरु छन भन्ने कुनैएकिन रेकर्ड सरकारि निकाएमा नदेखिए पनि काठमान्डौमा तिन लाख घरहरु भएको अनुमान गरिन्छत्यस मध्ये १ लाख घरमा कौसि खेती गर्न सकिने कृषि मन्त्रालय अन्तर्गत रहेको कृषि ज्ञान केन्द्रलेअनुमान गरेकोछ। सरकारले यसै आर्थिक बर्ष देखि कौसि खेतीलाई बिशेष महत्व दिई उपत्यकामाकौसि खेतीको प्रबर्धन तथा आकर्षण बढाउन बिशेष कार्यक्रम ल्याई खेती गर्नेलाई तालिम र बिशेषअनुदान दिन यसबर्ष मात्र काठमान्डौ चक्रपथ आसपास भित्र ८० ठाउँमा समूह बनाई २ हजार घरमाबिशेष कौसि खेतीको कार्यक्रम सन्चालन गरेको बिभिन्न समाचार पत्र पत्रिकामा समाचार आएकोथियो।
कौसि खेतीको महत्व :
सर्ब प्रथम खेती भनेको जहाँ सुकै होस उत्पादन संगै जोडिएको हुन्छ यसलाई राष्ट्रिय अभियानकोरुपमा लगे राष्टिय उत्पादनमै बृद्धि हुन्छ भने स्वच्छ बाताबरण प्राकृतिक सौन्दर्यता तथा पर्यावरणियसन्तुलनमा समेत सकारात्मक प्रभाब पर्छ।
बढदो शहरिकरण, बाताबरणमा प्रदुषण र बजारमा बिषाक्त युक्त सडेगलेका मह्ंगा तरकारि किन्नुपर्ने बाध्यताका कारण शहरि क्षेत्र बिशेष गरि काठमान्डौ उपत्यकामा कौसि खेतीको आकर्षण बढदैगएको मैले अनुभुति गरेकी छु। शहरि क्षेत्रमा बाक्लो घरहरुको निर्माणकार्य नरोकिदा सफा बाताबरणर स्वच्छ अक्सिजन पाउन र हरियाली देख्न समेत मुस्किल भैरहेको अहिलेको अबस्था छ। बजारभन्दा धेरै सस्तोमा फलाउन सकिने, सफा र जैबिक अनि मिसावट मुक्त ताजा तरकारि घर भित्रै टिप्नपाईने आफ्नै घरको फोहर पनि प्रयोग गर्न सकिने र सरल तथा सहजरुपमा घरमा उपलब्ध सानोठाउँमा टुटे फुटेका प्लास्टिकका बट्टा, बाटा, बाल्टिन, गमलाहरु आदिमै खेती गर्न सकिने भएको लेयसको महत्व झनै बढेको हो। आफुलाई सामान्य शारिरिक व्यायाम पनि हुने र हरियालि हेर्दाआफुलाई मानसिकरुपमा समेत आनन्द प्राप्त हुने हुदा कौसि खेतीको आबश्यकता झनै बढेकोदेखिन्छ । त्यसै गरि एउटा परिवारले गरेको सामान्य कौसि खेती बाट उस्को भान्सामा तरकारिमा हुनेखर्च रकममा ५० प्रतिसत तत्काल बचत गर्न सकिन्छ भने राष्ट्रलाई बार्षिक करोडौ रकमको तरकारिआयात प्रतिस्थापन हुन सक्छ।
कसरि गर्न सकिन्छ कौसि खेती ?
कौसि खेतीको लागी सर्ब प्रथम हामीले केहि भाडाहरु जुटाउनु पर्ने हुन्छ यस्ता भाडाहरु सके सम्महलुको प्लास्टिकले बनेका जसबाट घरको कौसिमा धेरै भार नहोस र सरसफाई गर्न र व्यबस्थित गर्नसहज होस। अहिले कौसि खेतीको लागी धेरै प्रयोग हुने भाडाहरुमा माछा राख्न प्रयोग गर्नेथर्मोकोलका खालि बक्स हरु, प्लास्टिकको बाल्टिन, बाटा र बट्टाहरु, बिभिन्न् साईजकाप्लास्टिकका गमलाहरु, पानीका जारहरु, पेन्टका बट्टाहरु सिमेन्टका बोराहरु तथा कार्डबोर्डलाईसमेत प्लास्टिकले बेरर प्रयोग गर्न सकिन्छ। यि सामाग्रीहरु बजारमा नयाँ किन्नु पर्दैन आफ्नै घरमाप्रयोग भएका पुराना टुटे फुटेका वा यस्तै किसिमका पुराना सामाग्रीहरु समेत बजारमा निकै सस्तोमाकिन्न पाईन्छ। खेति गर्नको लागी भाडाहरु तयार गरे पछि आबस्यक सहज स्थान निर्धारण गर्नु पर्दछर ति भाडाहरुमा कम्तीमा चार ईन्च भन्दा तल सम्म माटो भर्नु पर्दछ। यसरि माटो भर्दा हलुको तथाउर्बर माटो प्रयोग गर्नु पर्छ। सामान्य माटोमा मल मिसाएर प्रसोग गर्दा यसमा हुने खनिज तथा जैबिकगतिबिधीले माटो हलुको र खुकुवो बनाउछ र सजिलै बोट बिरुवाहरु बढन सक्छन। अहिले बजारमायसमा प्रयोग गर्न नरिवलका जटालाई टुक्राटुक्रा पारेको बनाएको हलुको ईटा पनि किन्न पाईन्छजस्लाई ९कोको पिटभन्ने गरिन्छ० ल्याएर केहि समय भिजाएर गलाई प्रयोग गर्न सकिन्छ। यसरिमलिलो माटो तयार गरे पछि आफ्नो चाहना अनुसार बिभिन्न बिउहरु ल्याई कौसि खेती बिरुवाहरुरोप्न सकिन्छ।
कौसि खेतीको लागी उपयुक्त तरकारिहरु के के हुन ?
कौसि खेतीमा कुन कुन तरकारि रोप्न सकिन्छ भन्ने बारे निश्चित माप दन्ड केहि छैन। कौसिकोआकार, उपलब्धता, प्रकास, खुल्ला र उचाईको आधारमा बिभिन्न् खेती गर्न सकिन्छ।मेरो आफ्नैअनुभब अनुसार बिशेष गरि ४ किसिमबाट कौसि खेती गर्न सकिन्छ।
१. बिभिन्न सागहरु, धनिया, मुला, आलु, लसुन र प्याज जस्लाई ठुलो अग्लो भन्दा चौडा धेरै भएकासाना साना बट्टाहरु, प्लास्टिकका बाटाहरुमा र सानो सानो गमलाहरुलाई एउटा हलुको फलामेस्ट्यान्डमा राखि तह तहमा बिरुवा रोपन सकिन्छ।
२. गोलभेडा, खुर्सानि, क्यापसिकम ,भन्टा भिन्डी जस्तै सानो सानो बुटोमा फल्ने तरकारिहरु जस्लाईथर्माकोल, प्लास्टिकको बाल्टिन, पेन्टका बट्टाहरु, पानीका जारहरुमा ठुला प्लास्टिकका गमलाहरुमारोप्न सकिन्छ।
३. काक्रा, फर्सि, लौका, घिरौला, करेला, सिमी र बोडि जस्ता लहरे बाली हरुलाई नं दुईकैभाडाहरुमा रोप्न सकिन्छ र यि बिरुवाहरुलाई सानो सानो थाक्रो र डोरि लगाएर फैलन दिनु पर्छ। यितरकारिहरु खेती गर्न कम्तीमा कौसिको उचाई ८ फिट भन्दा बढि हुदा राम्रो हुन्छ।
४. कागती, अम्बा, मुन्ताला, आम्रपाली तथा सानो सानो रुख हुने फल फुलहरु लाई प्लास्टिककाड्रमहरु, ठुला ठुला पलास्टिकका बक्सहरु र ठुला ठुला साईजका गमलामा रोप्न सकिन्छ। यस्ताबिरुवा कौसिको कर्नरमा रोप्दा राम्रो हुन्छ।
कसरि संरक्षण गर्न सकिन्छ कौसि खेती :
कौसि खेती गर्नको लागी स्थान, भाडाहरु माटो मल पानि जुट्याउन त सकिन्छ गाह्रो छैन तर त्यसकोस्याहार सुसार र संरक्षण नै महत्वपुर्ण हो।कुनै पनि खेतीमा बिरुवाले आफुलाई चाहिने तत्व जराबाटलिने गर्छ र बिरुवाहरु हेरेर त्यसका जरा टाढा टाढ सम्म फैलिएका हुन्छन तर कौसि खेतीमाबिरुवाहरुको जरा निश्चित भागमा खुम्चिनु पर्ने हुन्छ र तिनलाई बढन फैलन आबश्यक पोषिलो तत्वहामीले पुर्याउनु पर्छ। आबश्यक मात्रामा पानी, मल र बढनलाई मद्दत गर्ने खनिज तत्वहरु पुर्याउनु पर्नेहुन्छ। लहरा हुने बिरुवालाई बढन सानो सानो थाक्रोको व्यबस्था समेत गर्नु पर्ने हुन्छ। यसमा बिशेषध्यान पुर्याउनु नै कौसि खेतीको सबै भन्दा महत्व पुर्ण पाटो हो। तेसैगरि रोग तथा किरा लागेमाऔषधिहरु पनि प्रयोग गर्नु पर्ने हुन्छ। हाम्रो घरमा फ्याकिने फोहरबाट पनि मल बनाएर प्रयोग गर्नसकिन्छ औषधिको लागी निमको पातको रस, प्याजको रस, करेलाको रस लाई साबुन पानीकोझोलमा मिसाएर पनि घरमै किरा मार्ने औषधि बनाउन सकिन्छ भने बजारमा पाईने भिटामिन सहितकोझोल मल समेत कौसि खेतीको लागी उपयुक्त मानिन्छ।कौसि खेती प्रबर्धनका लागी अहिलेसरकारले कतिपय खेतीका लागी आबश्यक सामाग्री, मल,बिउ,तथा औषधिमा समेत अनुदान दिदैआएको छ भने खेती बारे आबश्यक तालिम पनि दिदै आएको छ।
अन्तमा :
यसरि हाम्रो स्वास्थ्य जीवन, बाताबरणिय प्रदुषण मुक्त र बिषाक्त मिसावट सहितको उपलब्धतरकारि प्रयोग बाट बच्न अहिले बिशेष गरि शहरि क्षेत्रमा कौसि खेतीको अपरिहार्यता देखिन्छ। धेरैमेहनत गर्न नपर्ने, समय र पैसाको बचन हुने र सुद्ध ताजा तरकारि समेत खान पाउने उत्तम उपाय पनियहि नै हो। मैले केहि महिना देखि सानो आकारमा भए पनि कौसि खेती गर्दै आएकि थिए । योकोरोनाको महामारीमा अलि व्यबस्थापन गर्न समेत सहज भयो र घरकै कौसिमै तरकारि उपलब्ध हुनथाले पछि बाहिर निस्कन पनि कम भयो र कोरोनाको संक्रमणको जोखिम पनि कम भएको महसुसगरेकि छु तथा ताजा, सुद्ध र बिषाक्त रहित तरकारी पनि खान पाएकि छु। यहाँ हरु लाई पनि स्वस्थ्यजीवन रहन शुद्ध र ताजा तरकारि खान कौसि खेती गर्न सुझाव दिन चाहन्छु।
लेखक : शिला पोख्रेल – उप प्राध्यापक (पाटन सयुंक्त क्यम्पस )