अहिले कृषिप्रतिको दिनानुदिन घट्दो आकर्षण, बढ्दो शहरीकरण, बिदेशी उत्पादनमा परनिर्भरता, जोश जागर र कर्मशिल युबा बर्षनि हजारौं लाखौं सङ्ख्यामा बिदेश पलायन, देशमा रोजगारीको अभाव जस्ता समस्याहरुले उग्र रुप लिएको बेला कौसी खेती एउटा जरुरी आकर्षित गर्ने माध्यम र सबै समस्या वा चुनौतीहरुको समाधान चै पक्कै बन्न सक्छ ।

हाम्रो देश नेपाल कृषिप्रधान देश हो यो तथ्यमा भनौं कि यसमा ठुलो प्रतिशत जनसंख्या कार्यरत वा आश्रित छन या यसो भनौ कृषिले ठुलो प्रतिशतमा कुल ग्रहस्थ उत्पादनमा योगदान पुराएको छ। बढ्दो जनसंख्या सँगै अहिले मनिसहरु गाउँघर छाडेर ठुलो जमातमा सहर ओर्लिएका छन। कथा ब्यथा हरेकको अनेक अनेक कोहि भौगोलिक बिकटता, असुविधाका कारण राम्रो शिक्षा, स्वास्थ, रोजगारिको लगि भने कोहि गाउँमा बसेर गरिखान सकिन्न भनी सेवा सुबिधाको लाभ लिन। यी सँगै अरु अनेकौं लक्ष्य लिएर सहर झरिरहेका छन। गाउँघर खाली हुँदै गएका छ्न भने सहरमा खुट्टा टेक्ने ठाँउ भेट्न मुस्किल पर्छ । सहरमा मानिसहरु दिनानुदिन दिन दुई गुणा र रात चार गुणाले बढिरहेको छन भने जमिन स्थायी वा भौतिक चिज गट्दै छ। यहि बीचमा एउटा प्रख्यात बैज्ञानिकले आफनो सिद्धान्तमा भनेको कुरा जोड्न चाहे बिश्वमा अहिले खानाको उत्पादन अंकगणित्य अनुपातमा भईरहेको छ भने मानिसको जनसंख्या वृद्धि ज्यामितिय अनुपातमा भईरहेको छ। यो वृद्धिले भोलि भबिष्यमा ठुलो असर गर्ने पक्कापक्की छ। खाने मुख बढेको बढै छन भने बढदो सहरीकरणले खेतीयोग्य जमिन प्लटिङमा परिनत हुँदै छन। सहरमा बसेका वा शहरमा घर भएका मनिसहरुको खेतिपती गर्ने ठाँउ त कुरै छाडौं आफुलाई खान पुग्ने तरकारी लगाउने ठाँउ पनि छैन। शहरमा बस्ने सामान्य परिवारलाई तरकारी किनेर खान नि गारो परिरहेको छ । बजारको तरकारीमा चरम बिषादिको प्रयोग भईरहेको छ जसले गर्दा दिनहुुँ मनिसको स्वास्थ जोखिममा छ भने नयाँ नयाँ रोगहरु नि बल्झिदैछन । तरकारीमा हुने दिनहुुँ मुल्य वृद्धिले झनै जटिलता पैदा गरेको छ । अहिलेको यस्तो समयमा लोकप्रिय बन्दै छ कौसी खेती। यो खेतीले अहिले केहि मात्रामा भएनि आत्मनिर्भर हुनुपर्छ भन्न पाठ सिकाएको छ। यो खेती अहिले झनै प्रचलित हुँदै गएको छ कारण बेफाइदा न्यून र फाइदा बढी।

के हो त कौसी खेती ?
कौसी खेती परम्परागत तरिकाले घरको छ्तमा गमला, फुटेका भाँडाहरु, बोराहरुको प्रयोग गरेर या छ्तमा ठाँउ नै बनाएर विभिन्न प्रकारका तरकारी, फलफूल रोपेर गरिने खेती हो । अहिले यसको लोकप्रियता सँगै यो अलि आधुनिक तरिकाले विभिन्न नँया प्रबिधिको प्रयोग गरेर गर्ने थालिएको छ। यसलाई अर्को शब्दमा भन्दा शहरमा बस्ने मान्छेहरुले गर्ने खेती अथवा शहरी खेती भनिन्छ। तरकारीमा बढदो बिषादिको प्रयोग र महँगिले गर्दा यो झनै फस्टाउदै गएको मानिन्छ। तरकारी तथा फलफूललाई उचित वृद्धि र बिकास हुन आवश्यक पर्ने खाना अथवा मल हामी दैनिक घरको भान्साबाट निस्किने फोहोर बाट घरमै उत्पादन गर्ने सक्छौ । तरकारीको बोक्रा, बिग्रेका पातहरु, बिग्रेको खाना, र अन्य घरेलुु फोहोरबाट एकदम सरल तरिकाले प्राङगारिक मलर कम्पोष्ट बनाएर प्रयोग गर्न सक्छौ ।

कौसी मा के के तरकारी लगाउन सकिन्छ त ?
कौसीमा लौका, खुर्सानी, फर्सी, लसुन, प्याज, धनिया, सिमि, बोडी, घिरौला आदि तरकारीहरु लगाउन सकिन्छ । ठाँउ राम्रो र विशेष हेरचाह गर्ने सके बन्दा, काक्रो, टमाटर पनि लगाउन सकिन्छ। त्यसका साथसाथै सानो प्रकारका फलफूल पनि लगाउन सकिन्छ ।

कौसी खेती कसरी र किन गर्ने ?
घरको छतमा अस्थायी या स्थायी ठाँउ बनाएर अथवा विभिन्न प्रकारका प्लाष्टिक, काँच, माटोको भाडाहरु प्रयोग गरेर कौसी खेती गर्न सकिन्छ। आहिले प्राय गमला, फुटेका बाल्टिन, बोराहरु, बलियो काटुनहरुको प्रयोग गरेर यो खेती गरेको देख्न सकिन्छ ।

यो खेती किन गर्ने त भन्दा :
१. मासिक ठुलो पैसाको बचत गर्ने
२. बिषादीयुक्त तरकारी तथा फलफूलको लाभ लिन
३. घरको छ्तमा रहेको खाली ठाँउको सिर्जनात्मक, रचनात्मक अथवा कलात्मक प्रयोग गर्ने
४. शारीरिक र मानसिक तवरले स्वस्थ रहन
५.  घर अथवा भान्साबाट दैनिक निस्किने फोहोर ब्यबस्थापन गर्ने
६. फुर्सदको समय फलदायी बनाउन
७. बिदेशी आयातमा भर नपारी आत्मनिर्भर बन्न
८. अरु शहरको ब्यक्तीहरुको लागी उदाहरणिय पात्र बन्न ।
कौसी खेतीका यी बाहेक अरु अनेक सकारात्मक पक्ष वा फाइदाहरु छन ।

यसका केही चुनौती र समाधानका उपायहरु ?
१. कौसी खेतीका लागि गह्रौ समानहरुको प्रयोग गर्दा घर चुहिने, चर्कने जस्ता समस्याहरु देखा पर्ने
२. खुल्ला ठाँउमा गरिने हुँदा चराचुरुङ्गी, किरा फट्याङग्राबाट जोगाउन गरो हुने
३. हावापानी र मौसमको चुनौती सँगसँगै यसको फेरबदलले ठुलो असर गर्ने
४. तरकारी तथा फलफूलको उचित छ्नोट नभए यसले विभिन्न समस्या उत्पन्न गर्ने

५. अलिकति भएनी प्राबिधिक ज्ञानको आवश्यक पर्ने

यी चुनौतीहरुलाई समाधान गर्ने यी विभिन्न उपायहरु अपनाउन सकिन्छ :
१. राम्रो प्राबिधिक वा ईन्जिनियरसँग सोधपुछ वा चेकजाँच गरेर मात्र कौसी खेती गर्ने
२. चराचुरुङ्गीको असर कम गर्ने जाली प्रयोग गर्न सकिने
३. कौसी खेतीमा हलुका र बलियो समानहरु प्रयोग गर्ने
४. बोटबिरुवाको काट्छाट र सरसफाइमा विशेष ध्यान दिने
५. कृषि प्राविधिक सँग सोधपुछ गरेर मौसम र ठाँउ अनुकुल बाली लगाउने ।
६. सकेसम्म रासायनिक भन्दा जैविक मल, बिषादीको प्रयोग गर्न

यसका सँगसँगै अन्य उचित उपायहरु प्रयोगमा ल्याई कौसी खेतीमा आइपर्ने समस्या वा चुनौतीहरु समाधान गर्न सकिन्छ । अहिलेको पुस्ताको कृषि प्रति आकर्षण घटदै गएको बेला कौसी खेतीले अलिकति भएनी फेरि आकर्षण थप्छ कि भन्ने सबैमा आश छ। यो खेती पुराना र नँया पुस्ताहरुको ज्ञानसीप साटासाट गर्ने माध्यम पनि बनेको छ। पुराना पुस्ताको परम्परागत ज्ञानसीप लिई केही नँया प्रबिधिको प्रयोग गरेर नयाँ पुस्ताले यसको सुरुवात तथा यसको प्रबर्द्धन गरेको देख्न सकिन्छ। यो आफैमा गौरवको कुरा हो। अहिले यो खेतीमा  सफल भएका हजारौं ब्यक्तिहरुको अनुभव हामीले प्रत्येक्ष वा समाजिक संजालमा दिनहुुँ देख्छौ सुन्छौ । कौसी खेती प्रतिको आकर्षण दिनहुुँ बढ्दो छ। आफुले उत्पादन गरेको तरकारी आफै खाना पाउदाको अत्मसन्तुष्टी शब्दमा के बर्णन गर्न सकियोस। सबै जागरूक र सचेत भए प्रत्येक परिवार तरकारीमा आत्मनिर्भर हुनेछन अनि यसले कृषी उपजको ठुलो मात्रामा हुने आयात घटने थियो। अहिले कृषिप्रतिको दिनानुदिन घट्दो आकर्षण, बढ्दो शहरीकरण, बिदेशी उत्पादनमा परनिर्भरता, जोश जागर र कर्मशिल युबा बर्षनि हजारौं लाखौं सङ्ख्यामा बिदेश पलायन, देशमा रोजगारीको अभाव जस्ता समस्याहरुले उग्र रुप लिएको बेला कौसी खेती एउटा जरुरी आकर्षित गर्ने माध्यम र सबै समस्या वा चुनौतीहरुको समाधान चै पक्कै बन्न सक्छ। अन्त्यमा जमिन बाझो नराखौ, बिदेशी आयात भन्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ र आफू र आफ्नो परिवार मात्रै भएनि कृषिमा आत्मनिर्भर बनौं भन्न चाहे ।

लेखक : प्रेम प्रकाश बुडाथोकी कृषि बिज्ञान संकाय, सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयमा अध्ययनरत छन् ।